Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संगठन सुदृढीकरणका लागि वीरगंजका युवाको सुधार, ब्लूप्रिन्ट कांग्रेस नेतृत्वसम्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ५, २०८२
संगठन सुदृढीकरणका लागि वीरगंजका युवाको सुधार, ब्लूप्रिन्ट कांग्रेस नेतृत्वसम्म

वीरगंज (पर्सा), ५ मंसिर । नेपाली कांग्रेसलाई संगठनात्मक, वैचारिक र कार्यशैलीगत रूपमा सुदृढ बनाउने उद्देश्यले वीरगंजका युवाहरूले सामूहिक रूपमा तयार पारेको ‘सुधार प्रस्ताव’ कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । चिकित्सा, इन्जिनियरिङ, कानुन, शिक्षा, कला, सूचना–प्रविधि, कृषि, वित्तीय क्षेत्र, समाजसेवा तथा द्वन्द्व व्यवस्थापनलगायत विभिन्न पेशागत पृष्ठभूमिका करिब एक सय युवाले आफ्नो अनुभव, अध्ययन र चिन्तनलाई समेटेर तयार पारेको यस प्रस्तावमा वीरगंजका युवा नेतृत्वको उल्लेखनीय भूमिका रह्यो ।

‘द आइडिया अफ कांग्रेस’ कार्यक्रममा कात्तिक २९ गते काठमाडौंमा सहभागी युवाहरूबाट संकलित सुझावलाई प्रदीप गिरि इन्स्टिच्यूट र युथ कांग्रेस नेपालले संयोजन गरी विस्तृत ‘सुधार प्रस्ताव’को रूप दिएको थियो । प्रस्ताव ग्रहण गर्दै महामन्त्री गगन थापाले कांग्रेस कुनै समूह विशेषको मात्र संगठन नभई लोकतान्त्रिक मूल्य मान्ने र समुन्नत नेपाल इच्छाउने सबै नागरिकको साझा राजनीतिक परिवार भएको टिप्पणी गरे ।

थापाले युवाको सुझावलाई हल्का रूपमा नलिइने प्रस्ट पार्दै प्रस्ताव कार्यबाहक अध्यक्ष पूर्णबहादुर खड्कामार्फत केन्द्रीय समिति सदस्यहरूसम्म पुर्‍याइने र आवश्यक अध्ययनपछि व्यावहारिक कदम चालिने आश्वासन दिए । ‘द आइडिया अफ कांग्रेस’लाई केवल कार्यक्रमको रूपमा नभई युवाको सोच र अपेक्षा समेट्ने राष्ट्रव्यापी अभियानका रूपमा विस्तार गर्नुपर्ने सुझाव पनि उनले राखे ।
महामन्त्री विश्वप्रकाश शर्माले पनि देश र पार्टी दुवै जटिल चुनौतीको चरणमा रहेको उल्लेख गर्दै युवाहरूले अघि सारेको सुधार–दृष्टिले कांग्रेसलाई सही दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । औपचारिक पदीय भूमिकाबाहिर रहेर पनि लोकतन्त्रप्रति आस्था राख्दै अग्रसर भएका युवाहरूको यस्तो स्वस्फूर्त अभियानले पार्टीलाई थप जिम्मेवार, सबल र प्रभावकारी रूपमा अघि बढ्न प्रेरित गर्ने उनले बताए ।

प्रदीप गिरि इन्स्टिच्यूटका कञ्चन झा, युथ कांग्रेस नेपालका अध्यक्ष यजश्वी राई, फिल्म निर्माता मीन भाम र युवा नेता सचिन तिमिल्सिनासहितका प्रतिनिधिहरूले संयुक्त रूपमा ‘सुधार प्रस्ताव’ महामन्त्रीद्वयलाई हस्तान्तरण गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि