Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मन्त्री यादवको पहल पश्चात दक्षिणकालीले पठायो ललितपुरमा पानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १९, २०८१
मन्त्री यादवको पहल पश्चात दक्षिणकालीले पठायो ललितपुरमा पानी

काठमाडौँ, १९ असोज । खानेपानी मन्त्री प्रदीप यादवको विशेष आग्रहपछि दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको मुहानबाट ललितपुरका नागरिकहरूको लागि पानी आपूर्ति गरेको छ । मन्त्री यादवले शनिवार दक्षिणकालीका जनप्रतिनिधि र स्थानीय नागरिकहरूसँगको बैठकमा ललितपुरमा खानेपानी अभावलाई मध्यनजर गर्दै पानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका थिए । यसपछि दक्षिणकाली नगरपालिकाले आफ्नो कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भैँसेपाटी ट्याङ्कीमा पानी पठाएको हो ।

केयुकेएल भैँसेपाटीका कार्यकारी निर्देशक अशोक पौडेलले मन्त्री यादवको दिनभरको प्रयासपछि भैँसेपाटी ट्याङ्कीमा पानी झर्न थालेको र अब चाँडै ललितपुरका बासिन्दालाई पानी वितरण सुरु गरिने जानकारी दिए । उनले यस पहलले दसैँको समयमा ललितपुरमा खानेपानीको सङ्कटलाई केही हदसम्म कम गर्ने विश्वास व्यक्त गरेका थिए । खानेपानी मन्त्रालयकी सचिव प्रमिल देवी शाक्य बज्राचार्यले दक्षिणकाली नगरपालिकाले तत्काल दसैँसम्मका लागि पानी आपूर्ति गर्ने बताउँदै दसैँपछि ललितपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, र केयुकेएलबीच बैठक बसेर दीर्घकालीन समाधानका लागि आवश्यक लागत अनुमान तयार पारिने र आवश्यक कार्यहरू अघि बढाइने जानकारी दिए । पानी आपूर्तिको दीर्घकालीन व्यवस्थापनको लागि सम्झौता पत्र तयार गरी हस्ताक्षर गरिने उनले बताए ।

मन्त्री यादवले दक्षिणकालीमा स्थलगत निरीक्षण गर्दै बाढी पहिरोका कारण उत्पन्न समस्याहरूको बारेमा चासो व्यक्त गरेका थिए । उनले दक्षिणकालीका जनप्रतिनिधिहरूसँगको संवादमा दक्षिणकालीका बाढी प्रभावित नागरिकहरूको समस्या आफूले राज्यको प्रतिनिधिका रूपमा गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका थिए । खानेपानीका संरचनाहरूमा बाढी पहिरोले पुर्‍याएको क्षतिको मर्मत र पुनर्निर्माणका लागि उनले मातहतका निकायहरूलाई तत्कालै काम सुरु गर्न निर्देशन दिइसकेको जानकारी गराउँदै बाढीले प्रभावित स्रोतहरूको मर्मत कार्य चाँडै नै सम्पन्न हुनेमा विश्वास दिलाए ।

मन्त्री यादवले बाढी र पहिरोले पुर्‍याएको क्षति र समस्याहरू समाधान गर्न स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए । उनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गरी स्थानीय जनताका लागि खानेपानी समस्या समाधानमा ध्यान दिने उल्लेख गरे । साथै, स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि योजना तयार गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री यादव शनिवार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनः स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी पनि लिएका थिए । सोही क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गरेका थिए ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यादवले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड-जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग पनि छलफल पनि गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि