Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतको ७७ औं गणतन्त्र दिवस वीरगंजमा मनाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १२, २०८२
भारतको ७७ औं गणतन्त्र दिवस वीरगंजमा मनाइयो

वीरगंज (पर्सा), १२ माघ । भारतको ७७ औँ गणतन्त्र दिवस वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले सोमबार भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । समारोहको सुरुआत भारतका महावाणिज्यदूत डी.एस. मीनाले राष्ट्रिय झण्डा तिरंगा फहराएर तथा भारतका राष्ट्रपतिको सन्देश वाचन गर्दै गरेका थिए ।

सम्बोधनका क्रममा उनले भारतका लोकतान्त्रिक मूल्य, संविधानको महत्व तथा राष्ट्रिय एकताको भावनाबारे प्रकाश पारेका थिए । गणतन्त्र दिवसको अवसरमा शिक्षा विद्यालयसहित १२ विभिन्न विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतिले उपस्थित दर्शकहरूलाई आकर्षित गर्नुका साथै देशभक्तिको भावना अभिव्यक्त गरेको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश दाहाल, प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दूतावासका अनुसार समारोहमा कवि, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू सहित विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो । गणतन्त्र दिवस समारोहसँगै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्‌’ को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रदर्शनीमा विद्यार्थी, शिक्षक–शिक्षिका तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो । दूतावासले यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आपसी समझदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

Tags: गणतन्त्र दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि