वीरगंज (पर्सा), ३ साउन । वीरगंज महानगरपालिकाकाे वडा नं १६ बाईसपास स्थित माईदिया पोखरी नजिक रहेको शिव मंदिर जिर्ण बन्दै गएको छ । शिव मंदिरको संरचना पुरानो भएको कारण र केहि दिन देखी लगातारको वर्षाले गर्दा मंदिर जिर्ण अवस्थामा पुगेको हाे ।
श्रावण महिनामा पुजाआजा गर्न आउने स्थानीहरुलाई गतवर्ष देखि नै समस्या भाेगिरहनु परेकाे छ । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान जानसकेकाे छैन । मन्दिरमा लगाइएको पर्खाल भत्किएका छन् । मन्दिरकाे पर्खाल भत्किएको कारण आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तु छिरने गरेकाे र पानी समेत मन्दिरभित्र जम्ने गरेकाे स्थानीयहरूले वताएका छन् ।
स्थानीय तथा पुजा गर्न आउने भक्तजनहरूले वडा र वीरगंज महानगरपालिकामा समेत यसको पुर्ननिर्माणका लागी पटकपटक भन्दै आएको स्थानीय नितेश कुमार वर्णवालले बताए ।
उनका अनुसार मंदिर छेउमा रहेको पोखरी निमार्णको कार्य भईरहदा पनि वडा अध्यक्ष तथा मेयर शिंहको ध्यान केन्द्रित नभएको बताए । अहिले श्रावण महिना सुरू भएसंगै पुजाआजाको लागी स्थानीय भक्तजन आउने गरकोले मंदिरको संरचना मर्मत गर्नु पर्ने हुन्छ । लामो समयदेखि उक्त मंदिरको संरचनामा स्थानीय सरकारले ध्यान नदिएको कारण मंदिरको अवस्था झनै जरजर अवस्थामा पुगेको छ । यश बिषयमा सम्बन्धित सबैकाे ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस् !