Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पत्रकारको नाममा भगौडा असई मियाँको असुली आतँक, व्यापारीदेखि प्रहरीसम्मलाई ब्लेकमेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २६, २०८१
पत्रकारको नाममा भगौडा असई मियाँको असुली आतँक, व्यापारीदेखि प्रहरीसम्मलाई ब्लेकमेल

वीरगंज (पर्सा), २६ कात्तिक । पर्सा जिल्लाको ग्रामीण भेगको नेपाल भारत सीमा क्षेत्रमा नक्कली पत्रकारको आडमा एकजना भगौडा प्रहरीको आतँक बढेको छ । विगतमा प्रहरी सेवामा रहेर काम गरेका पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका – ५ भिस्वा घर भाई हाल वीरगंज महानगरपालिका-१६ इनर्वा बस्दै आएका पूर्व प्रहरी सहायक निरीक्षक मुरतुजा मियाँ तेलीले अहिले नक्कली पत्रकारको कार्ड बोकेर सीमा क्षेत्रमा आतँक नै मच्चाएका छन् ।

मियाँले पत्रकारको नक्क्ली परिचय पत्र बनाएर तस्करदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट इन्चार्जहरुसँग ‘पत्रकार हँु’ भन्दै धाक धम्की लगाउँदै असुली गर्ने गरेका छन् । मियाँको असुली धन्दाको मुख्य केन्द्रबिन्दु भने व्यापारी, तस्कर तथा प्रहरी प्रशासन हो । प्रहरी संगठनको अनुशासन र कारवाही हुने तरिकाबारे स्पष्ट बुझेका तेलीले सिपाहीदेखि अधिकृतसम्मका प्रहरीलाई ‘ब्लैकमेल’ गरी रकम असुली गर्ने गरेका छन् । पुर्व असई मुरतुजा मियाँ तेली पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिस्वा घर भई हाल वीरगंजको इनर्वा गाउँमा बसोबास गर्दै आएका छन् ।

तेली नेपाल प्रहरीका जवानमा सेवा प्रवेश गरि प्रहरी सहायक निरीक्षकसम्म तराईकै जिल्लाहरुमा घुमुवा बसेर असुली गर्न माहिर भएका हुन् । त्यही असुलीबाट उनी वीरग्ंजको इनर्वा गाउँमा घर, घडेरी, गाडी जस्ता अकुत सम्पत्ति आर्जन गरेका छन् । तेली प्रहरी सेवामा हुँदा सिपाहीदेखि असईसम्म तराईकै जिल्लाहरुमा बसी घुसखोरीको आतँक मच्चाएको बारे नेपाल प्रहरीको केन्द्रिय कार्यालयसम्म सूचना पुगेपछि उनलाई पहाडी क्षेत्रको अति विकट ठाउँमा सरुवा गरिएको थियो । तर उनको त्यहाँ असुलीको कुनै बुद्धि नलागेपछि तथा विभागले उनको गतिविधिमाथि निगरानी बढाएपछि मियाँ राजिनामा दिए, र हाल नक्क्ली पत्रकार बनेर नेपाल भारत सीमा क्षेत्रमा असुली आतँक नै मच्चाएका छन् ।

मियाँको कार्यशैलीबाट व्यापारी, तस्कर, प्रहरी प्रशासन मात्र होइन, त्यस क्षेत्रमा सानातिना पसल थापेका सर्वसाधारण पनि पीडित छन् । उनी चिया पसलबाट पनि असुल्न छाडेका छैनन् । पुर्ब असई मियाले भिस्वाको पसल साहुहरुसँग समान माग्ने, नदिए थर्काउनेदेखि फेसबुकमा फोटो हालेर चरित्र हत्या गर्नेसम्म काम गर्ने गरेका छन् । उनको सामाजिक सञ्जाल फेसबुकलाई हेर्ने हो भने समाचार भन्दा पनि विभिन्न व्यक्तिको चरित्र हत्या गरिएको स्टाट्स सजिलै देख्न सकिन्छ ।

सीमा क्षेत्रका व्यापारीदेखि पसल संचालकहरुबाट २ देखि ५ सय रुपैयाँ असुल्न पल्केका मियाँ छिपहरमाई – ५ भिस्वा निवासी जगदीश साह कानुसँग २५ हजार रुपैयाँ माग गरेका थिए । हिन्दुहरुको महान पर्व वडा दशैं, दिपावली तथा छठ पवको बखत तस्करीको काम गर्दै नगरेका व्यक्तिलाई तस्करी गराएको भनेर जबरजस्ती पैसा माग्न खोजेपछि साहले प्रतिकार गर्दा दुबैजना बीच भनाभन भएको थियो । तर त्यसैलाई निहुँ बनाई मियाँले पूर्व प्रहरी र पत्रकारको धाक लगाउँदै अनावश्यक दुःख दिने काम गरि रहेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भनेर आफैलाई पत्रकार भनेर जबरजस्ती प्रचार गरि रहेका छन् ।

जबरजस्ती पैसा लिन खोज्ने, नदिएपछि सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने जस्ता उनको दैनिकी कार्य हो । आफूलाई पत्रकार भन्दै हिँड्ने मियाँलाई पत्रकारको ‘प’ समेत लेख्न आउँदैन । काठमाडौंबाट संचालन हुने अनलाइनमा फोन मार्फत केही सूचना दिएर त्यहाँ लेखिएको समाचार आफै कपी पेष्ट गरि आफ्नो सामाजिक सञ्जालमा पोष्ट्याउने काम गर्दै आएका छन् र आफैलाई पत्रकार भन्ने गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि