Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पञ्चवर्षीय गढीमाई मेलामा शुद्ध खानेपानी तथा शौचालयको व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३, २०८१
पञ्चवर्षीय गढीमाई मेलामा शुद्ध खानेपानी तथा शौचालयको व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

वीरगंज (पर्सा), ३ कात्तिक । खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलामा आउने भक्तजन र दर्शनार्थीका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । शनिवार बिहान गढीमाई मन्दिरमा पूजा गर्दै मन्त्री यादवले मेला व्यवस्थापनका लागि भइरहेको तयारीको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गरेका थिए ।

सोही क्रममा मन्त्री यादवले गढीमाई मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । उनले भने, ‘गत ५ वर्ष अघि २०७६ सालमा लागेको पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको अभावका कारण भक्तहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । यसपाली त्यस्ता समस्याहरूलाई रोक्नका लागि हामीले समयमै उचित प्रबन्ध गर्नुपर्छ ।’

मन्त्री यादवले गढीमाई मेला अवधिभर मन्त्रालयका कर्मचारीलाई पानीको शुद्धतामा मापन यन्त्र जडान गर्न र त्यसको संचालन र व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन् । ‘हामीले पानीको गुणस्तरमा कुनै कारको सम्झौता गर्न सक्दैनौँ । श्रद्धालुहरूले पक्कै पनि शुद्ध पानी पाउनु पर्छ । यसका लागि आवश्यक व्यवस्था गर्न हामी समर्पित छौँ,’ उनले भने । यसका साथै, उनले प्रदेश सरकारका प्रतिनिधिहरूलाई बरियारपुर क्षेत्रमा विभिन्न स्थानमा डीप बोरिङ जडान गर्नका लागि पनि निर्देशिन दिएका हुन् । ‘गढीमाई मन्दिरको वरिपरि पर्ने स्थानहरूमा पानीको अभाव हुन नदिनका लागि पर्याप्त जल श्रोतको प्रबन्ध गर्न अत्यावश्यक छ,’ उनले थपे ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले गढीमाई मन्दिर र मेला मधेसको लागि मात्र नभई नेपालका लागि महत्वपूणर् पहिचान भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताए । उनले भने, ‘हाम्रो यस क्षेत्रको संस्कृति, परम्परा र धार्मिक आस्थाले यसलाई पर्यटकीय दृष्टिले महत्वपूणर् बनाउछ । यसलाई प्रवद्र्धन गर्नका लागि हामीले विशेष ध्यान दिन आवश्यक छ ।’ उनले थपे, ‘गढीमाई मेला मात्र धार्मिक आस्था प्रकट गर्ने स्थान होइन, यसले आर्थिक र सांस्कृतिक दुवै पक्षलाई समेट्ने गर्दछ । यहाँ आउने भक्तजनहरूले स्थानीय व्यवसायमा पनि योगदान पुर्‍याउने छन्, जसले समग्र क्षेत्रमा आर्थिक गतिविधिलाई तीव्रता दिन सक्छ ।’

गढीमाई मेला आयोजनामा सरकारले स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धन गर्ने अवसरका रूपमा लिने आवश्यकता रहेको उनको भनाइ थियो । सो क्रममा उपस्थितहरूले गढीमाई मेला व्यवस्थापनमा सरकारको सक्रियता र सहयोगको महत्वलाई स्वीकार गर्दै मेलामा स्थानीय समुदायको विकास र समृद्धिमा थप ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री यादवले मेला सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउँदै श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले गढीमाई मेला अवधिभर स्थानीय सरकारले, सरोकारवाला निकायहरूसँग मिलेर प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि औँल्याए । ‘हामीले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै विश्व स्तरीय व्यवस्था गर्नुपर्नेछ । यसका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

गढीमाई मन्दिर र मेला क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले समग्र समाजको विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्ने कुरामा जोड दिए । यसका लागि उनले स्थानीय बासिन्दा, धार्मिक संस्थाहरू र सरकारबीचको समन्वय महत्वपूर्ण रहेको पनि उल्लेख गरे । कार्यक्रममा पूर्व मन्त्री एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान), पूर्व सांसद प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायतको उपस्थिति थियो । मंसिरको दोश्रो सातादेखि गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला लाग्नेछ, जुन विश्वभर पशु बलि दिने परम्पराका लागि प्रख्यात छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि