Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘नेरुडे-मिर्मिरे’ लघुवित्त : केन्द्रिय कार्यालय हुँदै देशभरिका शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८१
‘नेरुडे-मिर्मिरे’ लघुवित्त : केन्द्रिय कार्यालय हुँदै देशभरिका शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २१ असोज ।
‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाको कलष्टर, केन्द्रिय कार्यालय हुँदै प्रदेश अन्तर्गतका सम्पूर्ण शाखा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । बनेपा काभ्रेप्लानचोक स्थित केन्द्रिय कार्यालय रहेको ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाको देशैभरिका प्रदेश अन्तर्गतका सम्पूर्ण शाखा कार्यालयहरुमा आइतबार तालाबन्दी गरिएको हो । विगत ६ महिनादेखि आन्दोलनरत रहेका कर्मचारी संगठनको पूर्व निर्धारित संघर्षका कार्यक्रम अन्तर्गत बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका पदाधिकारीहरुले देशैभरिका शाखा कार्यालयहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो ।

साबिक नेरुडे र मिर्मिरे लघुवित्त गाभिएर संचालन भएदेखि विवादमा पर्दै आएको यस सँस्थाले विवाद समाधान गर्न नसकेपछि कर्मचारी संगठनका पदाधिकारीहरुले कलष्टर कार्यालय, केन्द्रिय कार्यालय हुँदै प्रदेश अन्तर्गतका देशैभरिका शाखा कार्यालयहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । गत असोज १८ गते बनेपा काभ्रेप्लानचोक स्थित केन्द्रिय कार्यालयमा तालाबन्दी गरेका कर्मचारी संगठनले असोज २० गते देशैभरिका शाखा कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

साबिक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभी (मर्जर) भई २०८०/११/३० गतेबाट ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय संस्था लिमिटेडको नामवाट एकीकृत कारोवार शुरु भएको ३ महिना नवित्दै विवादमा परेको थियो । एकिकृत कारोबार शुरु भएको ७ महिना वित्नै लाग्दा हालसम्म सन्तोषजनक कारोबार भने हुन सकेको छैन । जहिलेपनि सँस्था विवादमा पर्दै आएको छ । दुईवटा लघुवित्त सँस्था एक आपसमा गाभेसँगै दुबै सँस्थाका कर्मचारीहरुको संगठन दुई चिरामा बाँडिएका थिए । दुबै संगठनले आ-आफ्नो छुट्टाछुट्टै माग राखेर आन्दोलन गर्दै आएका थिए ।

शुरुमा नेरुडे पट्टिका कर्मचारी संगठनले कर्मचारीहरुको हकहितको लागि आन्दोलनमा उत्रिएकोमा मिर्मिरे पट्टिका कर्मचारी संगठनले पनि एक्यबद्धता जनाई आफ्नो स्वार्थ पुरा फर्किएका थिए । तर नेरुडे पट्टिका कर्मचारीहरु अहिलेपनि आन्दोलनमै छन् । उनीहरुले सँस्थासँग आबद्ध कर्मचारीहरुको हकहितको लागि आन्दोलनका कार्यक्रमहरुलाई थप सशक्त बनाउँदै केन्द्रिय कार्यालयमा तालाबन्दी गर्नुको साथै देशैभरिका शाखा कार्यालयहरुमा तालाबन्दी गरेको हो । कर्मचारीहरुले उठाएको मागलाई वार्ताबाट सम्बोधन गर्नुको सट्टा सँस्थाले कर्मचारीलाई दमन गर्ने काम गरि रहेको छ ।

सँस्थामा देखिएको समस्या समाधानको लागि ‘नेरुडे मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाका व्यवस्थापन पक्षले लगातार ४ दिनसम्म वार्ता गरि निष्कर्षविहीन टुङ्गयाएर कर्मचारीमाथि दमन गर्ने प्रयास गरि रहेको कर्मचारीहरुको गुनासो छ । व्यवस्थापन पक्षले वार्ता मार्फत समस्या समाधान गर्नुको सट्टा प्रहरी प्रशासन लगाएर आन्दोलनरत कर्मचारीहरुमाथि दमन गरेको कर्मचारीहरुको भनाई छ । सँस्थामा पूर्व प्रहरी उपरीक्षक जनक बोहराको सेयर लगानी रहेको कारण उनकै इसारामा बनेपा स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले आन्दोलनरत कर्मचारीहरुमाथि दमन गरेको कर्मचारीहरुको भनाई छ ।

प्रहरी नायब उपरीक्षकको आडमा सँस्थापक पक्षले कर्मचारीहरुको आन्दोलनलाई दबाउन खोजेको बताइएको छ । प्रहरी नायब उपरीक्षक आफै सँस्थामा उपस्थित भई आन्दोलनरत कर्मचारीहरुलाई थर्काउनुको साथै सँस्थामा लगाइएको ताला फोड्न सहयोग गरेको बताइएको छ । कर्मचारीहरुले सँस्थामा तालाबन्दी गरि विराटनगर फर्किएपछि न्यून आन्दोलनरत कर्मचारी रहेको मौका छोपी प्रहरीको सहयोगमा व्यवस्थापन पक्षले ताल्चा फोडेको आन्दोलनरत कर्मचारीहरुको भनाई छ ।

यता कर्मचारीहरु देशैभरिका प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा तालाबन्दी गरि रहँदा केन्द्रिय कार्यालयमा लगाइएको ताला अपरिचित व्यक्तिले फोडेको भनेर व्यवस्थापन पक्षले गैरजिम्मेवारपूणर् जवाफ दिइरहेको कर्मचारीहरुको भनाई छ । सँस्थाको रवैयालाई मध्यनजर गर्दै कर्मचारीहरु थप सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । सँस्थाले कर्मचारीमाथि दमन गर्ने कार्य सहय नहुने बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका अध्यक्ष रामप्रसाद ढुँगानाले जानकारी दिए । संगठनले विभिन्न १५ बुंदे माग राख्दै आन्दोलन गर्दै आएको छ ।

वार्ता मार्फत समस्या समाधान नभएसम्म सामान्य तरिकाले आन्दोलन गर्दै आएकोमा सँस्थाको केन्द्रिय कार्यालयले संगठनलाई धाक धम्की दिई आन्दोलन बिथोल्ने तथा संगठनको सहनशीलताको परकाष्ठा पार गर्न वाध्य बनाएको अध्यक्ष ढुँगानाको भनाई । सँस्थाले कर्मचारीहरुलाई दमन गर्ने, लिखित सम्झौताहरु कार्यन्वयन नगर्ने, कर्मचारीहरुलाई नोकर जस्तो व्यवहार गर्ने र सँस्थाको व्यवसायिक लक्ष्य तथा कर्मचारीहरुको भविष्य सुनिश्चित हुने कुरामा बाधा पुर्‍याउन उच्च व्यवस्थापन तत्पर देखिएकोले संगठनको पूर्व घोषित कार्यक्रम अन्तर्गत देशैभरिका शाखा कार्यालयहरुमा तालाबन्दी गरिएको संगठनका महासचिव मुकेश कुमार यादवले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि