Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाली हस्तकलाको विशाल प्रदर्शनी ‘हिमालयन इन्टरनेशनल एक्सपो’ को आयोजना हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८१
नेपाली हस्तकलाको विशाल प्रदर्शनी ‘हिमालयन इन्टरनेशनल एक्सपो’ को आयोजना हुने

काठमाडौं, १५ असोज । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो हुने भएको छ । घटस्थापनाका दिनबाट शुरु हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश गरिनेछ । काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृत्तिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् ।

यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए । उनले भने ‘नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो ।’ प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ । एक्सपोमा सय भन्दा बढी स्टलहरु रहनेछन् ।

नेपाल हस्तकलाको प्रवद्र्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्‍याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ । यो एक्सपो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४ देखि ६ सम्म लस एन्जलसमा आयोजना हुँदैछ । यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ ।

बिटुबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । विश्वका विभिन्न मुलुकबाट क्रेताहरू पनि व्यापार कक्षमा आउने गर्छन् । हिमालयन एक्स्पोको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी विश्वबजारमा चिनाउनु नै हो । एक्स्पोको उद्देश्य हस्तकलासँग सरोकार राख्नेका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि