Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अखाद्य मिठाई र विषाक्त फलफूल विक्री गर्ने व्यवसायीमाथि कारबाही

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १२, २०८१
अखाद्य मिठाई र विषाक्त फलफूल विक्री गर्ने व्यवसायीमाथि कारबाही

वीरगंज (पर्सा), १२ कात्तिक । चाडपर्वको मौसममा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य मिठाई र विषाक्त फलफूल विक्री गर्ने व्यवसायीमाथि कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजकाे नेतृत्वमा गरिएको अनुगमनमा दुई मिठाई पसल र दुई थोक फलफूल सप्लायर्सले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको पाइएपछि उनीहरूमाथि कारबाही गरिएको हो ।

वीरगंज महानगरपालिका – १६ नगवा क्षेत्रमा रहेको जय हिमाल मिष्ठान भण्डार र वीरगंज ६ मिना बजारस्थित गणेश मिष्ठान भण्डारमा गरिएको अनुगमनमा फोहोर वातावरणमा राखिएका तथा बासी रसगुल्ला, पेडा, र बर्फी फेला परेको अनुगमन टोलीले जानकारी दिएको छ । जय हिमाल मिष्ठानमा म्याद सकिएको हाइड्रो पाउडरको प्रयोग भएको र भान्छा अत्यधिक फोहोर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ । पसल दर्ता पनि नगरेर सञ्चालनमा रहेको पाइएको छ ।

जय हिमाल मिष्ठान भण्डारका सञ्चालक जुमादिन मियाँलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने अखाद्य मिठाई तत्कालै नष्ट गरिएको छ । यस्तै, गणेश मिष्ठान भण्डारमा पनि खान अयोग्य लड्डु बिक्रीको लागि राखिएको पाइएपछि सञ्चालक जितेन्द्र कलवारलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलीले मिना बजारका कृष्ण फ्रुट सप्लायर्स र ओम फ्रुट सप्लायर्समा केरा पकाउन विषाक्त रसायन र फिटकीरी प्रयोग गरिएको पाएको छ । दुवै पसल बिना दर्ता सञ्चालनमा रहेको र सञ्चालकहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । विषाक्त फलफूल तत्कालै नष्ट गराइएको अनुगमन टोलीका प्रमुख सुनिल चौरसियाले जानकारी दिए ।

नेपालको उपभोक्ता संरक्षण ऐन २०७५ का अनुसार, अखाद्य वा म्याद सकिएका वस्तु विक्री गर्नेहरूलाई एक वर्षसम्म कैद र ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । उपभोक्तालाई हानि पुर्‍याउने व्यापारीहरूले थप क्षतिपूर्ति दिनुपर्ने कानुनी प्रावधान पनि ऐनमा उल्लेख गरिएको छ ।

यसअघि आइतबार पनि अनुगमन गर्दै बजार अनुगमन समितिले अखाद्य लड्डु बनाएर मिठाई पसलहरूमा बिक्री गर्ने वीरगञ्जका दुई वटा लड्डु उद्योग सिल गरेको थियो भने त्यस्ता लड्डु बिक्री गर्ने क्षीर सागर मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि