Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोहिंग्या अवैध प्रवेश नियन्त्रणमा कडाइ तथा अवैध बसोबासी पहिचान गर्न विश्व हिन्दु परिषद्को आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १४, २०८२
रोहिंग्या अवैध प्रवेश नियन्त्रणमा कडाइ तथा अवैध बसोबासी पहिचान गर्न विश्व हिन्दु परिषद्को आग्रह
वीरगंज (पर्सा), १४ मंसिर । विश्व हिन्दु परिषद् नेपालले म्यानमार र बङ्गलादेशबाट विस्थापित रोहिंग्या तथा अन्य मुस्लिम समुदायका व्यक्तिहरू अवैध रूपमा नेपाल प्रवेश गरिरहेको दाबी गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । परिषद्को ठहरअनुसार यस्तो गतिविधिले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र दीर्घकालीन जनसांख्यिक सन्तुलनमा गम्भीर चुनौती पैदा भएको छ ।
परिषद्को प्रतिनिधिमण्डलले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा विस्तृत ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पछिल्लो समय भारतमा सञ्चालनमा आएको ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ प्रक्रियाका कारण खुला सीमा हुँदै नेपालतर्फ अवैध प्रवेशको जोखिम बढिरहेको तथा यसले ‘आतङ्कवादी समूहहरूले नेपाललाई आधार क्षेत्र बनाउने अवस्था सिर्जना गर्न सक्छ’ भन्ने चिन्ता व्यक्त गरिएको छ ।
विभिन्न घटनालाई सुरक्षा संकेतका रूपमा प्रस्तुत
ज्ञापनपत्रमा पछिल्लो वर्षभित्रका केही घटनालाई ‘गम्भीर सुरक्षा सङ्केत’ का रूपमा उल्लेख गरिएको छ । तीमध्ये जम्मु–कश्मीरको पहलगाममा नेपाली युवा सुदिप न्यौपानेसहित हिन्दु पहिचानका आधारमा भएको हत्या, दिल्लीमा उच्च शिक्षित मुस्लिम चिकित्सकहरू संलग्न भएको भनिएको बम विस्फोट, काठमाडौँमा मुस्लिम अगुवाहरूले दिएको धम्कीपूर्ण अभिव्यक्ति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामाथि लगाइएको लाञ्छना समावेश छन् ।
परिषद्को दाबी अनुसार यस्ता घटनाले नेपालमा अन्तर्राष्ट्रिय स्तरका संगठित गतिविधि र कट्टरपन्थी प्रभाव बढ्न सक्ने जोखिम संकेत गरेका छन् ।
जनसांख्यिक तथ्याङ्कबारे छानबिनको माग
राष्ट्रिय जनगणना २०७८ का अनुसार मुस्लिम जनसंख्या ५.०९ प्रतिशत (करिब १४ लाख ८३ हजार) रहेको उल्लेख गर्दै परिषद्ले हालैको एक कार्यक्रममा गरिएको ‘अझै २५ लाख १७ हजार मुस्लिम जनसंख्या लुकेर बसेको’ दाबीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । परिषद्ले सरकारलाई वास्तविक पहिचान, संख्या र स्थिति छानबिन गरी सार्वजनिक गर्न आग्रह गरेको छ ।
आठ जिल्लामा धार्मिक अवरोध बढेको दाबी
परिषद्को बुझाइमा सुनसरी, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, कपिलवस्तु र बाँकेमा हिन्दु धार्मिक कार्यक्रममा बारम्बार अवरोध, कर्फ्युसमेत लगाउनुपर्ने अवस्था र जनसांख्यिक संरचनामा ‘तीव्र परिवर्तन’ देखिएको छ । यसले सामाजिक सद्भावमा नकारात्मक असर परेको परिषद्को निष्कर्ष छ ।
सीमा सुरक्षामा कडा तथा अवैध बसोबासी पहिचान गर्न माग
परिषद्ले सरकारलाई सीमा क्षेत्रमा कडा निगरानी, प्रभावकारी स्क्रिनिङ प्रक्रिया, अवैध बसोबास गरिरहेका व्यक्तिको पहिचान र कानुनी कारबाही, नेपाललाई अवैध आप्रवासनको आश्रयस्थल नबनाउने नीति र व्यावहारिक व्यवस्था तत्काल लागू गर्न आग्रह गरेको छ ।परिषद्को एक पदाधिकारीले भने, ‘राष्ट्रिय सुरक्षा र हिन्दु समाजमाथि भइरहेको संगठित षड्यन्त्रप्रति राज्य मौन बसिरहे धार्मिक द्वन्द्वको जोखिम बढ्छ । त्यसका सम्पूर्ण परिणामको जिम्मेवारी सरकारकै हुनेछ,’ भन्दै सरकारले तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिए ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि