Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल औषधी व्यवसायी संघ पर्साकाे नयाँ नेतृत्व चयनकाे विषयमा विवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २५, २०८१
नेपाल औषधी व्यवसायी संघ पर्साकाे नयाँ नेतृत्व चयनकाे विषयमा विवाद

वीरगंज (पर्सा), २५ साउन । नेपाल औषधि व्यवसायी संघ पर्साकाे नयाँ नेतृत्वकाे चयनकाे विषयमा विवाद भएकाे छ । एक महिना पहिला भएकाे अधिवेशनमा सहमति जुटन नसकेपनि अहिले आएर एकलाैटी रुपमा समिति घाेषणा गर्न लागिएकाे भन्दै संघकाे एक समुहले विराेध गरेकाे छ ।

गत असार ८ गते संघकाे दाेस्राे जिल्ला अधिवेशन वीरगंजस्थित नगर सभा गृहमा भएकाे थियाे । साेही अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएपनि सहमती जुटन नसकेपछि स्थगित भएकाे थियाे । नयाँ नेतृत्वकाे लागि दुईटा प्यानल नै बनाएर उम्मेदवारी दर्ता भएपनि निर्वाचन हुन सकेकाे थिएन । तर अहिले आएर एउटा प्यानललाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न थालिएपछि आफुहरु विराेधमा उत्रेकाे सह काेषाध्यक्षका उम्मेदवार समेत रहेका पन्नालाल प्रसाद कुर्मीले वताए ।

उनका अनुसार संघ पर्सा जिल्ला अध्यक्षका लागि मानव राज पाल, ताजुदिन अन्सारी, अजय कुमार यादवले उम्मेदवारी दर्ता गराएका थिए । त्यस मध्ये मानव राज पालकाे विराेधमा धाबी विराेधकाे उजरी परेपछि उनकाे उम्मेदवारी निर्वाचन समितिले खारेज गरेकाे थियाे भने दुई जनाकाे उम्मेदवारी कायम रहेकाे थियाे ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षकाे लागि पंकज कुमार साह वानिया, प्रमाेद कुमार सर्राफ, आयात/थाेक उपाध्यक्षकाे लागि राहुल खण्डेलवाल, त्रिभुवन कुमार गुप्ता, खुद्रा उपाध्यक्षकाे लागि श्रीराम पाण्डे, रामेश्वर प्रसाद, रामप्रबेश राय यादव, महासचिवकाे लागि महमद हफिज्जुल्लाह, रामविनाेद प्रसाद, काेषाध्यक्षकाे लागि रामबाबु साह, प्रमाेद कुमार चाैधरी, सचिवकाे लागि मनिष कुमार क्याल, रामबाबु प्रसाद कुर्मी, उप काेषाध्यक्षकाे लागि पन्नाला प्रसाद कुर्मी र प्रभु प्रसाद साेनारकाे उम्मेदवारी दर्ता भएकाे थियाे ।

यसैगरी एक जना थाेक सदस्यकाे लागि ३ जना, एक खुद्रा सदस्यकाे लागि दुई जना, ३ खुल्ला सदस्यकाे लागि ६ जनाले उम्मेदवारी दिएका थिए । तर अहिले आएर निर्वतमान अध्यक्ष समेत रहेका ताजुदिन अंसारी प्यानलाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न लागिएपछि आफुहरु विराेध गरेकाे निर्वतमान सचिव पंकज कुमार साहले वताए ।

उनले भने “निर्वाचन पक्रिया नै रद्द भइसकेपनि एक महिनापछि आएर विधान विपरित निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न लागिएकाे छ । जुन सरासर गलत र धाधली हाे ।” उनले उम्मेदवारी समेत नदिएकाे व्यक्तिहरुलाई संघकाे सदस्य निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न लागिएकाे वताए । प्रमाण पत्र वितरण गर्न लागिएकाे कार्यक्रम स्थल हाेटल वृदावन पुगेकाे साे समुहले नयाँ नेतृत्व चयनकाे लागि निर्वाचन हुनु पर्ने माग समेत गरेकाे छ ।

यस विषयमा बुझ्न निर्वतमान अध्यक्ष ताजुदिनकाे माेबाइलमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रज्वल अधिकारीले असार ८ गतेकाे निर्वाचन पक्रिया रद्द भएपनि पुन: प्रदेश समितिकाे निर्देशन अनुसार साउन १९ गते निर्विराेध समिति चयन भएकाे वताए । तर विराेध गरेकाे समुहले असार ८ गते पछिकाे निर्वाचन बारे आफुहरुलाई केही थाहा नभएकाे दाबी गरेकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि