वीरगंज (पर्सा), १४ कात्तिक । वीरगंज महानगरपालिका-१६ इनर्वा स्थित अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ, पर्सा वीरगंजमा कार्यरत प्रहरी हवल्दार रामप्रवेश यादवले असुली धन्दालाई तिब्र पारेका छन् । उनले सेटिङ्गमा भारतबाट ल्याउने तस्करहरुको सामान नछुने तर सर्वसाधारणको सामानलाई समातेर चौकी ल्याउने अनि पैसा लिएर छाड्ने गरेको पाइएको हो । हवल्दार यादवले नेपाल भारतको खुल्ला सिमानामा पर्ने इनर्वा गाउँबाट आउने हरेक सामान बापत पैसा बुझ्ने गरेको स्थानीयहरुको भनाई छ ।
तस्करीको अधिकाँश सामान इनर्वा गाउँ हुँदै वीरगंजसम्म आउने गर्छ । उनले महिनावारी नदिने जोसुकै व्यक्तिले अलिकति पनि सामान ल्याएको देख्ने वित्तिकै समात्ने गरेका छन् । समातेको सामान चौकीमा ल्याई पैसा लिएर छाड्ने गरिएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयहरुको भनाई छ । हवल्दारको असुली कार्यबाट स्थानीयहरु आतँकित बनेका छन् । त्यसको साथसाथै हवल्दार यादवले महिनावारी असुलेर तस्करीको लाइन दिएको बताइएको छ ।
उनको सहयोगमा भारतीय सीमावर्ती सहर रक्सौलको अहिरवाटोला, इनर्वा हुँदै वीरगंज बजारसम्म तस्करीको सामान सहज तरिकाले आइरहेको छ । भारतीय सीमावर्ती सहर रक्सौलदेखि वीरगंज बजारसम्म तस्करीको सामान आईपुग्नको लागि इनर्वा प्रहरी चौकीका हवल्दार यादवले महिनावारी असुली सघाई रहेको स्थानीयहरुको भनाई छ ।
प्रहरी चौकी इनर्वाका हवल्दार रामप्रवेश यादवले तस्करहरुसँग महिनावारी असुली तस्करीको सामान नेपाल भित्र्याउनमा सहयोग गरि रहेको बताइएको छ । चाँड पर्वको बेला सशस्त्र प्रहरीले तस्करीलाई न्यूनीकरण गरि रहेको बखत नेपाल प्रहरीका हवल्दार यादवले पैसा असुली तस्करीको सामान भित्र्याउन सहयोग गरि रहेको बताइएको छ । यादव खुलेयाम तस्करहरुसँग पैसा असुल्ने गरेको स्थानीयहरुको आरोप छ । 







प्रतिक्रिया दिनुहोस् !