Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बक्यौता भुक्तानीपछि पाँच महिनादेखि बन्द रहेको नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३०, २०८१
बक्यौता भुक्तानीपछि पाँच महिनादेखि बन्द रहेको नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन

वीरगंज (पर्सा), ३० भदौ । विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सुचारु भएको छ । संचालनमा आएको ६ महिना नबित्दै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिनको सेवा बन्द भएको थियो । आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको थियो । सरकारी अस्पतालमा एमआरआई नहुँदा गरिब, विपन्न परिवारका बिरामी बाहिर निजी अस्पतालमा महँगो शुल्क दिई एमआरआई गराउन बाध्य बनेका छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआईका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकका अनुसार आपूर्तिकर्ता कम्पनीलाई बाँकी रहेको भुक्तानी दिएपछि दुई दिन अगाडिमात्रै एमआरआई मेसिनको सफ्टवेयर अपडेट भएको थियो । ‘आपूर्तिकर्ता कम्पनीले मेसिन खरिद गरी ल्याएबापतको ५ प्रतिशत कर सरकारलाई तिरेपछि हामीले पनि २० प्रतिशत बाँकी रहेको रकम भुक्तानी गरेका छौं,’ मेसु डा. हकले भने, ‘त्यसपछि कम्पनीले सफ्टवेयर अपडेट गर्‍यो । त्यसपछि शुक्रबार मेसिनको परीक्षण गरिएको थियो । आइतबारदेखि सेवा सुचारु गरिएको छ ।’ रेडियोलोजी विभागका अनुसार एमआरआई सामान्य अवस्थामा हुँदा दैनिक ८ देखि १० वटा बिरामीको एमआरआई हुने गरेको थियो । २० प्रतिशत रकम डलरको रेट बढेका कारण भुक्तानी गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको थियो । अपुग रकम मन्त्रालयसँग माग गरिएको थियो ।

गत असोज १३ मा नेपाल सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एमआरआई कक्षको उद्घाटन गरेका थिए । आन्तरिक परीक्षण र विशेषज्ञ टोलीहरुले विशेष तालिम लिएपछि एमआरआई मेसिन भित्रिएको ८ महिनापछि गत कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएको थियो । जडान हुनुअघि पनि ३० करोड लागतको एमआरआई मेसिन अस्पताल परिसरमा करिब साढे २ महिना खुला आकाशमुनि थन्किएको थियो । त्यसबेला मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यास अभावको कारण देखाउँदा मेसिन जडानमा ढिलाई गरेको थियो । जडान भएपछि पनि अस्पतालमा जेनेरेटरको अभाव र प्राविधिक कारणले मेसिन ६ महिनासम्म सञ्चालनमा आएको थिएन ।

नेपालकै उत्कृष्ट र अद्यावधिक मानिएको ७२ च्यानल, ३ टेस्ला एमआरआई मेसिनबाट अस्पतालमा सेवा सुरु भएको जनाइएको थियो । सरकारी अस्पतालमा यो सेवा सुरु भएपछि पर्सालगायत बारा, रौतहट, सर्लाहीका बिरामी अत्यन्त विशिष्ट मानिने इमेजिङ प्रविधि एमआरआईबाट लाभान्वित भएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि