कलैया (बारा), १८ असोज । चाडबाडको मुखमा बाराको मटिअर्वा सिमानाकाबाट अवैध रुपमा तस्करी मौलाएको छ । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी मौलाएको हो । सशस्त्र प्रहरीको खुटामुनी क्याम्पकै आडबाट तस्करी हुँदा पनि सरोकारवाला निकाय मौन छन् । स्थानियका अनुसार मटिअर्वामा डिएसपीको कमाण्डमा प्रस्तावित सीमा सुरक्षा गुल्म समेत छ । तर, गुल्मका डिएसपी बिदुर भट्टराईले तस्करीको रुट खुलाएका छन् ।
‘यो नाकाबाट दैनिक करोडौं करोडका कपडा, कबाड, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, काजु, किसमिस, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु तस्करी हुन्छन । तस्करहरुले टेम्पु, ठेला, साइकल तथा मोटरसाइकल प्रयोग गरी झोला, बोरा र ब्यागमा तथा टाउकामै बोकेर पनि खुलमखुल्ला तस्करी गरिरहेको सीमाक्षेत्र आसपासका स्थानीयहरु बताउँछन् । ती कुनै पनि राजश्व र भंसारको दायरामा आउँदैनन्,’ एक स्थानियले वीरगंज एक्सप्रेससँग भने,‘जिल्लास्थित सशस्त्रको प्रमुखले यो तस्करीको लाइन खोलेका हुन् ।
’स्रोतका अनुसार धर्मनगर निवासी बिरेन्द्रका समुहले १० वटा मोटरसाईकलमा किराना समान तस्करी गर्न लाईन पाएका छन । यस्तै, सुरेन्द्र कलवारको समुहले पियाज, चिनी र काजु कपडाको तस्करी गरिरहेका छन । सुरेन्द्र कलवारले कलैयामा एभरेष्ट होटेल पछाडी गोदाम राखेर जम्मा गरि गाडीमा हालेर पिलुवाको बाटो भएर देशको विभिन्न शहरमा पठाउने गरेका छ्न । त्यस्तै, नेशाको ४ वटा समुहले तीन वटा अटोमा अवैध रुपमा कपडा तस्करी गरिरहेका छन् ।
मटिअर्वा नाकाबाट कबाडको लाईन
मटिअर्वा सिमानाकाबाट कबाड तस्करीको ठूलो लाईन चलिरहेको समाचार प्राप्त भएको छ । कबाड तस्करका समुहका ब्यक्तिहरुले नेपाल भरीको विभिन्न ठाउबाट पुरानो टायर र विभिन्न किसिमका कबाड खरिद गरेर ट्रकमा लोड गरि परवानिपुर र वीरगंजको गोदाममा ल्याएर राख्ने गरेका छन । कबाड जम्मा गर्न परवानिपुर र वीरगंजमा ठुलो गोदामनै भाडामा लिएका छन । उनीहरुले परवानिपुर, वीरगंज र वाराको मटिअर्वामा विभिन्न नामबाट फर्म दर्ता गर्न गराएका छन । नेपालको विभिन्न ठाउबाट खरिद गरेका कबाड पहिला परवानिपुर या वीरगंजको गोदाममा ल्याएर राख्ने जम्मा गर्ने र कटिन गरेर राख्ने गरेका छन ।
मटिअर्वामा एजाज प्लाष्टिक स्क्रेप कटिङ उधोग नामक फर्म सहित त्यही गाउँमा २/३ वटा फर्म दर्ता गराइ ती फर्मको नाममा परवनिपुर र वीरगंजको गोदामबाट १ नम्बर बिल बनाई ट्रक या पिकअपको माध्यमले सिमासंग जोडिएको मटिअर्वा गाउँको गोदाम फर्मको स्थान सम्म सजिलो सङ कबाड ल्याएर झार्ने जम्मा गर्ने गरेका छन ।
त्यसपछी लाईन क्लियर गरि ठेलामा राखी भारततर्फ कटाउने गरेका छन । मटिअर्वा नाकाबाट रातिको समयमा कबाड तस्करीसंगै बहुमूल्य धातुका सामान, लागु औषध गाजा, जनावरको हड्डी, छाला, स्टीलका सामान सहित विस्फोटक पदार्थको समेत तस्करी हुने गरेको छ । सिग्नल पाएलगत्तै तस्करहरुले ठेलाका ठेला कबाडसंगै बहुमूल्य सामानहरु भारत तर्फ तस्करी गर्ने गरेका छन् । नेपाल भारत सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरीले रातिको समयमा हरियो सिग्नल दिए लगत्तै तैनाथ अवस्थामा रहेको तस्करीको सामान बोकेको ठेलाका ठेला सीमा कटाउने कार्य हुँदै आएको छ । सशस्त्र प्रहरीको सेटिङ्गमा दैनिक लाखौं करोडौं मूल्य बराबरको कबाडी तथा बहुमुल्य सामान भारततर्फ तस्करी हुने गरेको छ ।
पुरानो टायर र कबाडीको नाममा कबाडसंगै ठुलो मात्रामा जनावरको हड्डी, जनावरको छाला, कालो बारुद्ध, तामा, पित्तल, किट, एक्सरे, औषधीको रेपर, स्टील ३१६, ३०४, ह्वाईट क्रिटल, रंगीन क्रिस्टल, रिलायन्स पाइप, पञ्जा, सिरिन्च, केबल, ए.बि.एस., ह्वाईट एच.पि., रंगीन एच.पि., लाइलन, कार बम्फर, रेडबुल केन, स्टील पिसि, ग्लुकोज लाइन, सि.पाइप, कसकुट पिस्टन, जिंक, जिंक एस, फ्लक्स सेतो, फ्लक्स कालो, डस्ट सेतो, डस्ट कालो, टायर, ब्याट्री, ब्याट्रीको धुलो, साबुनको माटो लगायतका बहुमूल्य सामानहरु भारत तर्फ निर्यात हुने गरेको छ ।
कबाडी तस्करहरुले दैनिक सय देखि डेढ सय ठेला कबाड र कबाडीको नाममा कबाड सहित बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् । कबाड र कबाडसंगै नेपाली बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन्, र सो कार्यमा सशस्त्र प्रहरीनै सहयोगी बन्दै आएको छ । एउटा ठेलावालाहरुले १ टन सामान बोकेर भारततर्फ पुरयाउने गरेका छन् । कबाडी ठेलामा राखेर केयरिङ्ग गर्ने मटिअर्वा र नजदिक भारतिय गाउँका स्थानीय ब्यक्तिहरु छन । उनिहरु केयरिङ्ग गरे बापत प्रती केजि १ रुपैयाको हिसाबले लिएर सिमानाकामा केयरिङ्ग गर्ने गरेका छन ।
नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान मटिअर्वा नाका हुँदै भारत पुरयाउने जिम्मा पाएका छन् । तस्करहरुले सशस्त्र प्रहरीका स्थानीय प्रहरी युनिट प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका इन्चार्ज डिएसपी बिदुर भट्टराई देखि १२ नम्बर गण बाराका एसपी सन्तोषबहादुर सिंहसम्म सेटिङ्ग गरेर हरियो सिग्नल पाएसँगै तस्करीको काम धमाधम गरिरहेको स्थानीय स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् !