Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दु धर्ममाथि आपत्तिजनक टिप्पणीको विरोधमा वीरगंजमा हिन्दुवादीहरुको विशाल जुलुस प्रदर्शन

विदेशी भूमिमा बसेर हिन्दु धर्म, देवी-देवता तथा पर्वहरूमाथि अभद्र टिप्पणी गर्ने व्यक्तिहरूले समाजलाई विभाजन गर्ने प्रयास गरिरहेको उनीहरुको आरोप छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८२
हिन्दु धर्ममाथि आपत्तिजनक टिप्पणीको विरोधमा वीरगंजमा हिन्दुवादीहरुको विशाल जुलुस प्रदर्शन

वीरगंज (पर्सा), २१ पुस । हिन्दु धर्म, देवी-देवता, पर्व तथा मन्दिरहरूका विषयमा अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै सोमबार वीरगंजमा हिन्दु समाजको आह्वानमा हजारौँको सहभागितामा विशाल जुलुस तथा प्रदर्शन गरिएको छ । हिन्दु समाज तथा विभिन्न धार्मिक सङ्घ संस्थाहरूको संयुक्त सहभागितामा सम्पन्न उक्त प्रदर्शनमा युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

धार्मिक आस्था र सामाजिक सद्भावको रक्षा गर्नुपर्ने मागसहित सहभागीहरू एकजुट भएर सडकमा उत्रिएका थिए । बिहान गहवामाई मन्दिर अगाडिबाट सुरु भएको जुलुस माइस्थान, आदर्शनगर हुँदै अलखिया चोकतर्फ अघि बढेको थियो । तर सम्भावित धार्मिक झडपको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले जुलुसलाई छपकैया क्षेत्रतर्फ जान नदिई घडिअर्वा पोखरीतर्फ मोडिदिएका थिए । घडिअर्वा, माइस्थान चोक र घण्टाघर हुँदै अघि बढेको जुलुस जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभाका क्रममा प्रदर्शनकारीहरूले ‘हिन्दु धर्ममाथि टिप्पणी गर्नेलाई कारबाही गर’, ‘हिन्दु–हिन्दू भाइ–भाइ’ लगायतका नारा लगाउँदै धार्मिक सद्भाव र सामाजिक शान्ति खल्बल्याउने गतिविधिहरू कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका थिए । उनीहरूले यस्ता गतिविधिमाथि राज्यले तुरुन्त र कडा कदम चाल्नुपर्ने मागसमेत राखेका थिए ।

जुलुसमा सहभागी हिन्दु अगुवा सन्तोष सर्राफले विदेशी भूमिमा बसेर हिन्दु धर्म, देवी–देवता तथा पर्वहरूमाथि अभद्र टिप्पणी गर्ने व्यक्तिहरूले समाजलाई विभाजन गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही गर्न कूटनीतिक माध्यममार्फत समेत पहल गर्नुपर्ने बताए । ‘हिन्दु समुदायमाथि निरन्तर आक्रमण भइरहेपछि बाध्य भएर हामी सडकमा उत्रिनुपरेको हो,’ सर्राफले भने ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्साले व्यापक सुरक्षा व्यवस्था मिलाएको थियो । प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण रहेको र कुनै पनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । यसैबीच, हिन्दु समाजका अगुवाहरू र प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गठित विशेष सुरक्षा समितिबीच धार्मिक आस्था तथा भावनामा चोट पुर्‍याउने गतिविधिहरूलाई कानुनी दायरामा ल्याउने तदारुक्ता देखाएका छन् ।

यसअघि आइतबार साँझ पनि हिन्दु युवाहरूले वीरगंजमा मोटरसाइकल र्‍याली आयोजना गरेका थिए । प्रदर्शनकारीहरूले यस्ता अभिव्यक्ति तथा गतिविधिहरू भविष्यमा दोहोरिन नदिन राज्यलाई गम्भीर र सचेत भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

Tags: हिन्दुवादीहरुको विशाल जुलुस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि