Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीको संरक्षणमा प्रसौनीभाठ्ठा नाकाबाट खुलेआम तस्करी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १, २०८१
सशस्त्र प्रहरीको संरक्षणमा प्रसौनीभाठ्ठा नाकाबाट खुलेआम तस्करी

वीरगंज (पर्सा), १ साउन । मुलुकको अन्तर्राष्ट्रिय सीमानामा अपराध तस्करीलाई नियन्त्रण गर्न तैनाथ गरिएको सशस्त्र प्रहरी बलकै संरक्षणमा तस्करी मौलाएको छ । बिओपी प्रसौनीभाठ्ठाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुजेलको संरक्षणमा प्रसौनीभाठ्ठा नाकाबाट विगत केही समयदेखि चोरी तस्करी खुलेआम भइरहेको स्थानीय बताउँछन् । यस नाकाबाट दर्जनभन्दा बढी तस्करहरुले लाईन पाएका छन ।

प्रसौनीभाठ्ठा सिमानाका हुँदै भारतबाट घरायसी सामानहरु चिनी, चामल, मैदा, काजु, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु–प्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधि, पानमसाला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ, लुगा धुने डिटर्जेन्ट, देखि कुखुराको चल्ला, त्यारी ब्वाइलर कुखुरा र राँगाभैँसीको तस्करी मौलाएको छ । यस्तै, थानको लत्ताकपडा तथा तयारी पोसाक,जुत्ता–चप्पल, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाईल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजर लगायतको समान पनि नेपाल तर्फ तस्करी भइरहेको छ ।

नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफीलगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ । यस्तै, सिमामा सशस्त्र प्रहरीले  तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन । नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन्।

सिमामा सशस्त्र प्रहरीले  तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन । प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीको लागि मौखिक लाइसेन्स बाडे् झै लाईन क्लियर गरिदिएपछि तस्करहरुले खुलेआम दिनदहाडै् भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी पर्साका ग्रामिण बजार पोखरिया, केहुनिया, महुवन बजार,  बिशरामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन्।

भारतसँग जोडिएको पर्सा जिल्लाको ग्रामीण बजारका अधिकांस पसलहरु नेपाल सरकारको कुनै निकायमा दार्ता छैन र त्यसमा पनि  ९० प्रतिशत चोरी तस्करीबाट भित्रिएका भारतिय समान बेचकिन हुने गरेको छ तर सम्बन्धित निकायको ध्यान पुग्न नसकेको हो कि माल खाएर तै चुप मै चुपमा मगन रहेको छ भने प्रश्न आमजनसमुदायमा उठिरहेको छ । इन्स्पेक्टर भुजेल ४ वर्ष देखि पर्सा जिल्लामा छन भने ३ वर्ष पहिला पनि अहिले कार्यरत बिओपी प्रसौनीभाठ्ठा भन्दा ३ किलोमिटर पश्चिम् सबैठवा लहावरथकरी बिओपीमा लामो समय कमान्ड गरिसकेका छन ।

उनलाइ यहाको तस्करीबारे जानकार भएकै कारण सहज रुपमा तस्करी गराएर चानी काटिरहेको जानकारहरु बताउछन । नेपाल र भारतबीचको खुला सीमाका कारण तस्करहरुलाई सहज भएको हो । त्यसमा पनि देशको तलव खाएर बसेको सुरक्षा निकाय सशस्त्र प्रहरी नै यसमा सामेल भएपछि तस्करी अझ बढेको हो । प्रसौनीभाठ्ठा सिमानाकाबाट तस्करहरूले दिउसाे कै समयमा खुल्याम तस्करी गरिरहेकाे भिडियाे सहितका प्रमाण हामीलाई फेला परेको छ । बिओपी प्रसौनीभाठ्ठाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलसंग तस्करीको कुरा राख्दा यसबारे बोल्नै चाहेनन् र आफू ब्यस्त छु भनी फोन काटी पन्छिन खोजे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि