Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र कर्मचारीहरू अपहरणमुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ८, २०८२
नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र कर्मचारीहरू अपहरणमुक्त

अबुजा, ८ पुस । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइतबारे जानकारी दिएको छ । रिहा हुनेमा विद्यालयका बालबालिकासहित कर्मचारीहरू पनि रहेका छन् । नोभेम्बर २१ मा बन्दुकधारीहरूले नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यस्थित पापिरी समुदायको सेन्ट मेरी क्याथोलिक स्कूलमा आक्रमण गरी कम्तीमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षकलाई अपहरण गरेका थिए । घटनापछि केही घन्टामै ५० जना विद्यार्थी भाग्न सफल भएका थिए भने यस महिनाको सुरुआतमा थप १०० जना विद्यार्थी रिहा भएका थिए ।

नाइजर राज्य प्रहरीका प्रवक्ता वासिउ अबियोडुनले विज्ञप्ति जारी गर्दै अपहरण गरिएका बाँकी समूह पनि सुरक्षितरूपमा मुक्त भएको बताए । उनका अनुसार कर्मचारीसहित कुल १३० जना पीडितलाई रिहा गरिएको छ । विद्यालयका केही विद्यार्थी र शिक्षक अझै बेपत्ता छन् कि छैनन् भन्ने विषयमा सोधिएको प्रश्नमा उनले थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।

राष्ट्रपति बोला टिनुबुका प्रवक्ता बायो ओनानुगाले सामाजिक सञ्जाल एक्समार्फत अपहरण गरिएका बाँकी १३० जना विद्यार्थी रिहा भएको पुष्टि गरे । उनका अनुसार मुक्त गरिएका विद्यार्थीहरू सोमबारे नाइजर राज्यको राजधानी मिन्ना पुग्नेछन् र क्रिसमसका अवसरमा आफ्ना परिवारसँग पुनर्मिलन गर्नेछन् । उनले यो सफलता सैन्य गुप्तचरद्वारा सञ्चालन गरिएको विशेष अभियानपछि सम्भव भएको पनि बताए ।

राष्ट्रपतिका अर्का प्रवक्ता सन्डे डेयरले पनि सबै १३० जना विद्यार्थी सुरक्षित रूपमा मुक्त भएको र कोही पनि कैदमा नरहेको स्पष्ट पारे । नोभेम्बर २१ को उक्त अपहरणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर स्थानीय बासिन्दाहरूले नाइजेरियाको उत्तर क्षेत्रमा सक्रिय सशस्त्र गिरोहहरूले फिरौतीका लागि विद्यालय र यात्रुहरूलाई लक्षित गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

नाइजर राज्यको यो घटना हालैका सामूहिक अपहरणहरूमध्ये एक हो । यसअघि छिमेकी केब्बी राज्यमा २५ जना विद्यालय विद्यार्थी अपहरणमा परेका थिए भने दक्षिणी क्वारा राज्यको एउटा चर्चबाट अपहरण गरिएका ३८ जना उपासकहरू पनि गत महिना रिहा भएका थिए । राष्ट्रपति टिनुबुमाथि देशभित्र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट पनि सुरक्षा संकटलाई लिएर दबाब बढिरहेको छ । ट्रम्पले नाइजेरियामा इसाई समुदाय लक्षित हुने गरको आरोप लगाउँदै आएका छन् ।

नाइजेरियाका अधिकारीहरूले यस्ता उद्धार अभियानबारे प्रायः कम विवर ण सार्वजनिक गर्ने गर्छन् र अपहरणसम्बन्धी घटनामा गिरफ्तारीहरू दुर्लभ छन् । विश्लेषकहरूका अनुसार धेरैजसो अवस्थामा फिरौती तिररे अपहरण अन्त्य गरिन्छ, यद्यपि सरकारी निकायहरूले फिरौती भुक्तानी भएको स्वीकार गर्ने गरेका छैनन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि