Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साको ग्रामीण भेगमा माघी पर्वको रौनक, पाँच स्थानमा माघी खिचडी विशेष कार्यक्रम हुने

आदिवासी जनजाति थारु समुदायको नयाँ वर्ष २०५० सुरु हुने अवसर भएकाले यस वर्ष पनि थारु समुदायले माघी पर्व विशेष उत्साह, उमङ्ग र सांस्कृतिक गौरवका साथ मनाउने तयारी गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३०, २०८२
पर्साको ग्रामीण भेगमा माघी पर्वको रौनक, पाँच स्थानमा माघी खिचडी विशेष कार्यक्रम हुने

वीरगंज (पर्सा), ३० पुस । पर्सा जिल्लाका ग्रामीण भेगमा माघे संक्रान्ति तथा खिचडीका रूपमा मनाइने माघ १ गतेको माघी पर्व नजिकिँदै जाँदा चहलपहल उल्लेख्य रूपमा बढेको छ । आदिवासी जनजाति थारु समुदायको नयाँ वर्ष २०५० सुरु हुने अवसर भएकाले यस वर्ष पनि थारु समुदायले माघी पर्व विशेष उत्साह, उमङ्ग र सांस्कृतिक गौरवका साथ मनाउने तयारी गरेका छन् ।

थारु समुदायको प्राचीन परम्परा अनुसार माघ १ गतेलाई नयाँ वर्षको सुरुवातका रूपमा लिने गरिन्छ । यस दिन किसानहरूले पुरानो वर्षको आय-व्ययको हिसाबकिताब टुंग्याउने र नयाँ वर्षका लागि नयाँ आशा तथा योजना बनाउने चलन रहिआएको छ । पर्साका ग्रामीण भेगमा बसोबास गर्ने थारु समुदायसँगै अन्य समुदायका मानिसहरू पनि पर्वको तयारीमा जुटिरहेका छन् ।

मंगलबारदेखि नै यस क्षेत्रका गृहिणीहरू घर-आँगनको सरसफाइ, लत्ताकपडा धुने तथा घर सजाउने काममा व्यस्त देखिन्छन् । पर्वका लागि भुजाको लड्डु, चिउराको लड्डु, तिलको लड्डु, कसार लगायत परम्परागत परिकार तयार पार्ने र आवश्यक सामग्री किनमेल गर्ने क्रम तीव्र बनेको छ ।

माघ १ गते माघीका दिन बिहान स्थानीय खोला, नदी तथा जलाशयमा स्नान गरी किसानहरूले आफूले उत्पादन गरेका चामल, भुजा, तिल, रामदाना लड्डु तथा नयाँ बाली आलु, तोरी, नुनलगायत सामग्री स्पर्श गरी पुरोहितलाई दान दिने परम्परा छ । माघीको सौगातस्वरूप छोरी, बहिनीका ससुराली तथा आफन्तको घरमा माछा, मासु, मिठाई तथा विभिन्न परिकार पुर्‍याउने चलनले सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको छ ।

यस वर्ष पर्सा जिल्लाका पाँच स्थानमा माघी खिचडी विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ । वीरगंजको आदर्शनगरस्थित स्विमिङ पुलमा माघी खिचडी मूल समारोह समिति पर्साको आयोजनामा हुने कार्यक्रममा सम्पूर्ण तयारी पूरा भइसकेको संयोजक जङ्गबहादुर चौधरीले जानकारी दिए । कार्यक्रममा थारु संस्कृतिलाई झल्काउने मौलिक पहिरन, लोकगीत तथा नृत्य प्रस्तुत गरिने उनले बताए । साथै थारु सम्बतको नयाँ वर्षको अवसरमा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।

त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. ३ को नौकाटोला चोकमा पनि माघी खिचडी विशेष कार्यक्रम आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ३ युवा समाजको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको स्थानीय युवा हरिशंकर रायले जानकारी दिए । कार्यक्रममा थारु समुदायका परम्परागत खानाका परिकार माछा, घोंगी, गंगटो, हाँस, परेवा तथा कुखुराको मासुका स्टलहरू राखिनेछन् ।

यस्तै, पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा वडा नं. ४ को खेल मैदानमा तथा सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा पञ्चगावाको खुला मैदानमा माघी विशेष कार्यक्रम आयोजना गरिनेछ । उता थारु कल्याणकारी समिति पर्सागढी नगरपालिकाको आयोजनामा बागवानामा पनि माघी खिचडी कार्यक्रम मनाइने तयारी तीव्र रूपमा भइरहेको जनाइएको छ । माघी पर्व नजिकिँदै जाँदा पर्साको ग्रामीण क्षेत्र थारु संस्कृति, परम्परा र सामाजिक सद्भावले रंगिन बन्दै गएको देखिन्छ ।

Tags: पर्सामा माघी पर्वको रौनक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि