Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रवि जोगाउन रास्वपालाई नै हम्मेहम्मे, पक्राउ पर्ने त्रासका कारण सबै शक्ति एकत्रित !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८१
रवि जोगाउन रास्वपालाई नै हम्मेहम्मे, पक्राउ पर्ने त्रासका कारण सबै शक्ति एकत्रित !

काठमाडौं, १४ असोज । सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विषेश समितिले गोरखा मिडिया प्रालिका तत्कालीन संचालकहरु जिबी राई, छविलाल जोशी र रवि लामिछानेलाई कारवाही गर्न सिपफारिस गरेको थियो । तर ती पात्रहरुमाथि कारवाही चलाउन सरकार सफल भइसकेको  छैन ।

छानविन समितिकै प्रतिवेदनका आधारमा संचालकहरुमध्ये पूर्व डीआइजीसमेत रहेका छविलाल जोशी भने प्रहरी नियन्त्रणमा छन् । यद्यपि फरार रहेका जिबी खोजी सूचीमा रहँदा राजनीतिमै रहेका रवि भने पक्राउ परेका छैनन् । पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछाने जुनसुकै बेला पक्राउ पर्नसक्ने धेरैको बुझाइ छ । तरपनि रविले भने सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पुष्टि भइसकेको दावी गर्ने गरेका छन् ।

गत आइतबार छवि पक्राउ परेपछि रवि पनि तत्काल पक्राउ पर्नसक्ने आशंका थियो । जसले सिंगो रास्वपालाई नै तरङ्गित बनायो । बाग्मती प्रदेश कमिटीबाटै तत्काल पार्टी कार्यालयमा आउन उर्दी गरिएपछि रास्वपाका नेता तथा कार्यकताहरु चःमतीमा भेला भए । तर रवि भने पक्राउ परेनन् । यद्यपि पक्राउ परेका छविले रविलाई पोल्नसक्ने र जुनसुकै बेला रवि पनि अनुसन्धानमा तानिनसक्ने संभावना जिवितै छ ।

छानविन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट ६५ करोड रकम गोरखा मिडिया प्रालिमा आएको निश्कर्ष छ । उक्त रकम रविमार्फत पनि खर्च भएका कारण उनीमथि कारवाही हुनुपर्ने समितिको ठहर छ । जसलाई रविले पनि स्वीकारेका छन् । तर सहकारीबाटै रकम ल्याउनमा भने आफ्नो संलग्नता नरहेको रविको प्रष्टिकरण छ ।

रविको यस्तो प्रष्टिकरण आइरहँदा सत्ता पक्षका कतिपय नेताहरुले भने सहकारी ठगीको मुख्य डिजाइनर रवि नै भएको दावी गर्ने गरेका छन् । यसको तथ्य प्रहरी अनुसन्धानमा रहेका छविलाल जोशीले पनि खुलाइसकेको बताइन्छ । तर प्रतिवेदनले नै गैरकानूनी ढंगबाट आएको रकम खर्च गरेवापत मात्रै रविलाई कारवाही गर्न प्रष्टसाथ भनेको छ ।

सभापति जोगाउन सम्पूर्ण शक्ति केन्द्रीत
रवि पक्राउ पर्ने त्रासका कारण रास्वपाले सबै शक्ति एकत्रित गराएको छ । पक्राउको चर्चा लगत्तै रास्वपाले प्रतिवादका लागि कार्यकर्तालाई आइतबार पार्टी कार्यालयमा बोलाएको थियो । त्यसैरात सभापति रविले पार्टी पङ्ति र सरकारलाई प्रष्ट पार्न सार्वजनिक रुपमै सम्बोधन गरे । रास्वपा यतिमा मात्रै रोकिएन, उसले चीन भ्रमणमा गएको टोलीलाई पनि तत्काल स्वदेश फर्कन निर्देशन दियो ।

रास्वपाले थप धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना पनि गर्दैछ । केही क्षण आपतमा परेको रास्वपा तत्काल रवि पक्राउ नपर्नुले भने राहत महशुस गरिरहेको छ । त्यसका अलावा पक्राउको हल्ला र उठेका विषयवस्तुलाई पनि रवि स्वयमले विभिन्न माध्यमबाट प्रष्ट पार्न खोजेका छन् ।

यसले पनि रविमाथिको अनुसन्धान र पक्राउ हुनसक्ने संभावनालाई केही कम बनाइदिएको छ । सहकारीकै विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच संघर्ष चल्दा रवि पनि पुनः अनुसन्धानको खतरामा छन् । प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीका सवालमा पीडितहरुको निवेदनमाथि पुरक उजुरी लगेर रविमाथि थप अफ्ठ्यारो पार्ने योजना बुनेको देखिन्छ । तर यो योजना हालसम्म सफल भइसकेको छैन ।

पक्राउ गरि रविमाथि अनुसन्धान गर्ने सत्ता पक्षको दाउ र प्रतिरक्षामा रहेको रास्वपाबीच थप के कस्ता संघर्ष चल्छन्, त्यो भने भविष्यले नै देखाउने छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि