Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अशोक राई नेतृत्वको जसपा फेरि फुट्यो, रेणु यादवसहितका नेताहरू जसपा नेपालमा फर्किए

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच आइतबार पार्टी एकीकरणका लागि सैद्धान्तान्तिक सहमति भएको भोलिपल्टै अशोक राई नेतृत्वको जसपामा ठूलो विभाजन आएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १४, २०८२
अशोक राई नेतृत्वको जसपा फेरि फुट्यो, रेणु यादवसहितका नेताहरू जसपा नेपालमा फर्किए

वीरगंज (पर्सा), १४ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पुनः विभाजनको अवस्थामा पुगेको छ । यसअघि राजेन्द्र श्रेष्ठको नेतृत्वमा विभाजन भइसकेको जसपा यसपटक पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा फेरि फुटेको हो । पछिल्लो विभाजनले मधेस केन्द्रित राजनीतिमा नयाँ हलचल ल्याएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार पार्टी एकीकरणका लागि सैद्धान्तान्तिक सहमति भएको भोलिपल्टै अशोक राई नेतृत्वको जसपामा ठूलो विभाजन आएको हो । यो घटनालाई राजनीतिक वृत्तमा संयोगभन्दा बढी, मधेस केन्द्रित दलहरूबीचको पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ ।

जसपाकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा केही नेताहरू अशोक राई नेतृत्वको जसपाबाट अलग हुँदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किएका छन् । सोमबार उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् । विज्ञप्तिमा मधेसको साझा मुद्दालाई बलियो बनाउन एकता आवश्यक रहेको उल्लेख गरिएको छ ।

रेणु यादवसँगै पूर्व मन्त्री प्रदीप यादवलगायतका प्रभावशाली नेताहरूले अशोक राईसँगको सहकार्य अन्त्य गर्दै जसपा नेपालमा पुनः आबद्ध भएको घोषणा गरेका छन् । पूर्व मन्त्री प्रदीप यादवले पार्टीका बहुमत सदस्यहरूसहित मधेस केन्द्रित राजनीतिक शक्तिको ध्रुवीकरणमा आफूहरू लागिपरेको बताएका छन् । उनका अनुसार यो एकताले मधेसका मुद्दालाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।

यता, जसपाका अध्यक्ष अशोक राईले भने केही नेताहरू जसपा नेपालमा गएको स्वीकार गर्दै आफू भने त्यहाँ नजाने स्पष्ट पारेका छन् । ‘म जाने होइन, केही नेताहरू जान लागेका छन्,’ राईले प्रतिक्रिया दिएका छन् । उनले आफ्नो नेतृत्वमा पार्टीलाई निरन्तरता दिने संकेत गरेका छन् ।

यसअघि २०८१ वैशाखमा उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अशोक राईले जसपा नेपालबाट अलग हुँदै नयाँ जसपा गठन गरेका थिए । पछिल्लो समय जसपा नेपाल र लोसपाबीच एकीकरणको सहमति भएपछि राई पक्षमा रहेका मधेसी नेताहरूमाथि पनि एकताका लागि दबाब बढ्दै गएको थियो । श्रोतका अनुसार अध्यक्ष राई एकीकरणका लागि तयार नभएपछि रेणु यादवको नेतृत्वमा केही नेताहरूले उपेन्द्र यादवसँग एकता गर्ने निर्णय गरेका हुन् ।

यस एकताले मधेस केन्द्रित राजनीतिमा नयाँ शक्ति सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ । यसैबीच, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी पनि एकीकरण प्रक्रियामा सामेल हुने चर्चा चलेको छ । मधेस केन्द्रित दलहरूको बढ्दो ध्रुवीकरणले आगामी निर्वाचनमा ठूला दलहरूलाई कडा चुनौती दिने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

Tags: जसपा नेपाल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि