Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बंगलादेशमा हिन्दु युवकको जिउँदै जलाएर गरिएको हत्याको विरोधमा वीरगजंमा महिलाहरुको प्रदर्शन

बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता, मठ मन्दिर तथा मान सम्मानको सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारले ठोस र प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ९, २०८२
बंगलादेशमा हिन्दु युवकको जिउँदै जलाएर गरिएको हत्याको विरोधमा वीरगजंमा महिलाहरुको प्रदर्शन

वीरगंज (पर्सा), ९ पुस । बंगलादेशमा एक हिन्दु युवकलाई जिउँदै जलाएर निर्मम रूपमा हत्या गरिएको घटनाप्रति कडा विरोध जनाउँदै वीरगंजमा महिलाहरूले विरोध प्रदर्शन गरेका छन् । विश्व हिन्दु परिषद् नेपाल महिला विभागको अगुवाइमा बुधबार वीरगंजमा आयोजना गरिएको विरोध कार्यक्रमले मानवअधिकार, धार्मिक स्वतन्त्रता र अल्पसंख्यक समुदायको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुसमा महिला, युवती, किशोरी तथा छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जुलुस आदर्शनगर, माइस्थान र घण्टाघर चोक हुँदै नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले बंगलादेशमा भएको जघन्य घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।

कार्यक्रमपछि प्रदर्शनकारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बंगलादेशमा ३० वर्षीय हिन्दु युवक दीपुचन्द्र दासको जघन्य हत्यामा संलग्न सबै दोषीलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरिएको छ । साथै घटनाको स्वतन्त्र, निष्पक्ष तथा अन्तर्राष्ट्रिय निगरानीसहित छानबिन गराउन नेपाल सरकारले बंगलादेश सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने माग पनि उल्लेख गरिएको छ ।

प्रदर्शनकारीहरूले नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत उक्त घटनाको औपचारिक विरोध जनाउनुपर्ने, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा विषय उठाएर बंगलादेशमाथि कूटनीतिक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । नेपालस्थित बंगलादेशी दूतावासमार्फत घटनाबारे आधिकारिक स्पष्टीकरण माग गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।

ज्ञापनपत्रमा बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता, मठ मन्दिर तथा मान सम्मानको सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारले ठोस र प्रभावकारी कदम चाल्नुपर्ने माग स्पष्ट रूपमा उल्लेख छ । अल्पसंख्यक समुदायमाथि भइरहेका हिंसा र विभेदका घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवाज पनि उठाइएको छ ।

यसैगरी, रोहिङ्ग्या तथा बंगलादेशीको नाममा नेपालमा भइरहेको अवैध घुसपैठ, कट्टरपन्थी गतिविधि र सम्भावित आतंकवादी सञ्जालमाथि कडा निगरानी गर्न सीमा नाकामा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने माग पनि प्रदर्शनकारीहरूले गरेका छन् । उनीहरूले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाको रक्षा गर्न सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सहभागीहरूले यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि