Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा अघोषित लोडसेडिङ्ग, दैनिक तीनदेखि चार घण्टासम्म बिजुली कटौती हुँदा सर्वसाधारण आजित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १७, २०८१
वीरगंजमा अघोषित लोडसेडिङ्ग, दैनिक तीनदेखि चार घण्टासम्म बिजुली कटौती हुँदा सर्वसाधारण आजित

वीरगंज (पर्सा), १७ साउन । औद्योगिक तथा व्यापरिक नगरी वीरगंजमा पटक-पटक विद्युत् कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरू दिनहुँ विद्युत् कटौती हुने समस्याबाट आजित भएका हुन् । अत्यधिक गर्मी बढेपनि पटक-पटक हुने लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । वीरगंज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् ।

वीरगंज महानगरपालिका-५ रेशमकोठीका परशुराम कलवारले गर्मीयाममा छिन-छिनमा विद्युत् कटौती हुने समस्याले हैरानी खेप्नुपरेको गुनासो गरे । ‘वीरगंज जस्तो अत्यधिक गर्मी हुने ठाउँमा पटक-पटक लोडसेडिङ हुँदा बाफिएर बस्नुपरेको छ,’ उनले भने, ‘प्राधिकरणले कुनै ठाउँमा नियमित बिजुली दिने कतै नदिने समस्या छ । विशेष गरी मिनाबजार-गहवामाइमन्दिर रेशमकोठी बिर्ता एरियामा दिन होस या रात बिजुली कटौती नभएको दिनै हुँदैन । यसरी बिजुली काट्नुभन्दा लोडसेडिङको तालिका दिए जाती हुने थियो ।’ वीरगंज आसपासमा बुधबार बिहान केही समय पानी परेको थियो । त्यस बाहेक यहाँ नियमित पानी नपर्दा गर्मी बढ्दो छ । विद्युत्को नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगंज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन ।

वीरगंजसहित पर्साभरि विद्युत् आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो । तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा-पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ ।

औद्योगिक क्षेत्रका ग्राहकले विद्युत् नियमित पाउन सकिरहेका छैनन् । वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बारा-पर्सा औद्योगिक क्षेत्रमा अहिले विद्युत्को नियमित आपूर्ति हुन नसकेको बताए । ‘अहिले पनि औद्योगिक क्षेत्रमा अघोषित रूपमा दैनिक तीन देखि चार घण्टा बिजुली कटौती भइरहेको छ,’ उनले भने, ‘बरु लोडसेडिङ भनेर विद्युत् कटौती गरे कम्तीमा यति समयपछि आउँछ भनेर ढुक्क हुने अवस्था हुन्थ्यो ।’ नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसाय धरासयी भएको उनको भनाइ छ ।’ उनले बारा-पर्सा औद्योगिक क्षेत्रमा दैनिक तीन-चार सय मेगावाट भएपनि पर्याप्त मात्रामा प्रसारणलाइन नहुँदा बारम्बार विद्युत् कटौती हुने समस्या भोगिरहेको बताए । ‘वीरगंजको बजार क्षेत्रमा अधिकांशले एसी र पङ्खा प्रयोग गरिरहेका छन् । अर्कोतर्फ विद्युतीय सवारीसाधन पनि चार्जिङ गर्ने भएकाले घरासयी बिजुलीको खपत बढिरहेको छ । तर, माग अनुसार विद्युत् आपूर्ति गर्ने वितरण प्रणालीको विकास नगर्दा विद्युत् कटौती हुने समस्या व्याप्त छ,’ उनले भने, ‘अहिले विद्युत् प्राधिकरणमा राम्रोसँग लोड व्यवस्थापन गर्न नसक्दा लोडसेडिङ हुने समस्या कायम छ ।’

नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अबधेशकुमार दुबेले ‘भोल्टेज डाउन’ भए पनि करेन्ट बढेकाले समस्या आएको जानकारी दिए । ‘बेला-बेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मरलगायतमा हुने आगजनीका कारण मर्मतसम्भार गर्न विद्युत् कटौती गर्नुपरेको छ,’ उनले भने, ‘अहिले अधिकांश तराई क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या छ ।’ प्रमुख दुबेले वीरगंज आसपासमा अत्यधिक गर्मी बढेसँगै विद्युत्को माग बढ्दा सोहीअनुरूप पूर्वाधार नहुँदा आपूर्तिमा केही असहज भएको बताए । ‘गर्मी बढेसँगै यस क्षेत्रमा विद्युत्को लोड ह्वातै बढेको छ । लोड बढेको अवस्थामा कुनै ठाउँमा आगलागी हुन्छ । कुनै ठाउँमा तार जल्ने गर्छ । सो ठाउँमा मर्मतसम्भारका लागि केही समय लाग्ने गर्छ,’ उनले भने, ‘हामी पनि सुरक्षित हुँदै विद्युत् मर्मतसम्भार गरिरहेका छौंँ ।’ वीरगंज आसपासमा अव्यवस्थित रहेका केबल तथा अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीका तारमा बारम्बार आगजनी हुने हुँदा समस्या भइरहेको उनको भनाइ छ ।

प्रमुख दुबेले विद्युत् कटौती भएका स्थानमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर काम गरिरहेको दाबी गरे । ‘वीरगंज आसपासमा माग अनुसारकै विद्युत्को आपूर्ति भइरहेको छ । यसमा कुनै समस्या छैन,’ उनले भने, ‘बारा र पर्सा करिडोरमा करिब तीन सय मेगावाट विद्युत्को माग छ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि