Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्री गणेश बचत तथा ऋण सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २६, २०८२
श्री गणेश बचत तथा ऋण सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
वीरगंज (पर्सा), २६ पुस । श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले आर्थिक अनुशासन कायम गर्न, बचत संस्कार विकास गर्न तथा स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सहकारीहरू महत्वपूर्ण आधार बनेको उल्लेख गरे । अध्यक्ष गौतमले सहकारी संस्थाले सदस्यहरूको स–साना बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोद गुप्ताले सहकारी तथा व्यावसायिक संस्थाहरूले मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले सहकारी र निजी क्षेत्रलाई आर्थिक समृद्धिका दुई मुख्य खम्बाका रूपमा चित्रण गर्दै पारदर्शिता, सुशासन र सदस्यहरूको सक्रिय सहभागिता विना कुनै पनि संस्था दीगो हुन नसक्ने धारणा राखे । वर्तमान आर्थिक चुनौतीका बाबजुद बचत र लगानीको संस्कार विकास गर्न सहकारीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।
संस्थाका अध्यक्ष प्रदिप केडियाले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले २७ करोड ११ लाख ६० हजार ५ सय ६६ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिए । सो अवधिमा ५१ लाख ४२ हजार ६ सय ४२ रुपैयाँ आम्दानी भएको पनि उहाँले बताए । यसै अवसरमा निर्विरोध चयन हुनुभएका अध्यक्ष गोपाल केडियाले आफ्नो कार्यकालमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारीका सबै आर्थिक कारोबारलाई स्पष्ट, जवाफदेही र सदस्यमैत्री बनाउँदै सदस्यहरूको विश्वासलाई संस्थाको मुख्य पूँजीका रूपमा आत्मसात् गरेर अघि बढ्ने बताए ।
अध्यक्ष केडियाले सदस्यहरूको आवश्यकता र क्षमताअनुसार बचत तथा कर्जा योजनालाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै कृषि, साना व्यवसाय, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्राथमिकता दिई सहकारीलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य लिइएको जानकारी दिए । साथै, आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सरल, छरितो र समयानुकूल बनाइने उनको भनाइ थियो । साधारण सभाबाट केडियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा निरज अग्रवाल, महासचिवमा छठु लाल खेतान र कोषाध्यक्षमा प्रेमचन्द गोयल चयन भएका छन् ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष गणेश लाठ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरेराम पटेल, संस्थाका कानुनी सल्लाहकार विनय सिंहलगायतले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
Tags: गणेश बचत तथा ऋण सहकारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि