Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिसन निर्भया अपरेसनमार्फत असमकी नाबालिग किशोरीलाई ६ महिनापछि सकुशल उद्दार

लामो समयसम्म खोजी गर्दा पनि किशोरीको कुनै अत्तोपत्तो नलागेपछि मानव तस्करीमा परेकी हुन सक्ने आशंका गहिरिँदै गएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ५, २०८२
मिसन निर्भया अपरेसनमार्फत असमकी नाबालिग किशोरीलाई ६ महिनापछि सकुशल उद्दार

वीरगंज (पर्सा), ५ पुस । भारत–भुटान सीमासँग जोडिएको भारतको असम राज्य अन्तर्गत तामूलपुर जिल्लाकी १७ वर्षीया नाबालिग किशोरी अञ्जली (नाम परिवर्तन) लाई पश्चिमी उत्तर प्रदेशको मुजफ्‌फरनगर जिल्लाबाट सकुशल उद्दार गरिएको छ । उक्त उद्दार संयुक्त तथा संवेदनशील मानवीय अभियान ‘मिसन निर्भया अपरेसन’ अन्तर्गत सफलतापूर्वक सम्पन्न भएको हो ।

प्राप्त जानकारीअनुसार कक्षा ८ मा अध्ययनरत ती किशोरी करिब छ महिनाअघि अचानक घरबाट बेपत्ता भएकी थिइन् । यस घटनापछि परिवारले असमको तामूलपुर थाना (प्रहरी चौकी) मा उजुरी दर्ता गराएका थिए । लामो समयसम्म खोजी गर्दा पनि किशोरीको कुनै अत्तोपत्तो नलागेपछि मानव तस्करीमा परेकी हुन सक्ने आशंका गहिरिँदै गएको थियो ।

अत्यन्तै गरिब तथा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले सक्रिय असम सेन्टर फर रुरल डेभलपमेन्ट (ACRD Assam) ले घटनालाई गम्भीरतापूर्वक उठाउँदै इन्स्पेक्टर मनोज कुमार शर्माको ध्यानाकर्षण गराएको थियो । साथै सीमावर्ती मुख्यालय सशस्त्र सीमा बल (SSB) तेजपुरलाई पनि लिखित रूपमा जानकारी गराइएको थियो ।

मामलाको संवेदनशीलता र गम्भीरतालाई मध्यनजर गर्दै इन्स्पेक्टर मनोज कुमार शर्माले तत्काल अनुसन्धान प्रक्रिया अघि बढाए । अनुसन्धानका क्रममा पीडित परिवार, छिमेकी तथा विद्यालयका सहपाठीहरूसँग विस्तृत सोधपुछ गर्नुका साथै प्राविधिक विश्लेषणसमेत गरिएको थियो । यस क्रममा एक शंकास्पद मोबाइल नम्बर फेला परेको थियो, जसले अनुसन्धानलाई निर्णायक मोडतर्फ डोर्‍यायो ।

प्राविधिक अनुसन्धान गर्दा उक्त मोबाइल नम्बरको लोकेशन दिल्ली नजिकै पर्ने पश्चिमी उत्तर प्रदेशको मुजफ्‌फरनगर जिल्ला अन्तर्गत मन्सूरपुर थाना क्षेत्रको बेगराजपुर गाउँमा देखिएको थियो । सोही आधारमा थप अनुसन्धान अघि बढाइएको थियो ।

यस संवेदनशील उद्दार अभियानमा नयाँ दिल्लीस्थित मिसन मुक्ति फाउन्डेशनका निर्देशक वीरेन्द्र सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय गरी अपराधीसम्म पुग्ने प्रभावकारी रणनीति तयार पारेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोग (NHRC) का सदस्य प्रियांक कानूनगोको निर्देशनमा क्क्द्य इंटेलिजेन्स युनिट (क्षेत्रीय मुख्यालय बेजपारा), उत्तर प्रदेशको मुजफ्फरनगर प्रहरी, मिसन मुक्ति फाउन्डेशन, रेस्क्यू एन्ड रिलिफ फाउन्डेशन तथा मानव तस्करी विरोधी इकाई (SSB बेजपारा) को संयुक्त टोली गठन गरी विशेष अपरेसन सञ्चालन गरिएको थियो ।

अपरेसन दुई तहमा सञ्चालन गरिएको थियो । एक टोली मुजफ्‌फरनगरमा जमिनस्तरमा सक्रिय भई प्रत्यक्ष कारबाहीमा जुटिएको थियो भने अर्को टोली फोन तथा ह्वाट्सएपजस्ता डिजिटल माध्यममार्फत सूचनाको आदान–प्रदान, प्राविधिक विश्लेषण र समन्वयको काममा संलग्न थियो । यस संयुक्त र द्रुत प्रयासको परिणामस्वरूप आरोपीलाई पक्राउ गरी नाबालिग किशोरीलाई सकुशल उद्दार गर्न सफलता प्राप्त भएको हो ।

उद्दारपछि किशोरीलाई आवश्यक चिकित्सकीय परीक्षण तथा उपचारका साथै मनोसामाजिक परामर्शका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ । घटनासम्बन्धी विस्तृत प्रतिवेदन चाँडै सार्वजनिक गरिने जनाइएको छ । मानव तस्करीजस्तो गम्भीर अपराध विरुद्ध गरिएको यो सफल अपरेसन अन्तर–एजेन्सी समन्वय, संवेदनशीलता र द्रुत कार्यवाहीको सशक्त उदाहरणका रूपमा प्रस्तुत भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि