Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा नेपाल रास्वपा पर्सा जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ऐतिहासिक ढुङ्गेसाँघु-माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत

पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३०, २०८२
ऐतिहासिक ढुङ्गेसाँघु-माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत

जमुना वर्षा शर्मा
पोखरा, ३० पुस । “ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला यहाँको केवल उत्सव मात्र होइन यो त पुर्खाको सभ्यता र प्रकृतिको अद्भुत ‘इन्जिनियरिङ’को कला पनि हो ।

सेती नदीको गहिरो खोँचमाथि एउटै विशाल शिलामा प्राकृतिक रूपमा तेर्सिएर बनेको यो साँघु मानवीय श्रमबिनै निर्मित एक अद्भुत सेतु हो । आधुनिक सिमेन्ट र फलामे पुलहरू बन्नुअघि निर्मलपोखरी, भरतपोखरी र कास्कीका दक्षिणी भेगका बासिन्दाका लागि पोखरा बजार छिर्ने मुख्य गौँडाका रुपमा यो परिचित थियो । यसले पोखरा महानगरपालिका वडा नं १५ र १७ लाई जोड्छ ।

हिन्दूशास्त्रअनुसार माघ १ गते सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने अत्यन्तै शुभ दिन हो, जसलाई ‘देवताहरूको दिन’ को आरम्भ मानिन्छ । यस दिन बिहानैदेखि ढुङ्गेसाँघुमा श्रद्धालुहरूको घुइँचो लाग्छ । पवित्र सेतीमा मकर स्नान गर्दा पाप पखालिने र पुण्य मिल्ने विश्वासका साथ हजारौँ भक्तजन यहाँ आउँछन् । पहिले–पहिले मेला तीन दिनसम्म चल्थ्यो ।

बजार विस्तार नभएको समयमा कास्की र आसपासका जिल्लाबाट मानिसहरू वर्षभरि आवश्यक घरायसी सामग्री खरिद गर्न यहाँसम्म आउँथे । आज सुरक्षा र ठाउँको अभावका कारण मेला एक दिनमै सीमित भए पनि यसको रौनक भने बढिरहेको स्थानीय लोकराज कोइराला बताउनुहुन्छ ।

ऐतिहासिक दस्तावेजका आधारमा मेलाको ठ्याक्कै सुरुआत मिति नखुले पनि विक्रम संवत् १८६४ तिरका प्रमाणहरूले यसको प्राचीनता पुष्टि गर्ने सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर समितिका अध्यक्ष एवं महोत्सव मुल समारोह समिति संयोजक नरेन्द्र भण्डारी बताउनुहुन्छ । “ढुङ्गेसाँघुको सम्बन्ध केवल भूगोलसँग मात्र होइन त्रेता युगसँग जोडिएको जनश्रुतिसँग पनि गाँसिएको छ ।

धार्मिक विश्वासअनुसार भगवान राम र सीता वनवासका क्रममा यही बाटो हिँडेको र सीता माताले सेती नदी तर्न यही ढुङ्गाको प्रयोग गरेका कारण ‘सीता पाइला’ नामाकरण गरिएको भन्ने जनश्रुति छ”, भण्डारीले भन्नुभयो, “यहाँ आज पनि राम–सीता बसेको विश्वास गरिने चौतारीमा एउटै वृक्ष भएर झाँगिएका वर–पीपल देख्न सकिन्छ ।”

भजन–कीर्तन, मौलिक लोक संस्कृति र आधुनिक कलाको सम्मिश्रणले मेलालाई जीवन्त बनाउँदै लगेको र स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै प्रकृतिको यो अनुपम उपहारलाई विश्वमाझ चिनाउन ढुङ्गेसाँघु मेलाले महत्वपूर्ण भूमिका खेलिरहेको संयोजक भण्डारीको भनाइ छ । उहाँका अनुसार सीतापाइलास्थित करिब ६५० वर्ष पुरानो इतिहास बोकेको हरिहर मन्दिर, १०८ शिवलिङ्ग, १०८ गौमुखी जलधारा, अकला माताको मन्दिर, शुक्ला गण्डकीकोे स्नान–दर्शन, हरिहर कुण्डको दर्शनजस्ता धर्मसंस्कृतिसँग जोडिएका ऐतिहासिक सम्पदाका कारण यस क्षेत्रको गरिमा र महिमा बढेको हो । यहाँ रहेका १०१ हवन कुण्डमध्ये इतिहासको रूपमा मुख्य एक कुण्ड हरिहर भगवानको छत्रछायाँमा रहेको छ ।

संसारकै गुप्त तीर्थ मानिने यस क्षेत्रमा आठ हात भएका हरिहर भगवान्को दुर्लभ मूर्ति, बेला–मौकामा जीवको दर्शन हुने बताइन्छ । २०४९ सालमा योगी नरहरिनाथ गुरुबाट सम्पन्न कोटिहवनको स्मृति बोकेको यस पवित्रभूमिमा ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहवन विराट ज्ञान महायज्ञ सम्पन्न भएको थियो । यस किसिमको पवित्र भूमि यसै क्षेत्रस्थित हरिहर मन्दिरको स्वामित्वमा रहेको छ । विभिन्न कालखण्डमा ठूला–ठूला सन्त–महात्माको आगमन भएको यो स्थल मकर सङ्क्रान्ति (माघ १) मा विशेष मेलाका लागि प्रसिद्ध हुँदै गएको हो ।

पोखरा महानगरपालिका–१७ की अध्यक्ष राधिका शाही योगी ढुङ्गेसाँघु मेलाले पोखराको धार्मिक पर्यटनलाई नयाँ उचाइ दिन सफल भएको बताउनुहुन्छ । अध्यक्ष शाहीले भन्नुभयो, “पुर्खौली सभ्यताको संरक्षण मात्र होइन, यो मेला पोखराको पहिचान पनि हो । पहिला व्यापारको मुख्य थलो रहेको स्थान चट्टानी बनावट र सेतीको सुसेलीसँगै आकर्षक धार्मिक र प्राकृतिक पर्यटकीय गन्तव्यमा रूपान्तरित भएको छ, यसको व्यापकरुपमा प्रचारप्रसार हुन आवश्यक छ ।”

शाहीले ढुङ्गेसाँघुको मेला धार्मिक र आर्थिक गतिविधिसँगै विभिन्न जात–जाति, भाषाभाषी र समुदायका मानिसहरू एकै ठाउँ भेला भएर उत्सव मनाउने थलोको रुपमा विकसित भएको उहँले बताउनुभयो । धार्मिक मान्यताअनुसार भगवान श्रीराम र माता सीताले स्नान तथा दर्शन गरेको स्थान, संसारकै दोस्रो प्राकृतिक ढुङ्गेसाँघुको पुल जसले सिद्धेश्वर हरिहर क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाएको छ । प्रकृति र संस्कृतिको अद्भूत सङ्गम रहेको ढुङ्गेसाँघु पोखराको एक जीवित सङ्ग्रहालय भएको र यस्ता ऐतिहासिक, प्राकृतिक र धार्मिक सम्पदाको संरक्षण हाम्रो साझा दायित्व भएको उहाँको भनाइ छ ।

मेलाको अर्को विशेषता परम्परागत फलामे औजारहरूको प्रदर्शनी र बिक्री हो । बागलुङग पर्वत, स्याङ्जा, बुटवल, धादिङ, म्याग्दी र कास्कीलगायत विभिन्न स्थानबाट आएका शिल्पकारहरूले हातले बनाएका आँसी, दाउ, कुटो, कोदालो, बञ्चरो, बाउसोको फाली, दिउरी र कराई बिक्रीका लागि ल्याउँछन् । आधुनिक उपकरणको युगमा पनि यी हस्तनिर्मित बलिया औजारप्रति आकर्षण कायम छ । यससँगै तरुल, सखरखण्ड, घ्यू र चाकुजस्ता मौसमी खाद्य पदार्थको व्यापार पनि व्यापक हुन्छ । डोको, डालो र नाम्लोजस्ता स्थानीय उत्पादनको बिक्रीबाट ग्रामीण अर्थतन्त्रलाई पोखराको बजारसँग जोड्ने मेलाले सेतुको भूमिको निर्वाह गर्दै आएको छ । विभिन्न खेल प्रतियोगिता, कृषिउपजलगायतका प्रदर्शनी बिक्रीवितरणले पनि ऐतिहासिक, धार्मिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रुपमा ढुङ्गेसाँघु प्रसिद्ध बनेको छ । रासस

Tags: ऐतिहासिक ढुङ्गेसाँघु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

माघ २७, २०८२
छापामारीको नाममा प्रहरी दमनः सीमामा सेटिङ्ग, गोदाममा छापा ! प्रहरीको दोहोरो चरित्र उजागर

छापामारीको नाममा प्रहरी दमनः सीमामा सेटिङ्ग, गोदाममा छापा ! प्रहरीको दोहोरो चरित्र उजागर

माघ २७, २०८२
सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

माघ २७, २०८२
रामबन र तेढामा रामकिशोर सिंह (पराग) को घरदैलो

रामबन र तेढामा रामकिशोर सिंह (पराग) को घरदैलो

माघ २६, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि