Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई कार्यालयमै मस्त निद्रामा कर्मचारी, अध्यक्ष गुप्ताको लापरवाहीले पालिका अस्तव्यस्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८१
छिपहरमाई कार्यालयमै मस्त निद्रामा कर्मचारी, अध्यक्ष गुप्ताको लापरवाहीले पालिका अस्तव्यस्त

वीरगंज (पर्सा), २१ भदौ । पर्साको छिपहरमाई गाउँपालिका अहिले भद्रगोल अवस्थामा पुगेको छ । गाउँपालिका अध्यक्ष मनोज गुप्ताले आफ्नो अनुकुल काम गराउन खोजेपछि जहिलेपनि अधिकृत भाग्ने परिपाटीले गाउँपालिका कार्यालय अहिले भद्रगोल अवस्थामा पुगेको हो । जहिलेपनि अधिकृत विहीन रहेको गाउँपालिका कार्यालयका अन्य कर्मचारीहरु पालिकाको कामकाज भन्दा पनि सुतेर दिन विताउने गरेका छन् ।

तस्विरमा देखिएको व्यक्ति हुन् छिपहरमाई गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी बाली महतो । उनी गाउँपालिका अध्यक्ष मनोज गुप्ताका विश्वासिलो पात्र हुन् । पद कार्यालय सहयोगी भएपनि उनको रवाफ अधिकृत भन्दा कम छैन । उनको काम हो दर्ता चलानी गर्ने तर उनी पालिकामा कार्यरत अन्य कर्मचारीहरुलाई जहिलेपनि गाउँपालिका अध्यक्ष गुप्ताको धाकमा धर्काउने गरेका छन् ।

सायद यही कारणले उनी जे गरेपनि कोही बोल्ने, खोज्नेवाला छैन । उनी दिनहुँ कार्यालयमा आएर प्रशासन शाखामा डिउटीकै समयमा मस्त निन्द्रा सुत्छन् । उनको यो दैनिकी कार्य भइसकेको छ । गाउँपालिका अध्यक्ष गुप्ताको आशिर्वादले उनी कार्यालयमा ड्उिटी गर्दैनन्, आफ्नो कुर्सीमा बसेर सुत्छन्, कार्यालय समय वितेपछि घर फर्कन्छन् । यो त उदाहारण मात्रै हो, त्यहाँ कार्यरत अध्यक्षका विश्वासिलो पात्रदेखि अधिकाँश कर्मचारी कार्यालयमा समय विताउन मात्रै आउने गरेका छन् ।

अध्यक्ष गुप्ताको चरम लापरवाहीको कारण कार्यालय नै अस्तव्यस्त बनेको छ । पालिकाको विकास निर्माणको कामदेखि सबै काम ठप्प छ । कारण हो, जहिलेपनि प्रमुख प्रशासकीय अधिकृत त्यहाँबाट सरुवा गरेर जाने । जुनसुकै कार्यालय प्रमुख हाजिर भएपनि पालिका प्रमुख गुप्ताले आफ्नो अनुकुलको व्यक्तिहरुलाई बजेट दिन, भुक्तानी गर्न जबरजस्ती गर्ने गरेको कारण त्यहाँ ३ महिनापनि कार्यालय प्रमुख टिक्ने गरेका छैनन् ।

विकास निर्माणको ठेक्काहरु आफ्नो नातेतार, आसेपासेलाई जबरजस्ती दिन लगाउने, त्यसबाट कमिशन बुझ्ने, कमसल काम गराउने अथवा अधुरै निर्माण कार्य गराएर भुक्तानीको लागि प्रमुख प्रशासकीय अधिकृत देखि लेखा प्रमुखलाई दबाब दिने, भुक्तानी नगरे विवाद गर्ने, सरुवा गराउने जस्ता कामहरु गर्ने गरेको कारण छिपहरमाई गाउँपालिका जहिलेपनि अस्तव्यस्त नै रहने गरेको छ । गाउँपालिकाको विकास निर्माणको अधिकाँश काम उनकै बाबा, चाचा, भाई, भतिजहरुले गर्ने गरेका छन् ।

केही दिन अघि मात्रै छिपहरमाई गाउँपालिकामा जडान गरिएको सोलार बत्ती योजनामा करोडौं भ्रष्टाचार भएको पाइएपछि प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी रोकेर टेण्डर नै खारेज गरेका थिए । त्यही योजनाको रकम भुक्तानी गराउनका लागि आफ्नो अनुकूल प्रमुख प्रमुख प्रशासकीय अधिकृत ल्याएका पालिका अध्यक्ष गुप्ताले अर्को ८६ लाखको योजनाको भुक्तानी नगरेपछि उनलाई पनि सरुवा गराएका थिए । भुक्तानी नगरकै एकजना लेखा प्रमुखलाई कार्यालयभित्र झापड समेत हानेको घटनाहरु बहिरिएको थियो ।

अध्यक्ष गुप्ता दोश्रो पटक निर्वाचित भएपछि पालिकाको बजेट कसरी आफ्नो घरमा थुपार्ने कार्यमा केन्द्रित भए । विकास निर्माणको कार्यहरुको गोप्य टेण्डर आह्वान गर्ने, भित्रभित्रै योजनाहरु आफ्नो चाचा, भाई, भतिजहरुलाई दिएर कमशल काम गराई जबरजस्ती भुक्तानी गराउने उनकै बानी नै छ । यही कारणले गर्दा त्यस गाउँपालिकामा कुनैपनि प्रमुख प्रशासकीय अधिकृत जानै मान्दैनन् । पालिका प्रमुखले आफ्नो हैसियतभन्दा बढि दबदबा जमाउन खोजेपछि कुनैपनि कार्यालय प्रमुख त्यहाँ टिक्ने गरेका छैनन् जसको कारण त्यहाँ कार्यरत अन्य तल्लो तहको कर्मचारीहरु मोज गरि रहेका छन् ।

स्थानीय तहको दोश्रो निर्वाचनपछि निर्वाचित भएका अध्यक्ष गुप्ताले गर्ने गरेको काला कर्तुत, भ्रष्टाचारको पटक पटक उजागर हुँदै आएको छ तर उनी कारवाहीबाट उम्किने गरेका छन् । पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले छापामारी गरि उनको फर्जी काम भेटाएपनि उनीलाई कारवाही गर्न सकेको छैन । छिपहरमाई गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि