Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बरियारपुरस्थित विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको रौनक शुरु, भव्य शोभायात्रा निकालियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १७, २०८१
बरियारपुरस्थित विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको रौनक शुरु, भव्य शोभायात्रा निकालियो

कलैया (बारा), १७ असोज । विश्व प्रसिद्ध पञ्च वर्षीय गढीमाई मेलाको बिहीबार भव्य शोभायात्रा निकालिएको छ । बारा जिल्लाको बरियारपुर स्थित गढीमाई मन्दिर परिसरबाट निकालिएको शोभायात्रा जिल्लाको विभिन्न ठाउँको परिक्रमा गरि पुनः गढीमाई मन्दिर परिसरमै पुगेर समापन भएको थियो । प्रचारप्रसार एवं भव्य रुपमा मेला सम्पन्न गराउने उद्देश्यले वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर भव्य शोभायात्रा निकालिएको हो ।

बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा अवस्थित गढीमाई मन्दिरबाट निकालिएको शोभा यात्रा बरियारपुर, ईनर्वा, बसतपुर हुँदै नेपाल-भारत सीमा नजिक रहेको मटिअर्वा विश्रामपुर, कलैया भरत चोक, गंजभवानीपुर-दहियार हुँदै गढीमाई मन्दिरमा पुगेर समापन भएको मेला संचालन तथा मूल व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष हुने गढीमाई मेलालाई लिएर बाराबासीमा उत्साह थपिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बताए । उनले मधेशको सांस्कृति झल्कने बाजागाजा र विभिन्न देवीदेवताहरुको आकर्षक झाँकीसहित शोभा यात्रा निकालिएको जानकारी दिए ।

प्रत्येक ५ वर्षमा १ पटक र १ महिनासम्म लाग्ने शक्तिपीठ गढीमाई मेलाका तयारी समेत सुरु भइसेकेको छ । मेला आगामी मंसिर १ गतेबाट सुरु हुने भएपनि अन्य वर्षको तुलनामा यसवर्ष घटस्थापनादेखि नै मन्दिरमा भक्तजनहरुको भीड रहेको छ । गढीमाई मेला खासगरि मधेश प्रदेशका जनताको लागि आध्यात्मक रुपले मात्र नभई भावनात्मक रुपले निकै महत्वपूणर् रहेको छ । मेलालाई सफल र भव्य बनाउन जिम्मेवार निकाय आ-आफ्नो ठाउँबाट कार्य गरिरहेका छन् भने बाराका जनताहरुले समेत शोभा यात्राको माध्यमबाट सम्पूणर् नेपालीहरुलाई मेलाको अवलोकन र गढीमाताको दर्शनका गर्न लागि आहवान गरेका छन् ।

गढीमाई मेला विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलाहरूमध्ये एक मानिन्छ, विशेष गरी बलिको परम्पराका कारण यो मेला हरेक पाँच वर्षमा आयोजित हुन्छ, र यो नेपाल तथा भारतका श्रद्धालुहरूको एक प्रमुख धार्मिक गन्तव्य बनेको छ । गढीमाई मेलाको इतिहास दुई शताब्दी भन्दा बढी पुरानो छ, र यसमा लाखौं पशुहरू देवीको प्रसन्नताका लागि बलि चढाइन्छ ।

गढिमाईको इतिहास, पुजा र मेलाको महत्व
गढीमाई मन्दिर बारा जिल्लाको बरियारपुर, महागढीमाई नगरपालिकामा अवस्थित छ । यो मन्दिर ऐतिहासिक र सांस्कृतिक रूपमा निकै महत्वपूणर् छ । विशेष गरी गढीमाई मेलामा विश्वको सबैभन्दा ठूलो पशु बलि दिने स्थान पनि हो । मन्दिरको उत्पत्ति लगभग ३०० वर्ष पहिले भएको पाइन्छ । मन्दिरका संस्थापक भगवान चौधरीको जीवनसँग आधारित छ ।

किम्बदन्ती अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारुले एक सपना देखे, जसमा देवी गढीमाईले उनलाई जेलबाट मुक्त गर्न, उनलाई दुष्टबाट बचाउन र उनलाई समृद्धि र शक्ति दिने बदलामा बलिदानको रूपमा रगत मागे । सुरुमा देवीले मानव बलिदान मागे तर चौधरीले सफलतापूर्वक पशु बलिदान गरे, यसरी एक परम्पराको स्थापित गरे जुन प्रत्येक पाँच वर्षमा अहिले पनि उक्त परमपरा जारी छ । दक्षिण एशियाका सबैभन्दा पूजनीय र महत्वपूणर् धार्मिक स्थलहरू मध्ये एक हो गढीमाई मन्दिर । जुन देवी गढीमाईको पूजाका लागि समर्पित छ । मन्दिरको उत्पत्ति पुस्ताहरूमा हस्तान्तरित गहिरो किम्वदन्तीमा नीहित छ, जसले देवी र स्थानीय समुदायबीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

गढीमाई मन्दिर सँस्थापक भगवान चौधरीको इतिहास
धेरै वर्ष पहिले, बरियारपुर गाउँका एक सम्मानित जमिनदार भगवान चौधरी दुर्भाग्यपूणर् परिस्थितिमा जेल परेका थिए । गाउँलेहरूले एक चोरलाई पक्राउ गरी कुटेर मारेपछि उच्च नैतिकताका व्यक्ति चौधरीले आफ्नो समुदायलाई बचाउन घटनाको जिम्मेवारी लिए । त्यसपछि उनलाई ऐतिहासिक मकवानपुर किल्लामा थुनामा राखिएको थियो । जेलमा रहँदा, भगवान चौधरीले देवी कालीको ध्यान र प्रार्थनामा आफूलाई समर्पण गरे । परम्परा अनुसार, एक रात देवी उनको सपनामा देखा परे र उनलाई आफ्नो सम्मानमा मन्दिर बनाउन निर्देशन दिए । उठ्दा चौधरीले चमत्कारी रूपमा जेलका ढोका खुलेको र आफू मुक्त भएको पाए । उनले यसलाई देवीको आशिर्वादको रूपमा माने र निर्देशन अनुसार मन्दिर बनाउने प्रतिज्ञा गरे ।

चौधरी गाउँ फर्किए, उनले आफ्नो सपनामा देवी देखा परेको ठाउँबाट पवित्र माटो बोके । बाटोमा, माटो उनले विश्राम गरेका केही ठाउँहरूमा खस्यो । समय बित्दै जाँदा, मकवानपुर गढी र जीतपुर गढी सहित यी स्थानहरू पवित्र स्थलहरु बने जहाँ मानिसहरूले देवी गढीमाईको पूजा गर्न थाले । बरियारपुर फर्किएपछि, भगवान चौधरीले मन्दिर निर्माण गर्न उपयुक्त स्थान खोजे । उनले दुखा कछडियाका सन्तान, एक सम्मानित स्थानीय व्यक्तिको सल्लाह लिए । देवीको सम्मानमा एक अनुष्ठान गरे, गाउँलेले आफ्नो शरिरका पाँच भागबाट रगत बगाए र भनिएको छ कि रगतले पृथ्वीलाई उज्यालो पारेको थियो, जसले देवीले मन्दिरको लागि स्थान स्वीकार गरेको संकेत गर्दछ ।

यो अनुष्ठान पछि, भगवान चौधरीले गढीमाई मन्दिर स्थापना गरे र देवीको सम्मान गर्न र उनको आशिर्वादको लागि धन्यवाद दिन पशु बलि दिने परम्परा सुरु भयो । सुरुमा, पाँच जीवित प्राणीहरु ः एक एकवटा ‘जङ्गली मुसा, स्थानीय कुखुरा, बंगुर, बोका र भैंसी’ प्रतीकात्मक श्रद्धाको रूपमा चढाइएको थियो । यो परम्परा शताब्दीदेखि निरन्तर चलिआएको छ र प्रत्येक पाँच वर्षमा भव्य गढीमाई मेलाको समयमा मनाइन्छ, जसले नेपाल र भारत तथा विश्वभरबाट लाखौं लाख भक्तहरूलाई आकर्षित गरेका छन् ।

गढीमाई मन्दिर गहिरो आध्यात्मिक महत्वको स्थानको रूपमा रहेको छ, जहाँ भक्तहरू देवीको आशिर्वाद खोज्न, प्रतिज्ञा पूरा गर्न र पुरातन परम्पराहरूको सम्मान गर्न आउँछन् । शताब्दीहरूमा, यो एक सांस्कृतिक र धार्मिक स्थल बनेको छ, जसले अनगिन्ती उपासकहरूको विश्वास र भक्तिलाई प्रतिनिधित्व गर्दछ । गाढीमाई मन्दिरको आफ्नो इतिहास भरी आशा, विश्वास र भक्तिभावको अटल शक्तिको प्रतीक बन्न जारी राखेको छ । यो केवल धार्मिक सम्पदाको प्रतीक मात्र होइन, मनन् र परिवर्तनको लागि पनि एक स्थल हो ।

गढीमाईमा पाँच वर्षे बलि
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् । ‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर बलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् । ‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए । हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

बलि रोक्न सक्रिय अभियन्ताहरु
गढीमाईलाई दिइने बली रोक्न मेलाको समयमा अभियन्ताहरु सक्रिय हुने गरेका छन् । सामाजिक अभियन्ताको खोल ओढेर विदेशी डलर खानेहरु गढीमाईलाई चढाइने बली रोक्न भनेर विभिन्न अभियान नै संचालन गर्ने गरेका छन् तर हालसम्म त्यसको कुनै असर परेको छैन । कहिलेपनि देखा नपर्ने अभियन्ताहरु मेला लाग्ने अवधिको एक महिना अगाडिदेखि त्यस क्षेत्रमा बलिप्रथा विरुद्ध प्रचारवाजी गर्ने गरेका छन् । यो कार्य उनीहरुको अहिलेदेखिको होइन, वर्षौदेखिको हो । मन्दिरका मूल पुजारी मंगल चौधरी भन्छन्, ‘हामीले कसैलाई बलि लिएर आऊ भनेका होइनौं, आस्थाले ल्याउने गर्छन् । राँगा, बोका, सुँगुर, मुसा, हाँस, कुखुरा र परेवाको बलि दिने गरिन्छ ।’ बलि रोक्न केही अभियन्ताहरू वर्षौंदेखि कार्य गरिरहेका छन् । उनीहरूले सो क्षेत्रमा पर्चा र पम्प्लेटहरू ठाउँठाउँमा वितरण गर्ने गरेका छन् तर यसको प्रभाव कहिलेपनि नपरेको स्थानीयहरुको भनाई छ ।

प्यागोडा शैलीको मन्दिर
प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरभित्रको देवी मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । नेपालको अन्य मन्दिरको हिसाबले धेरै ठूलो नभए पनि आकर्षक रहेको त्यहाँ गएपछि जोकोहीले अनुभव गर्न सक्ने स्थानीयहरुको भनाई छ । मेला अवधिभर भारतका विभिन्न राज्य तथा नेपालका गरी करोडौंको संख्यामा पर्यटक एवं भक्तजन उपस्थित हुनु र पूजाअन्तर्गत विशेष दीप प्रज्ज्वलित हुनु तथा लाखौंको संख्यामा बलि दिइएको पशु रगतमा झिँगा नलाग्नु गढीमाई मेलाको थप विशेषता हो ।

सदरमुकाम कलैयाबाट ७ किलोमिटर पूर्व महागढीमाई नगरपालिका- १ बरियारपुरमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न यातायात सुविधा प्रसस्त छन् । राजधानी काठमाडौंबाट कलैयासम्म दैनिक दिवा तथा रात्री बस सेवा, टाटा सुमो सेवा सञ्चालनमा रहेका छन् । हवाई मार्गबाट सिमरा पुगी वीरगंज हुँदै यहाँ सजिलै पुग्न सकिन्छ । भारतीय पर्यटकहरू रक्सौल हुँदै वीरगंजबाट पनि त्यहाँ पुग्ने गर्छन् । त्यसको साथसाथै मधेश प्रदेशका जिल्लाहरुमा रहेको नेपाल भारत खुल्ला सिमानाको कारण पनि भारतीय भक्तजनहरुको व्यापक घुइँचो हुने गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि