Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सेनाको कब्जामा बंगलादेश, हसिना भारत पलायन, गर्न पाइनन् जनताका नाममा सम्बोधन !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २२, २०८१
सेनाको कब्जामा बंगलादेश, हसिना भारत पलायन, गर्न पाइनन् जनताका नाममा सम्बोधन !

काठमाडौं, २२ साउन । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । आन्दोलन चर्किदै गएपछि दमन सुरु गरेकी हसिनाले प्रदर्शनकारीलाई रोक्न सक्ने स्थिति नबनेपछि उनी सेनाको हेलिकोप्टरमा भारत पसेकी छन् । कोटाविरोधी आन्दोलनमा अदालतले फैसला दिए पनि किन चर्कियो त बंगलादेशमा आन्दोलन ?

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शक्तिशाली व्यक्तित्वको स्थापित गर्न सफल महिला हुन् । पटक–पटक मुलुकको नेतृत्व गर्दै आएकी हसिना बंगलादेशमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने व्यक्ति समेत हुन् । तर, हसिनाले नेतृत्व गरिरहेको सरकार विद्यार्थी र विपक्षी दलको आन्दोलनले नयाँ दिशामा पुर्याइदिएको छ ।

प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयतर्फ छिर्न थालेपछि पदबाट राजीनामा दिदै भारत पसेकी हसिनाको राजनीतिक जीवनमा ठूलो बज्रपात मात्रै भएको छैन्, लामो समयदेखि मुलुकको नेतृत्व गरिरहेको सवालमा समेत प्रश्न उठेको छ । कोटाविरोधि आन्दोलनमा सयौं विद्यार्थीको ज्यान गएपछि बंगलादेशको सर्वोच्च अदालतले त्यो निर्णयमा व्यापक हेरफेर त गरिदियो ।

तर, प्रदर्शनलाई दबाउन व्यापक बल प्रयोग गर्नुका साथै हसिनाले प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिएपछि आन्दोलन थप उत्कर्षमा पुगेको थियो । आइतबारमात्रै झण्डै सय जनाको ज्यान जाने गरि सरकारले बल प्रयोग गरेपछि बंगलादेशको स्थिति थप बिग्रिन पुगेको हो । प्रदर्शनकारीको प्रतिकारमा आइतवार नै १३ जना सुरक्षाकर्मी समेत मारिए ।

सोमवार प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयमा तोडफोड गर्दै पसेपछि सेनाको हेलिकोप्टरबाट भागेकी उनले पदबाट राजीनामा दिएकी छन् । तर, अब बंगलादेशको राजनीति कसरी अघि बढ्छ भन्ने विषय थप रहस्यमा पुगेको छ ।

गर्न पाइनन् जनताका नाममा सम्बोधन
प्रधानमन्त्री शेख हसिनाले जनताको नाममा सम्बोधन गर्न भन्दै सम्बोधन रेकर्ड गर्ने तयारी अन्तिम चरणमा पुर्याए पनि प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयमै तोडफोड गर्दै पस्न थालेपछि उनी सेनाको हेलोकोप्टरबाट भाग्न बाध्य भइन् ।

प्रदर्शनलाई आतंकवादसँग जोड्दा थप क्षति व्यहोरेकी हसिनाले भारतमा आश्रय लिए पनि मुलुकको तनाव शान्त बनेपछि उनी स्वदेश फर्किने सम्भावना त छ तर, अब उनको नेतृत्व सम्भव होला ? जनताले उनलाई स्वीकार गर्लान् ? प्रश्न उठेको छ ।

भारतमा आश्रय
आफ्नो मुलुकमा बढ्दो हिंसा र असुरक्षापछि हसिना भारत प्रवेश गरेकी छन् । प्रधानमन्त्री कार्यालयबाट बहिनीसहित उनी भारत आएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । दक्षिण एसियाका मुलुकमा समस्या पर्दा भारतले नै आश्रय दिनेदेखि मध्यस्तता गर्ने गरेको पाइन्छ ।

नेपालको शान्ति प्रक्रियमा समेत दिल्लीको विशेष भूमिका रहेको छ भने बंगलादेशको अवस्थाबारे पनि भारतले केहि नयाँ कदम चाल्ने विश्वास गरिएको छ । यद्दपी, भारतले मध्यस्तताबाहेकका कदम भने कुटनीतिक तवरबाट बाहेक चाल्न सक्ने स्थिति  रहन्न । बंगलादेशमा नेपालमा जस्तो भारतलाई हस्तक्षेपकारी भूमिका निभाउन सहज छैन ।

को हुन् शेख हसिना ?
१९४७ सेप्टेम्बर १९ मा टुङ्गिपाडा अर्थात तत्कालीन पाकिस्तानमा जन्मिएकी हसिना ७६ वर्षकी भइन् । विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् । शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी नेतृ हुन् । उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता पनि हुन् ।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो । तर, उनको पछिल्लो प्रधानमन्त्री काल भने विवादीत   थियो । विपक्षी दलहरुको बहिस्कारकाबीच गएको जनवरीमा भएको निर्वाचनबाट पुनः प्रधानमन्त्री चुनिएकी उनलाई प्रतिपक्षी दलसहित जनताले अहिले चुनौति दिएपछि उनले पदबाट राजीनामा दिनु पर्यो ।

शासन सत्ता सेनाको हातमा
प्रधानमन्त्री शेख हसिनाले देश छोड्दै पदबाट राजीनामा दिएपछि बंगलादेशको सेनाले शासन सत्ता हातमा लिएको छ । सेनाले अन्तरिम सरकार गठन गर्ने भन्दै आन्दोलन रोक्न अपिल गरेको छ । बंगलादेशी सेना प्रमुखले अन्तरिम सरकार गठन गर्ने र त्यो सरकारले देशको भविष्यलाई थप सहजतातर्फ लैजाने विश्वास समेत व्यक्त गरेका छन् । सेना प्रमुख वकार उज जामनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताएका हुन् । उनले सेनालाई विश्वास गर्न पनि अपिल गरेका छन् भने देशले छिट्टै निकास पाउने समेत बताएका छन् ।

बंगलादेशमा सरकार र सेनाबीच लामो समयदेखि लुछाचुडी चल्दै आएको इतिहास छ । सेनाले पटकपटक सरकारको नेतृत्व आफ्नो हातमा लिएको बंगलादेशको इतिहास छ । बंगलादेशको सेना विश्वमा ३७ औं स्थानमा आउने गर्छ । यस्तो स्थितिलाई हेर्दा अहिले पनि बंगलादेशको सत्ता हातमा लिएको सेनाले के गर्छ भन्ने चासो विश्वभर बढेको छ ।

जीवनको उत्तरार्द्धमा हसिनालाई झड्का
बंगलादेशमा लामो समय शासन गरेकी हसिना कहलिएकी नेतृमा पर्छिन् । भारतसँग समेत राम्रो सम्बन्ध स्थापित गराएकी हसिना राजनीतिक परिवारबाट प्रतिनिधित्व गर्ने नेतृ पनि हुन् । मुलुकका विभिन्न आन्दोलन र विद्रोहबाट परिवारमा ठूलो क्षति व्यहोरेकी हसिना सम्मानित नेता हुँदै जीवनको उत्तरार्द्धमा भने नमिठो अनुभवसहित सत्ताबाट बाहिरिन पुगेकी छन् । बंगलादेशमा सेनाले सत्ता हातमा लिएपछि अब कसरी अघि बढ्छ ? सरकार गठनको प्रकृया कस्तो हुन्छ ? कसले सरकारको नेतृत्व गर्छ ? यस्ता कयौं प्रश्नहरु उब्जिएका छन् । तर, हसिना प्रधानमन्त्रीमा दोहोरिने सम्भावना भने अत्यन्तै न्यून छ । हसिनाले प्रदर्शनकारीमाथि गरेको दमन, आतंककारीको संज्ञा लगायतका विषयले पनि उनी संकटतर्फ हेलिएकी हुन् ।

नेपाल प्रभाव
बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनपछि बंगलादेशमा मेडिकल शिक्षादेखि अन्य अध्ययनका लागि गएका विद्यार्थी मर्कामा परेका छन् । धेरै नेपाली स्वदेश फिर्ता भएपनि केहि त्यहाँ रहेको अनुमान गरिएको छ । बंगलादेशस्थित नेपाली दूतावासले सूचना जारी गर्दै दूतावासलाई जानकारी नदिई यात्रा नगर्न अपिल समेत गरेको छ । नेपालीहरु मेडिकल शिक्षा र अन्य विषय अध्ययन गर्न बंगलादेश जाने गरेका छन् । पछिल्लो समयको प्रदर्शन र हिंसापछि त्यहाँ रहेका नेपालीहरुमा सुरक्षा चुनौति बढेको बताइन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि