Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चाँड पर्वको बखत रक्सौलमा किनमेल गर्ने नेपालीहरुको भीड, वीरगंज बजार सुनसान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २, २०८१
चाँड पर्वको बखत रक्सौलमा किनमेल गर्ने नेपालीहरुको भीड, वीरगंज बजार सुनसान

जनैं पूर्णिमा अर्थात रक्षा बन्धनको बेला वीरगंज बजार सुनसान । तस्विर : जाकिर हुसेन

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २ भदौ । हिन्दुहरुको महान पर्व जनैं पूर्णिमा अर्थात रक्षा बन्धनको बखत वीरगंज बजार सुनसान देखिएको छ । भदौ महिना शुरु भएदेखि नै हिन्दुहरुको विभिन्न पर्व नजिकिन लाग्दा वीरगंज बजारमा चहल पहल बढ्नुपर्नेमा यहाँको व्यापारले बजार पाउन सकेको छैन । वीरगंज बजार अहिले सुनसान छ । केही वर्षदेखि लगातार व्यापार घटिरहेको अवस्थामा वीरगंजको व्यापारको रौनक यस वर्ष पनि फर्किदैन कि भन्नेतर्फ व्यापारीहरु चिन्तित देखिएका छन् ।

जनैं पूर्णिमा अर्थात रक्षा बन्धनको बेला वीरगंज बजार सुनसान । तस्विर : जाकिर हुसेन

चाँड पर्व नजिकिनुभन्दा एक महिना अगाडिदेखि नै भारतीय सीमावर्ती बजार रक्सौलमा किनमेल गर्नेहरुको भीडभाड बढ्न थालेपनि वीरगंजमा व्यापारीहरु ग्राहक कुर्दै बसेका छन् । नेपाली बजारभन्दा भारतीय सीमावर्ती बजारमा सस्तो सामान पाइने भएकाले चाडपर्वका बेला भारतीय बजारमा नै किनमेल गर्न जाने नेपालीहरुको घुइँचो लाग्ने गरेको छ । रक्सौलबाट दैनिक १० करोडभन्दा बढीका बिभिन्न सामान वीरगंज नाका भएर भित्रिने गरेको छ, चाँडपर्वको बखत अझ बढिको सामान भित्रिने गरेको छ ।

रक्सौलमा किनमेलन गर्न जाने ग्राहकमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनबाट जानेहरु समेत हुन्छन् । चाडपर्वमा लत्ताकपडा, खद्यान्न, विद्युतीय सामाग्रीहरु, जुत्ता चप्पल लगायतका सामान किन्न नेपालीहरु भारतीय बजार जाने गरेका छन् । नेपाली बजारभन्दा ३० प्रतिशत सस्तोमा पाउने भएकोले उनीहरु रक्सौल बजार जाने गरेका छन् । नेपालमा विभिन्न सामानमा लगाइएको आयात प्रतिबन्धको कारण वैधानिक भन्दा अवैधानिक रुटबाट करोडौंको सामान भारतबाट नेपाल आयात हुने गरेको छ ।

भदौं ३ गते यस वर्ष जनै पुर्णिमा अर्थात रक्षा बन्धन परेको छ । जनै पूर्णिमा अथवा रक्षा बन्धन नेपालका साथ–साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ । तराईमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ ।

जनैं पूर्णिमा अर्थात रक्षा बन्धनको बेला वीरगंज बजार सुनसान । तस्विर : जाकिर हुसेन

यस पर्वलाई पनि तराईमा धुमधामका साथ मनाइने गरिएको छ । बहिनेले भाईको लागि राखी किन्ने र भाईले बहिनीको लागि भेटी बापत लत्ता कपडा उपहार दिने चलन छ । यस पर्वमा पनि वीरगंजका व्यापार चलायमान हुन सकेको छैन । व्यवसायीले व्यापारको अवस्था यस्तै रहे घरभाडा लगायतका खर्च धान्न समेत गाह्रो हुने बताउँछन् ।

पहिलेदेखि नेपालमाभन्दा भारतमा सस्तो सामान पाइन्छ भन्ने मानसिकता उपभोक्तामा रहेकाले पनि रक्सौल रुचाइने वीरगंजका व्यवसायीहरुको भनाइ छ । किनेको मूल्यमा पनि सामान विक्री गर्न खोज्दा पनि सामान विक्री हुन नसकेको व्यापारीहरु बताउँछन् । दिन प्रतिदिन महंगी बढ्दै गएको अवस्थामा व्यापारले बजार पाउन नसकेको कारण लगानी पनि निकाल्न धौ धौ परेको उनीहरुको भनाई छ ।

यहाँका नागरिकहरु हरेक सामान किन्न सीमावर्ती भारतीय सहर रक्सौल धाउने गरेको कारण वीरगंजको व्यापार चौपट भएको अर्का व्यापारी ओजयर हुसेन बताउँछन् । कुनैपनि सामान किन्न सोझै रक्सौल जाने परिपाटीको कारण वीरगंजको व्यापार पूर्ण रुपमा चौपट भएको उनको भनाई छ । पहिलाको तुलनामा यहाँका व्यापारले २५ प्रतिशत बजार पाउन नसकेको उनीहरुको गुनासो छ । वीरगंज रक्सौल खुल्ला सिमाना भएको कारण वीरगंज लगायत आसपास क्षेत्रसँगै हेटौडा, नारायणगढसम्मका व्यक्तिहरु सामान किन्न रक्सौल पुग्ने गरेको कारण वीरगंजको व्यापार दिनप्रतिदिन चौपट हुँदै गएको उनीहरुको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि