Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दु युवक हत्याको विरोधमा वीरगंजमा प्रदर्शन, बङ्गलादेशको झण्डा अंकित तस्विर जलाइयो

बङ्गलादेशको म्यामनसिंह जिल्लामा हिन्दु युवकलाई पैगम्बर मोहम्मदको अपमान गरेको भ्रमपूर्ण आरोप लगाउँदै आक्रोशित भीडले कुटपिट गरी हत्या गरेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ५, २०८२
हिन्दु युवक हत्याको विरोधमा वीरगंजमा प्रदर्शन, बङ्गलादेशको झण्डा अंकित तस्विर जलाइयो

वीरगंज (पर्सा), ५ पुस । बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाइएको घटनाविरुद्ध वीरगंजमा हिन्दु युवाहरूले शनिबार विरोध प्रदर्शन गरेका छन् । घटनामा संलग्न दोषीहरूलाई कडा कारबाहीको माग गर्दै उनीहरूले बङ्गलादेश सरकारको तीव्र आलोचना गरेका छन् ।

प्रदर्शनमा सहभागी हिन्दु युवाहरूले “हिन्दु मार्न पाइँदैन” र “बङ्गलादेशी मुसलमान मुर्दावाद” जस्ता नारा लगाउँदै वीरगंजका विभिन्न मुख्य सडक हुँदै नगर परिक्रमा गरेका थिए । त्यसपछि उनीहरू वीरगंजको घण्टाघर पुगेर बङ्गलादेशको झन्डा अङ्कित तस्बिरमा आगो लगाउँदै आक्रोश प्रकट गरेका थिए ।

प्रदर्शनकारीहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदाय असुरक्षित रहेको आरोप लगाउँदै निर्मम हत्या जस्ता घटनामा समेत सरकारले प्रभावकारी कारबाही नगरेको गुनासो गरे । उनीहरूले यदि दोषीमाथि तत्काल र कडा कारबाही नभए ठूलो आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै हिन्दु युवा नेता विकास साहले बङ्गलादेशमा यसअघि पनि पटक–पटक अल्पसङ्ख्यक हिन्दुहरूमाथि दमन र आक्रमणका घटना हुँदै आएको स्मरण गराए । हिन्दु धर्म शान्तिप्रेमी भएको उल्लेख गर्दै उनले विश्वको कुनै पनि कुनामा हिन्दुमाथि हुने अत्याचार, हिंसा र हत्या सह्य नहुने स्पष्ट पारे । ‘बङ्गलादेश सरकारले त्यहाँका हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।

बङ्गलादेशमा के भएको हो ?
बङ्गलादेशको म्यामनसिंह जिल्लाअन्तर्गत भालुका उपजिल्लामा गत बिहीबार राति २५ वर्षीय दिपु चन्द्र दास नामक हिन्दु युवकलाई पैगम्बर मोहम्मदको अपमान गरेको भ्रमपूर्ण आरोप लगाउँदै आक्रोशित भीडले कुटपिट गरी हत्या गरेको थियो । हत्या पछि भीडले उनको शव रुखमा बाँधेर आगो लगाएको बताइएको छ । दास स्थानीय एक कपडा कारखानामा काम गर्ने मजदुर थिए ।

उक्त घटना बङ्गलादेशमा छात्र नेता शरिफ उस्मान हादीको मृत्युपछि विभिन्न स्थानमा भइरहेको हिंसात्मक प्रदर्शनकै क्रममा भएको जनाइएको छ । घटनाप्रति प्रतिक्रिया जनाउँदै बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यस्तो हिंसाको कडा निन्दा गरेका छन् । ‘नयाँ बङ्गलादेशमा यस्ता हिंसात्मक घटनाको कुनै स्थान छैन,’ भन्दै उनले दोषीहरूलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, शनिबार र्‍यापिड एक्सन बटालियन (आरएबी) ले घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको घोषणा गरेको छ । शेख हसिनाको सरकार पतनपछि बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरूमाथि आक्रमणका घटनाहरू बढ्दै गएको भन्दै विभिन्न मानवअधिकार संस्था तथा छिमेकी मुलुकहरूमा चिन्ता व्यक्त गरिएको छ । उक्त घटनाले नेपाल र भारतमा समेत गहिरो चासो उत्पन्न गरेको छ । भारतका विभिन्न राजनीतिक नेताहरूले पनि बङ्गलादेशमा रहेका हिन्दु अल्पसङ्ख्यकको सुरक्षाप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि