Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भन्सार स्थित सशस्त्र प्रहरी ४५ हजार लिएर ६ लाख बढिको सामान छाडेको घटना सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०८१
भन्सार स्थित सशस्त्र प्रहरी ४५ हजार लिएर ६ लाख बढिको सामान छाडेको घटना सार्वजनिक

वीरगंज (पर्सा), ७ भदौ । राजस्व चुहावट नियन्त्रणको लागि वीरगंज भन्सार स्थित खटेका सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुखको ‘कमर ओढेर घ्यू’ पिउने दोहोरो चरित्र उदाङ्गो भएको छ । भारतीय सीमावर्ती सहर रक्सौलबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणलाई चेकजाँचको नाममा दुःख दिने र तस्करहरुसँग पैसा लिएर लाखौंको सामान तस्करी गर्न छुट दिने उनको दोहोरो नियत सार्वजनिक भएको हो ।

सशस्त्र प्रहरी बल १३ नं. गण पर्सा मातहतमा रहेको प्रस्तावित वीरगंज भन्सार राजस्व चुहावट नियन्त्रण गुल्मका प्रमुखले ४५ हजार रुपैयाँ लिएर ६ लाख बढि पर्ने तापक्रम नाप्ने मेशिन छोडेको घटना बाहिरिएको हो । केही साता अघि भारतबाट करिब चार लाख भारतीय रुपैयाँ पर्ने तापक्रम नाप्ने मेशिन भन्सार छली भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको चेक प्वाइन्टमा समातेका थिए तर बिचौलिया मार्फत गुल्म प्रमुख सशस्त्र प्रहरी डि.एस.पी. सुरज रिजालले ४५ हजार रुपैयाँ बुझेर छाडेको पाइएको हो ।

वीरगंज-पथलैया औद्योगिक कोरिडोर अन्तर्गत एउटा कागज उद्योगमा मेशिनको तापक्रम नाप्नको लागि सो उपकरण भारतबाट भन्सार छलि गरि नेपाल भित्र्याइएको हो । जितपुरका जगरनाथ ठाकुरले सो मेशिन भित्र्याएका हुन् । भन्सारमा खटेका सशस्त्र प्रहरीले तस्करीलाई निकै कडाइ गरेको अवस्थामा नौटंकी गरेर भित्रभित्रै घुस बुझेर ठुलो रकमको सामानहरुलाई तस्करी गर्न छुट दिएको यस घटनाले पुष्टि गरेको छ ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भन्सारका डिएसपी रिजालले आफ्नो क्षेत्रमा मात्रै नभई अन्य अधिकारीको क्षेत्रमा पनि गएर तस्करीको सामान समात्ने गरेका थिए । भन्सारमा आउने वित्तिकै तस्करी नियन्त्रण गर्न ठूलो योगदान पुर्‍याएको भनेर नौटंकी देखाउने डिएसपी आफै रकम बुझेर सामान तस्करी गराउनुले उनको कार्यशैलीमाथि प्रश्न खडा गरेको छ ।

सशस्त्र प्रहरीका आई.जि.पि. राजु अर्यालको विश्वासिलो पात्र मानिने डिएसपी अहिले तस्करी गराउनतर्पm लागेको यो घटनाले पुष्टि गरेको छ । शुरु शुरुका कडाई गर्ने र केहीदिन पछि तस्करहरुसँग रकम असुलेर तस्करीको छुट दिने उनको दोहोरो नियत छर्लङ्ग देखिएको छ । दुई सातादेखि रातिको समयमा वीरगंज भन्सारको मुख्य नाका छेउबाट रातिको समयमा तस्करीको लाइन पनि खोलिएको पाइएको छ ।

राति १२ बजेपछि कपडा, हार्डवेयर, किराना, काजु लगायतका तस्करीका सामानहरु बलिरामपुर नाकाबाट इनर्वा, नगवा हुँदै वीरगंज बजारसम्म पुग्ने गरेको छ । दिनमा चेकजाँचको नाममा ठूलै कडाई गरेका डिएसपी ड्युटीमै रहेकै बेला रातिको समयमा तस्करीको सामान वीरगंज बजारसम्म भित्रिनुले उनले कमर ओढेर घ्यू पिउने काम गरेको पुष्टि हुन्छ ।

यस विषयमा वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख डिएसपी सुरज रिजालले यस घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । यत्रो दिनमा तस्करीको सामान छाडिएन, अहिले आएर केटाहरुले बद्मासी गरेको हो कि भन्ने सोधपुछ गरि रहेको बताए । उनले भने ‘यो एक डेढ महिना अगाडीको घटना हो, हाल आएर यस्तो कुरा आएको छ, यसमा कसले बद्मासी गरेको छ, पत्ता लगाई रहेका छौं’ तर आफूले घूस लिएर कुनै पनि सामान नछाडेको दाबी गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि