Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैयाको यातायात कार्यालय : राज्य संयन्त्रको लज्जास्पद तस्वीर !

सेवाग्राहीमाथि हुने अन्याय, घुसको खुलेआम आतंक र आन्तरिक सत्ता संघर्षले यो कार्यालयलाई सेवा केन्द्रभन्दा बढी विवाद, बदनामी र असफलताको अखडा बनाइदिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८२
कलैयाको यातायात कार्यालय : राज्य संयन्त्रको लज्जास्पद तस्वीर !

बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालय पछिल्लो समय केवल सेवा प्रवाहको केन्द्र मात्र होइन, राज्य संयन्त्रभित्र गहिरिँदै गएको अराजकता, संगठित भ्रष्टाचार र प्रशासनिक पतनको भयावह प्रतीक बन्दै गएको छ । सेवाग्राहीमाथि हुने अन्याय, घुसको खुलेआम आतंक र आन्तरिक सत्ता संघर्षले यो कार्यालयलाई सेवा केन्द्रभन्दा बढी विवाद, बदनामी र असफलताको अखडा बनाइदिएको छ ।

यसै पतनको चरम अभिव्यक्ति हो ‘निमित्त कार्यालय प्रमुख जीवन पौडेलमाथि कार्यकक्षमै कालो मोसो दलिएको घटना’ । कुनै पनि सभ्य समाजमा कार्यालय प्रमुखमाथि यसरी दुर्व्यवहार हुनु सामान्य घटना होइन । तर कलैयाको यातायात कार्यालयमा यसलाई ‘अपवाद’ भन्न मिल्दैन । यसअघि पनि भ्रष्टाचारकै भागवण्डा नमिल्दा तत्कालीन प्रमुख अरबिन्द (अबिन्दर) दास र कर्मचारीबीच कुटाकुटसम्मको घटना घटिसकेको थियो । प्रमुखमाथि मोसो प्रहार हुनु र कर्मचारी–प्रमुखबीच हात हालाहाल हुनु, यी दुवै घटनाले यातायात कार्यालय गम्भीर रूपमा संस्थागत रूपमा विफल भइसकेको संकेत गर्छ ।

आक्रोशको विस्फोट कि राज्यको असफलता ?
बिहीबार मध्यान्ह निमित्त प्रमुख पौडेलमाथि भएको मोसो प्रहारलाई केवल ‘अराजक सेवाग्राहीको उच्छृङ्खल व्यवहार’ भनेर टार्न सकिँदैन । आफूलाई ‘जेन–जी’ नामले चिनाउने सेवाग्राही समूहले सेवा अपारदर्शी भएको, लाइसेन्स वितरणमा पक्षपात र व्यापक भ्रष्टाचार भएको आरोपसहित आक्रोश पोखेका छन् । यो घटना वर्षौँदेखि थिचिँदै आएको पीडाको विस्फोट हो भन्ने बुझ्न कठिन छैन ।

प्रहरी परिचालन, अनुसन्धानको आश्वासन र औपचारिक प्रक्रिया चलिरहे पनि मूल प्रश्न यथावत छ ‘यातायात कार्यालयभित्र यति गहिरो असन्तोष किन जम्यो ?’ यसको उत्तर खोज्दा प्रशासनिक नेतृत्वको असक्षमता, राजनीतिक संरक्षणमा फस्टाएको भ्रष्टाचार र सेवाग्राहीलाई ‘दूधालु गाई’ ठान्ने मानसिकता स्पष्ट देखिन्छ ।

भागवण्डाको झगडा र सत्ता लोभ
केही समयअघि कार्यालय प्रमुख दास र खरिदार सत्यनारायण साहबीच भएको कुटाकुटले कार्यालयभित्रको आन्तरिक अवस्था झनै नाङ्गो बनायो । सरुवाको विषयलाई लिएर सुरु भएको विवाद कुटाकुटमा परिणत हुनु, प्रहरी हिरासतसम्म पुगेर ‘कार्यालयमै मिलापत्र’ गरी छुट्नु, यसले राज्यका नियम कानुन कार्यालयको ढोकामै थन्किएको पुष्टि गर्छ । यहाँ प्रश्न सेवा प्रवाहको होइन, सत्ता र आर्थिक स्रोतको नियन्त्रणको हो भन्ने प्रस्ट हुन्छ ।

लाइसेन्स ‘किनबेच’ : संगठित भ्रष्टाचारको जालो
कलैयाको यातायात कार्यालयमा देखिएको समस्या व्यक्तिगत असक्षमता मात्र होइन, गहिरो संगठित भ्रष्टाचारको परिणाम हो । सेवाग्राहीहरूको आरोप अनुसार लिखित र ट्रायल परीक्षामा फेल भएकालाई रकम लिएर पास गराउने ‘खुलेआम धन्दा’ वर्षौँदेखि चलिरहेको छ । मोटरसाइकलदेखि हेभी सवारीसम्म लाइसेन्सको दर तोकिएको छ ‘१० हजारदेखि ७० हजार रुपैयाँसम्म’ ।

कम्प्युटर प्रणालीमै पास देखिने गरी रेकर्ड मिलाइने, सिसिटिभी फुटेज सम्पादन वा हटाइने, लिखित परीक्षामा कर्मचारीले नै उत्तर भर्ने, ट्रायलमा अर्कै दक्ष चालक प्रयोग गर्ने जस्ता आरोपले यो भ्रष्टाचार कति योजनाबद्ध र संस्थागत छ भन्ने देखाउँछ । यदि यी आरोप सत्य हुन् भने यो केवल एक कार्यालयको समस्या होइन, सम्पूर्ण यातायात प्रशासनकै गम्भीर विफलता हो ।

आर्थिक आतंक र विश्वासको संकट
यस अवैध कारोबारमा ट्रायल प्रमुख, राजनीतिक पहुँच भएका व्यक्ति र दर्जनौँ बिचौलिया संलग्न रहेको पीडितहरूको गुनासो छ । पैसा नदिने सेवाग्राहीलाई जानाजान फेल गराउने ‘आर्थिक आतंक’ ले राज्यप्रतिको जनविश्वासलाई गहिरो चोट पुर्‍याएको छ । जब इमानदार प्रयासको मूल्य हुँदैन र घुस नै सफलताको सर्त बन्छ, त्यहाँ कानुनी राज्यको कल्पना निरर्थक हुन्छ ।

अब मौन बस्न मिल्दैन
कलैयाको यातायात कार्यालयमा देखिएका मोसो प्रहार, कुटाकुट र भ्रष्टाचारका आरोपहरूले सम्पूर्ण राज्य संयन्त्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएका छन् । अब यसलाई सामान्य घटना ठानेर पन्छिनु वा केही कर्मचारीमाथि कारबाही गरेर चुप लाग्नु पर्याप्त हुँदैन । निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही, राजनीतिक संरक्षणको अन्त्य र संरचनागत सुधार अनिवार्य छ ।

यदि समयमै सुधार भएन भने, कलैयाको यातायात कार्यालय केवल एउटा स्थानीय समस्या मात्र रहने छैन—यो राज्य संयन्त्र असफल भएको ज्वलन्त उदाहरणका रूपमा इतिहासमा दर्ज हुनेछ । राज्यले अब निर्णय गर्नैपर्छ—सेवाग्राहीको पक्षमा उभिने कि भ्रष्टाचारलाई मौन समर्थन गर्दै तमासे बन्ने ।

Tags: यातायात व्यवस्था कार्यालय कलैया
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि