Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा नेपाल रास्वपा पर्सा जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र-२: टेमानीको घरदैलो अभियान तीब्र, लहलहीमा नपरी, बुझेर अमूल्य मत दिन आग्रह

कसैको लहलहीमा नपरी जनताको समस्या, पीडा, किसानको समस्या जस्ता विषयलाई राम्ररी बुझेर समाधानको लागि पहल गर्न सक्ने व्यक्तिलाई जिताउन टेमानीले आग्रह गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २०, २०८२
पर्सा क्षेत्र-२: टेमानीको घरदैलो अभियान तीब्र, लहलहीमा नपरी, बुझेर अमूल्य मत दिन आग्रह

वीरगंज (पर्सा), २० माघ । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान पर्सागढी नगरपालिकाको वडा नं. ३ स्थित झुलीटार, विरुवागुठी, भाबराह सहितको टोलहरुमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलो अभियानलाई तीब्र बनाएसँगै पर्सा क्षेत्र नं. २ जसपामय बनेको छ ।

टेमानीको घरदैलो अभियानमा स्थानीय युवादेखि महिला, वृद्धवृद्धाहरुले उत्साहका साथ व्यापक सहभागिता जनाई रहेका छन् । घरैदैलो अभियानकै क्रममा उम्मेदवार टेमानीले मतदाताहरुसँग प्रत्यक्ष संवाद पनि गरि रहेका छन् । संवादको क्रममा त्यस क्षेत्रका महिला मतदाताहरुले प्रत्येक पटक विजयी भएका नेताहरुबाट धोका मात्रै पाएको गुनासो गरेका थिए । उनीहरुले यहाँ भोट माग्न मात्रै नेताहरु पटक पटक आउने गरेको र जितेपछि बेपत्ता हुने गरेको कारण यहाँको समस्याले कहिलेपनि सम्बोधन हुन नसकेको गुनासो गरेका थिए ।

ठूलठूला लोभलाग्दा नाराहरु बोकेर भोट माग्न आउने नेताहरुबाट यस पटक पर्सा क्षेत्र २ का जनताहरु सचेत भइसकेको स्थानीय युवा मतदाताहरुको भनाई थियो । राजनीतिलाई मात्रै व्यापार बनाउने उम्मेदरलाई चिनिसकेको बताउँदै स्थानीय युवाहरुले त्यस्ता उम्मेदवारलाई मतको व्यालेट पेपरबाट जवाफ दिने बताएका थिए । अहिले पनि क्षेत्र २ बाट राजनीतिलाई व्यापार बनाएका पुराना अनुहारहरु पुनः उम्मेदवारी दिएका छन्, तर हालसम्म मुख देखाउन पनि आएका छैनन् भन्दै स्थानीय युवाहरुले अबको विकल्प जसपा उम्मेदवार टेमानी नै रहेको बताएका छन् ।

उनीहरुका अनुसार शिक्षामा अब्बल र एउटा सफल उद्योगीको रुपमा स्थापित अशोक टेमानी पर्सा क्षेत्र २ का जनताहरुको समस्या सम्बोधन गर्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएको कारण उनलाई पूर्ण रुपमा समर्थन जनाउने प्रतिबद्धता जनाएका छन् ।

घरदैलो अभियानकै क्रममा मतदाताहरुसँगको प्रत्यक्ष संवादमा उठेका गुनासाहरुलाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले यस क्षेत्रको समस्या बुझेर नै समाधानको हल खोज्न आफू चुनावी मैदानमा उत्रिएको र जनताको घरदैलोमा आएको बताए । उनले कसैको लहलहीमा नपरी जनताको समस्या, पीडा, किसानको समस्या जस्ता विषयलाई राम्ररी बुझेर समाधानको लागि पहल गर्न सक्ने व्यक्तिलाई जिताउन आग्रह गरे ।

उनले भने ‘तपाईहरु एउटै पार्टीलाई जिताउनुहोस्, र ५ वर्षसम्म हेर्नुहोस्, भएन भने ढुँगा हान्नुस्, राम्रो मान्छे हेरेर मात्रै आफ्‌नो अमूल्य मतलाई प्रयोग गर्नुहोस्‌’ । तपाईहरुको एउटा भोटको धेरै महत्व छ, त्यसैले लहलहीमा नपरी उम्मेदवार कस्तो हो ? के गर्न सक्छ ? उ सक्षम छ कि छैन ? उसको पृष्ठभूमि कस्तो छ ? यि विषयहरुबारे बुझेर मात्रै उम्मेदवारलाई रोज्न आग्रह गरे । घरदैलो अभियानमा जसपाका नेता कार्यकर्तादेखि स्थानीय युवा, समाजसेवी जस्तो विशिष्ठ व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Tags: समस्या बुझेर समाधान खोज्न चुनावी मैदानमा टेमानी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

माघ २७, २०८२
छापामारीको नाममा प्रहरी दमनः सीमामा सेटिङ्ग, गोदाममा छापा ! प्रहरीको दोहोरो चरित्र उजागर

छापामारीको नाममा प्रहरी दमनः सीमामा सेटिङ्ग, गोदाममा छापा ! प्रहरीको दोहोरो चरित्र उजागर

माघ २७, २०८२
सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

माघ २७, २०८२
रामबन र तेढामा रामकिशोर सिंह (पराग) को घरदैलो

रामबन र तेढामा रामकिशोर सिंह (पराग) को घरदैलो

माघ २६, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि