Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय सुरक्षा प्रमुखको नेपाल भ्रमण : सम्बन्ध सुधारको संकेत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८१
भारतीय सुरक्षा प्रमुखको नेपाल भ्रमण : सम्बन्ध सुधारको संकेत

काठमाडौं,७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रह्का छन्। मंसिर ५ गते अर्थात बुधबार उनी नेपाल भ्रमणमा आएपछि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानर्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरे।

उनी अझै नेपालमा सैनिक कार्यालयहरुको भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै छन्। यसअधि भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृतमोहन प्रसाद आएर फर्किसकेका छन्। नेपालका सुरक्षा अंगका प्रमुखहरूले भारतीय सुरक्षा अंगका प्रमुखहरूको नेपाल भ्रमणलाई नियमित भनेका छन्।

तर प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि हुन लागेको उनीहरूको यो भ्रमणलाई नेपालसँग भारतको सम्बन्ध थप सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देशका रूपमा लिइएको छ। स्थाल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको भ्रमणका क्रममा बिहीबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको थियो।

त्यसक्रममा भारतीय सेनाको ‘अग्निपथ’ बारे छलफल हुने बताइएको छ। तर यसबारे रक्षा मन्त्रालय, नेपाली सेनाले केही बताउन चाहेको छैन। ‘अग्निपथबारे पनि कुराकानी भएको छ तर यो विषय दुई देशको मामिला भएकाले अहिले नै केही गरिहाल्ने भन्नेचाहि रहेन’, नेपाली सेनाका उच्च अधकारीले भने।

भारतका तत्कालीन रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए। यस योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने योजना हो। सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ। यसबारे नेपालका ठूलै विवाद भएको थियो।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणलाई नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको ‘संयुक्त अपरेसन सेल’ गठन गरेर सुरक्षा निगरानी बढाइने भएको छ।

‘उहाँको भ्रमणलाई सेनाले उच्च महत्त्व दिएको छ, भ्रमणका बेला विरोध उत्पन्न हुन सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर संयुक्त अपरेसन सेल बनाउन लागिएको हो’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।

भारत सरकारले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिएको विषयमा कूटनीतिक क्षेत्रमा विभिन्न आशंकासहितका टिप्पणी भइरहेका बेला स्थल सेनाध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक सन्देश दिने बताइएको छ।

ओली सरकारले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ। द्विवेदीको नेपाल भ्रमणका क्रममा सहयोग आदान-प्रदानबारे पनि छलफल भएको थियो। द्विवेदी ३० जुन २०२४ मा भारतीय स्थल सेनाप्रमुख नियुक्त भएका थिए।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि