Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण हुन्छ : खानेपानी मन्त्री यादव 

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०८१
असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण हुन्छ : खानेपानी मन्त्री यादव 

काठमाडौँ, १८ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम संवत् २१०० सम्म सम्पूणर् नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउनु भएको छ । मङ्गलवार आयोजित राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) ले गर्नुभएको प्रश्नको उत्तर दिनुहुँदै मन्त्री यादवले नेपाल सरकारले विक्रम संवत् २१०० सम्म सम्पूणर् नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्यलाई हासिल गर्नका २४ वटा रणनीति तथा कार्यनीतिहरू तयार पारेको जानकारी गराउनु भएको हो ।

सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, ‘खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पुर्‍याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचिमा समावेश गरिएको छ । हालसम्मको प्रगति अनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३% जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१% जनतामा उच्च तथा मध्यम स्तरको खानेपानीमा पहुँच पुर्‍याइएको छ ।’ त्यसै गरी मन्त्री यादवले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनाहरूमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत कार्य सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ । साथै, मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।’

तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउनुहुँदै मन्त्री यादवले यसलाई थप विस्तार गरिँदै लगिने जानकारी गराउनुभयो । ‘अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,’ उहाँले भन्नुभयो । त्यसै गरी मन्त्रालयको दीर्घकालीन योजनाहरूको बारेमा जानकारी गराउनुहुँदै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा स्थानान्तरण गरी काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी वितरण गर्ने योजना रहेको बताउनुभयो । मेलम्चीका अतिरिक्त सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाबाट पनि ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गरिने योजनाको बारेमा पनि मन्त्री यादवले सभालाई जानकारी गराउनु भएको थियो । ‘त्यसतै, भक्तपुरको महादेव खोला, ठोस्ने खोला, सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको छ र यसपछि काठमाडौँ उपत्यकामा थप पानीको सुविधा उपलब्ध गराइनेछ,’ उहाँले भन्नुभयो ।

सरकारले पहाडी सुख्खाग्रस्त क्षेत्रहरूमा लिफ्टीङ आयोजना तथा तराई मधेसका जिल्लाहरूमा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो । खानेपानीका स्रोतहरूको संरक्षण, संवर्द्धन, र विकासमा जलवायु अनुकूलित आयोजना सञ्चालन र विकासमा सम्बन्धित सरोकारवालाहरूको सहभागिता अभिवृद्धि गर्दै जिम्मेवार बनाउने योजना पनि मन्त्रालयको प्राथमिकता रहेको उहाँको भनाई थियो । सरकारले सङ्घ, प्रदेश, र स्थानीय तहबिचको समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउनुहुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो । मन्त्री यादवले अर्थ मन्त्रालयका कर्मचारीहरूको ढिलासुस्तीका कारण काम गर्न कठिनाइ भइरहेको जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयका कर्मचारीहरूले सहयोग नगर्दा धेरै कामहरू अड्किएका छन् । अध्ययन गर्दै छु भनेर उहाँहरूले लामो समयसम्म फाइल अगाडि बढाउनु हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन विपरीत उहाँहरूले काममा ढिलासुस्ती गर्दा अन्य मन्त्रालयहरूले काम नगरेको जस्तो देखिन्छ ।’ उहाँले यस विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गरेको जानकारी गराउनुभयो ।

त्यस्तै मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयले सहयोग नगर्दा पनि अपेक्षित काम गर्न नसकिएको गुनासो गर्नुभयो । उहाँले इटालियन कम्पनी सिएमसीले मेलम्चीको काम अधुरै छोडेर भागेको र उल्टै नेपाल सरकारविरुद्ध सिङगापुरको अदालतमा मुद्दा दिएको जानकारी गराउनुहुँदै भन्नुभयो, ‘सिएमसीले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरूसँग भेटघाट गरी सिएमसीले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि