Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा फुड पोइजनका विरामीहरुको संख्यामा वृद्धि, बजारमा अखाद्य सामाग्री छ्यापछ्याप्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८१
तराईमा बढ्दो गर्मीसँगै जनजीवन कष्टकर, अस्पतालमा विरामीको संख्यामा वृद्धि

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २४ साउन । पर्सामा फुड पोइजन (खाद्य जनित रोग) का विरामीहरुको संख्या बढ्दै गएको छ । देशभरी डेंगु तथा हैजाको संक्रमण बढि रहेको अवस्थामा पर्सा जिल्लामा भने फुड पोइजनिङका विरामीहरु देखिन थालेका हुन् ।

अत्याधिक गर्मीका कारण खानाहरु क्षयीकरण हुने हुँदा फुड पोइजनका समस्याहरु देखापर्न थालेको नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार अहिले वीरगंजका अस्पतालहरुमा दैनिक १० देखि १५ जना फुड पोइजनिङका विरामीहरु उपचारका लागि आउने गरेको बताए । ति मध्ये धेरै जसोमा कडा खालको फुड पोइजनको समस्या देखिएको उनको भनाई छ ।

उनीहरुमा उच्च ज्वरो आउने र चाँडो निको नहुने, पेट दुख्ने, वान्ता आउने, पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु देखा परि रहेको बताए । उनले भने ‘गर्मीसँगै फुड पोइजनको समस्या पनि आउने गर्छ, फोहोर पिउने पानी, संक्रमित खानेकुराहरुको सेवनले मानिसहरुमा फुड पोइजन हुने गर्दछ ।’ यसबाट जोगिन ताजा खानेकुरा खाने, सफा पानी धेरै पिउने, सरसफाईलाई विशेष ध्यान दिनुपर्ने बताए ।

तराईमा गर्मी बढेसँगै बजारमा आखाद्य सामाग्रीहरुको विक्री वितरणमा वृद्धि भएपछि फुड पोइजनका विरामीको संख्यामा वृद्धि भएको उनको भनाई छ । उनले भने ‘वर्तमान अवस्थामा बजारमा विक्री हुने कुनैपनि खाद्यान्न सामाग्री खानयुक्त छैन, हरेक कुरामा मिसावट छ, यसतर्फ हामी ध्यान दिएर मात्रै खाद्यान्न सामाग्री खानुपर्छ ।’ ‘हाम्रो घरसम्म आउने खाद्यान्न सामाग्रीमा पनि मिसावट छ, तर हामी सचेत भएर खान्छौं, बजार एवं होटलमा पाइने खाद्यान्न सामाग्रीहरु कस्तो अवस्थामा थियो, हामीलाई थाहा समेत हुँदैन सोझै खान्छौं, जसबाट हामी फुड पोइजनको शिकार हुने गरेका छौं । संक्रमणमा पर्ने गरेका छौं’ उनले भने ।

अनुगमन पातलिएपछ बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन खाद्य सामाग्री
जिल्ला प्रशासन कार्यालय पर्साको मातहतमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालयहरुको संयुक्त टोलीले बेला बखत गर्ने गरेको अनुगमत पातलिएपछि वीरगंज बजारमा छ्यापछ्याप्ती विक्री हुन थालेको छ । अहिले किराना पसलहरुमा म्याद गुज्रिएको खाद्यान्न सामाग्रीहरु छ्यापछ्याप्ती विक्री भइरहेको छ ।

सर्वसाधारणहरुले सामान किन्न जाँदा उत्पादन मिति र म्याद सकिने मिति चेकजाँच नगर्ने गरेको र कतिपय सामानको उत्पादन र सकिने मिति नै मेटाएर विक्री गर्ने गरेको कारण पनि पसलहरुमा छ्यापछ्याप्ती अखाद्य वस्तुहरु विक्री भइरहेको पाइएको हो । चाँड पर्वलाई लक्षित गरेर मात्रै यि निकायहरु अनुगमन गर्ने गरेको कारण पनि किराना पसलका व्यापारीहरु खुलेयाम म्याद गुज्रिएको सामानहरु विक्री गर्ने गरेका छन् ।

खास गरेर भारतीय सीमावर्ती सहर रक्सौलबाट ल्याइने खाद्यान्न सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा रहेका हुन्छन् । किराना पसल संचालकहरुले कम मूल्यमा सामान ल्याएर दोब्बर मूल्यमा विक्री गर्न पल्केका कारण पनि सर्वसाधारण आखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती देखिएको हो । खास गरेर भारतीय सीमावर्ती सहरबाट तस्करी गरि ल्याइने पेय पदार्थ लगायतका खाद्यान्न सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा ल्याउने गरेको बताइएको छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले बेलाबखत अनुगमन गर्ने गरेको तर अहिले अनुगमन पातलिएकोले व्यापारीहरुले लापरवाही गरेको हुन सक्ने बताए । त्यस्तो कुनैपनि पसलले म्याद गुज्रिएको खाद्यान्न सामाग्री विक्री वितरण गरि रहेको जानकारी पाए लगत्तै जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरे । अनुगमन गर्ने बेलामा अखाद्य वस्तु लुकाएर राख्ने र अन्य बेला विक्री गर्ने गरेको परिपाटीले पनि किराना पसलका संचालकहरुको मनोबल बढेको तर त्यस्तो भेटिए कडा कारवाही गरिने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि