Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताको निर्लज्ज भ्रष्टाचार, रोकिएन बजेटमा पारिवारिक लुटतन्त्र !

अध्यक्ष गुप्ताको गोरखधन्दामा अधिकृत उदयशंकर चौधरीको भरपुर साथ, फर्जी कामको भुक्तानी नगर्ने अधिकृत एक महिनापनि टिक्दैनन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८१
छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताको निर्लज्ज भ्रष्टाचार, रोकिएन बजेटमा पारिवारिक लुटतन्त्र !

वीरगंज (पर्सा), २९ असोज । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले भ्रष्टाचारको मामिलामा निर्लज्ज भइसकेका छन् । भ्रष्टाचार गर्न माहिर मानिएका अध्यक्ष गुप्ताले गाउँपालिकाको विकासे बजेट कागजमा सीमित गरि आफ्नो दुनो सोझ्याई रहेका छन् । पालिकामा हुने प्रत्यके विकास निर्माणको कार्यमा पटक पटक विवादमा पर्दै आएका अध्यक्षले मनपरी रुपमा पालिकाको बजेट लुट्न हतिमरे गर्दै आएका छन् । आफ्नो अनुकुल प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराएर ल्याई निर्लज्ज तरिकाले पालिकाको बजेटमा भ्रष्टाचार गरि रहेका छन् । त्यस पालिकामा कुनैपनि प्रशासकीय अधिकृत ६ महिनासम्म टिक्न सक्दैन ।

अध्यक्ष गुप्ताले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराएर ल्याई तानाशाही तरिकाले आफ्नो अनुकुलको बजेटहरु निकाशा गराउन खोज्दा उनको फर्जी काममा साथ दिने ७/८ महिनासम्म टिक्छन्, साथ नदिने एक महिनामै सरुवाको शिकार हुने गरेका छन् । अध्यक्ष गुप्ताले आफ्नो अनुकुलको बजेट निकाशा नगरेपछि कर्मचारीमाथि हातपात गर्न समेत पछि पर्दैनन् । पालिकामा हुने गरेको भ्रष्टाचारबारे पटक पटक समाचारहरु प्रकाशन हुँदा पनि केहीदिन चुप लागेर निर्लज तरिकाले पुनः घुसखोरी बाटोबाट बजेट निकाशा गराउने गरेका छन् । यस कार्यमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत कमिशनको प्रलोभनमा परेर साथ दिने गरेका छन् । उनले पालिकाको कुनैपनि बजेटको इमान्दारिपूर्वक विकास निर्माणको काम गराएका छैनन् ।

उपभोक्ता समिति मार्फत हुने कामलाई आफ्नो परिवारका सदस्यहरु चाचा, भाई, भतिजलाई दिने गरेका छन् भने टेण्डर मार्फत हुने विकास निर्माण कार्य आफ्नै नजिकका आफन्त एवं कार्यकर्तालाई दिने गरेका छन् । अध्यक्ष गुप्ताले गोप्य टेण्डर निकाली आफ्नो अनुकुल आसेपासे एवं परिवारका सदस्यहरुलाई ठेक्का दिन माहिर मानिन्छन् । उनको भ्रष्टाचारको बयान गर्ने हो भने सकिँदैन, छिपहरमाई गाउँपालिकाको ७/८ वर्षको तथ्याँक हेर्ने हो भने उपभोक्ता समिति मार्फत जतिपनि काम भएको छ, त्यो उनकै चाचा, भाई, भतिजले गरेका छन् । टेण्डर मार्फत काम भएको छ भने त्यो पनि आफ्नै परिवारको सदस्य सहित नातेदार एवं कार्यकर्ता छन् । त्यतिले पनि नपुगेपछि कमिशन लिई ठेकेदारलाई ठेक्का दिने गरेका छन् । अध्यक्ष गुप्ताको परिवारमा उपभोक्ता समितिको अध्यक्षदेखि ठेक्केदार सबै छन् ।

उदाहारणको लागि एउटा शिर्षकलाई लिने हो भने गत वर्ष २०८०/०८१ मा ८६ लाखको बजेट उपभोक्ता समिति मार्फत काम गर्न आफ्नो चाचा पर्ने लालबाबु गुप्तालाई ठेक्का दिएका छन् । अध्यक्ष गुप्ताले आफ्नो चाचा लालबाबु गुप्तालाई गाउँपालिकाको वडा नं. १ मिर्जापुर स्थित २ स्थानमा, वडा नं. २ सम्झौता स्थित २ स्थानमा, वडा नं. ३ जयमंगलापुर स्थित ३ स्थानमा, वडा नं. ४ तुलसीबर्वा स्थित ३ स्थानमा तथा वडा नं. ५ भिस्वा स्थित ४ स्थानमा सौर्य सिचाई जडान गर्न ८६ लाखको बजेट दिएका छन् । २० लाख भन्दा बढिको बजेट भुक्तानी गर्नका लागि ई–बिडिङ्ग सूचना प्रकाशित गरेर टेण्डर आह्वान गरि मात्रै ठेक्का दिनुपर्नेमा उपभोक्ता समिति मार्फत ठेक्का दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी गर्न नमानेपछि २०८१/०८२ मा त्यही ठेक्काको रकमलाई पुनः त्यहीँ योजनामा राखी कागजात प्रक्रिया पुरा गरि भुक्तानी गराउने तरखरमा रहेको गाउँपालिका श्रोतले जनाएको छ ।

फर्जी योजनाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी गर्न नमानेपछि हाल सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले कमिशनको प्रलोभनमा बजेट निकाशाका लागि अध्यक्ष गुप्ताको फर्जी काममा साथ दिइरहेका छन् । गत वर्ष नै सम्पन्न भइसकेको योजनाको बजेट निकाशाको लागि पुनः यस वर्ष गोप्य टेण्डर आह्वान गरिएको गाउँपालिका श्रोतले जनाएको छ । गत वर्ष ५ वटा वडाको कामको लागि ८६ लाखको बजेट रहेकोमा यस वर्ष त्यहीँ बजेटलाई टुक्रा टुक्रा पारी गोप्य टेण्डर निकाली आफ्नो चाचा लालबाबु गुप्ता अध्यक्ष रहेको उपभोक्ता समितिलाई बजेट भुक्तानी गराउन लागि परेको बताइएको छ ।

सौर्य सिचाइँ योजना अन्तर्गत गत वर्ष नै छिपहरमाई गाउँपालिकाको ५ वटा वडामै जडान भइसकेको सोलारको प्यानल ।

यस कार्यमा हालका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले भरपुर साथ दिई रहेका छन् । विगतमा अन्य पालिकामा रहँदा पनि विवादमा तानिएका अधिकृत उदयशंकर चौधरी अहिले अध्यक्ष गुप्ताको गोरखधन्दालाई सघाउन छिपहरमाई गाउँपालिकामा हाजिर भएको बताइएको छ । पालिकाको बजेटमा लुटतन्त्र मच्चाउन पल्किएका अध्यक्ष गुप्ताले चतुर बुद्धि लगाएर बजेटलाई बाँडफाँड गरेर भुक्तानी गराउन कम्मर कसेर लागि परेको र त्यो कार्यमा रबर स्टाम्पको रुपमा प्रमुख प्रशासकीय अधिकृत चौधरी प्रयोग भइरहेको बताइएको छ । अधिकृत चौधरीसँग सौर्य सिँचाई योजनाको गोप्य टेण्डरबारे बुझ्दा वेबसाईट र सूचनापाटीमा टेण्डरको सूचना नराखिएको स्वीकारे । उनले भने ‘स्थानीय एक दैनिक पत्रिकामा सूचना प्रकाशन गरिएको छ तर कुन मितिमा प्रकाशन गरिएको छ आफूलाई थाहा छैन’ । सूचनामा टेण्डर कहिलेदेखि कहिलेसम्म खुलेको छ, त्यो पनि थाहा छैन ।

उपभोक्ता मार्फत कार्य सम्पन्न भइसकेको तर निर्देशिका बमोजिम कार्य नभएको भन्दै तत्कालीन कार्यालय प्रमुखले भुक्तानी गर्न नमानेपछि कार्यालय प्रमुख नै सरुवाको शिकार भए । यो योजनाको भुक्तानी नगरेकै कारण ३ जना प्रमुख प्रशासकीय अधिकृत र २ जना लेखा प्रमुख सरुवा भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण साह त्यही ८६ लाख बजेट निकाशा नगरेकै कारण सरुवा भए । त्यस लगत्तै अध्यक्ष गुप्ताले आफ्नो फर्जी काममा सघाउने उद्देश्यले भ्रष्चारमा माहिर मानिएका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारलाई कार्यालय प्रमुखमा हाजिर गराए । रौनियारले कमिशनको भरमा २०७९/०८० का फर्जी योजनाको करिब १ करोड बढि रकम भुक्तानी गरे तर त्यही अध्यक्षको चाचा पर्ने लालबाबु गुप्ता अध्यक्ष रहेका उपभोक्ता समितिले काम गरेको ८६ लाखको भुक्तानीमा कमिशन नमिल्दा उनीपनि सरुवा भए ।

त्यस पश्चात अध्यक्ष गुप्ताले स्वास्थ्य संयोजक सनी पटेललाई कार्यालय प्रमुख बनाए, तर उनले पनि उनको फर्जी काममा साथ नदिएपछि उनीपनि सरुवाको शिकार भए । प्रमुख प्रशासकीय अधिकृतको साथसाथै लेखा प्रमुख अकलेश सहनी तथा संजय पटेल पनि सरुवा भए । तत्कालीन लेखा प्रमुख संजय पटेल अध्यक्ष गुप्ताको केही फर्जी काममा साथ दिए तर सहनीले भने साथ नदिएकै कारण ४ महिनापनि टिक्न सकेन । अध्यक्ष गुप्ताले तानाशाही तरिकाले आफ्नो अनुकुल जबरजस्ती बजेट निकाशा गराउने गरेका छन् । अध्यक्ष गुप्ताले पालिकाको बजेट लुटेर वीरगंजमा आलिसान होटल खडा गरेका छन् । वीरगंज – ८ स्थित करोडौं करोड मुल्य पर्ने ४ कठ्ठा घडेरीमा होटल बिराट एण्ड प्लाजा’ नामका आलिसान होटल खडा गरेका छन् । उनले श्रीमतीको नाममा काठमाडौंको बल्खु क्षेत्रमा ८ रोपनी घडेरीमा तीन तल्ले सुबिधा सम्पन्न अलिसान महलनै बनाएका छन् । यति मात्रै कहाँ हो र ? उनले वीरगंजको श्रीपुरमा २ कठ्ठा घडेरीसहित २ तल्ले घर र मकवानपुरको हेटौंडामा १ कठ्ठा घडेरी जोड्न सफल भएका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि