Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विवाहपञ्चमी महोत्सवको तयारीमा जुट्यो मधेस सरकार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०८१
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

जनकपुर (धनुषा), १० कात्तिक । मधेसको मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाहपञ्चमीको भव्यताका लागि प्रदेश सरकारले तयारी थालेको छ । सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवमा गरिनुपर्ने व्यवस्थापकीय कामको सूची तयार गरी सोअनुरुप अघि बढ्न मधेस प्रदेश सरकारले आज कार्यदल नै बनाएर तयारी थालेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा कार्यदल (समिति) बनाएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।

“रामजानकी विवाह महोत्सव मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव हो, हामीले यसको काम सुव्यवस्थित तवरले अघि बढोस् भनेर शिक्षा तथा संस्कृतिमन्त्रीकै अध्यक्षतामा तयारी समिति बनाएका छौँ”, मन्त्री लेखीले भन्नुभयो, “महोत्सव सम्झनायोग्य बनाउन मधेस प्रदेश सरकारले प्रयत्न केन्द्रित गर्नेछ ।” मन्त्री तिवारीको नेतृत्वमा गठित समितिमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मिञाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव सदस्य रहनुभएको लेखीले जानकारी दिनुभयो ।

यो समितिले महोत्सवका कार्यक्रमको रुपरेखा तयार गर्नसँगै अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान तथा बसोबास व्यवस्थापन र आम श्रद्धालु बस्न सक्ने ठाउँको व्यवस्थापनबारे पूर्वयोजना बनाउने छ । त्रेतायुगमा अयोध्याका राजा दशरथका श्रीरामसहितका चार पुत्र र विदेहराज (मिथिला नरेश) शिरध्वज जनक र उहाँका भाइ कुशध्वजका छोरीहरू सीताजीसहित चार दिदीबहिनीको विवाह भएको मङ्सिर शुक्ल पञ्चमी तिथिका अवसरमा विवाहपञ्चमी महोत्सव मनाइने पुरानो मैथिल परम्परा हो । यसपालि यो सांस्कृतिक पर्व आगामी मङ्सिर २१ गते शुक्रबार परेको छ । महोत्सवमा विवाहअघि र पछिका विधि मिथिलाका स्थापित परम्परा र प्रचलित कर्मकाण्डीय विधानअनुसार गरिने चलन छ ।

यसका लागि प्रत्येक दिनका विधिअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छन् । जसमा राम, लक्ष्मण जनकपुर आइपुगेका दिनलाई नगर दर्शन, सीताजीसँग फूलबारीमा आमनेसामने भएको कथा प्रसङ्गलाई फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर (विवाहका लागि यज्ञवेदी बनाउने), स्वयम्वर, विवाह र रामकलेवा (जन्ती बिदाइ)का कार्यक्रम आयोजना गरिन्छन् । यो महोत्सवमा जनकपुरधामस्थित राममन्दिरका महन्त र जानकी मन्दिरका महन्थ क्रमशः दुलहा/दुलहीका पिताको भूमिकामा हुन्छन् । पूरै महोत्सवभरि सम्धीसम्धीबीच हुने हाँसख्याल ठट्टा र मनोविनोद एवं यससँग जोडिएका सम्पूणर् विधिले साँच्चै नै रामसीताको विवाहको झल्को दिने गरेको संस्कृतिविद् तथा साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

प्राचीनकालदेखि चल्दै आएको यो परम्परालाई उच्चतम महत्व दिएर मधेस सरकारले एक महिनाभन्दा पहिलेदेखि नै तयारी थाल्नुलाई यहाँका बुद्धिजीवीहरूले सकारात्मक रूपमा लिएका छन् । प्रदेश सरकारले पहिलेदेखि नै तयारीका काम थालेर महोत्सव व्यवस्थित बनाउन पहलकदमी लिनु सकारात्मक भएको महोत्तरीको जलेश्वर(५ पतैलीका बासिन्दा संस्कृतिविद तथा मिथिला माहात्म्यका नेपाली अनुवादक ध्रुव रायको प्रतिक्रिया छ । समितिले महोत्सव व्यवस्थित र सुसज्जित बनाउन आवश्यक प्रबन्ध जुटाउनसँगै यससँगै जोडेर सुरक्षा, आबास, भोजन, खानेपानी, विद्युत्, यातायात, स्वास्थोपचार र शौचालयको समुचित प्रबन्धको तयारी गर्ने जनाइएको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि