Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरियाका इन्स्पेक्टरको कमाउ धन्दा, महिनावारी बुझी ग्रामीण नाकाबाट तस्करीको लाइन खुल्ला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २२, २०८१
पोखरियाका इन्स्पेक्टरको कमाउ धन्दा, महिनावारी बुझी ग्रामीण नाकाबाट तस्करीको लाइन खुल्ला

वीरगंज (पर्सा), २२ असार । इलाका प्रहरी कार्यालय पोखरियाले आर्थिक नजराना बुझी तस्करीको लाइन खोलेको छ । भर्खरै केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पोखरियाका कार्यभार सम्हालेका प्रहरी निरीक्षक राजन ढकालले तस्करीको लाइन खुल्ला गरेका हुन् ।  नेपाल भारत सीमा क्षेत्रमा पर्ने प्रसौनी भाठ्ठा, धोरे, जानकी टोला, आस्वारी लगायतको नाकाबाट अहिले व्यापक तस्करी भइरहेको छ ।

राति मात्रै नभई दिन दहाडै तस्करहरुले तस्करीको सामान भारतबाट नेपाल भित्र्याई रहेका छन् । मोटरसाइकलमा तस्करीका सामान लोड गरि सीमा क्षेत्रमा खटेका इलाका प्रहरी कार्यालय पोखरियाका टोलीलाई आर्थिक नजराना बुझाई तस्करी गर्ने गरेको प्रत्यक्षदर्शीहरुले वताएका छन् । तस्करहरुले किरानाका सामान, हार्डवेयर, कुखुराको चल्ला, कपडा लगायतका सामानहरु तस्करी गर्ने गरेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर ढकालको मातहतका प्रहरी टोलीले सीमा क्षेत्रमा तस्करहरुसँग रकम असुली तस्करी गराई रहेको स्थानीयहरुको आरोप छ ।

इन्स्पेक्टर ढकालले घुमुवा प्रहरी मार्फत तस्करहरुसँग सेटिङ्ग गरेर तस्करीको लाइन खोलेको श्रोतले बताएको छ । नेपाल भारतको मुख्य नाका वीरगंज भन्सारमा तस्करीको लाइन बन्द भएपछि अहिले ग्रामीण भेगबाट तस्करीको लाइन खुलेको छ । वीरगंज क्षेत्रका तस्करहरु अहिले ग्रामीण भेगलाई निशाना बनाएका छन् । उनीहरु अहिले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकाललाई मात्रै महिनावारी नजराना बुझाएर सहज तरिकाले तस्करीको सामान नेपाल भित्रयाई रहेका छन् ।

अहिले ग्रामीण क्षेत्रका किराना पसलहरुमा तस्करीको सामान छ्यापछ्याप्ती देख्न सकिन्छ । खास गरेर ग्रामीण क्षेत्रका पसलहरुमा नेपालमा उत्पादित खाद्यान्न सामाग्री भन्दा पनि भारतबाट आयातित खाद्यान्न सामाग्री बढि देख्न पाइन्छ । प्रहरी अहिले शान्ति सुरक्षा दिनुभन्दा पनि कसरी बढि भन्दा बढि तस्करबाट पैसा असुल्न सकिन्छ भन्ने मनसायमा तल्लिन भएको देखिन्छ ।

इन्स्पेक्टर ढकाल ‘ऐनी हाउ, पैसा कमाउ’ भन्ने मनसायले समाजमा शान्ति सुरक्षा दिनुभन्दा पनि सीमा क्षेत्रमा तस्करहरुबाट पैसा असुल्न प्रहरी खटाएको भन्ने त्यहाँ हुने तस्करीबाट सहजै अनुमान लगाउन सकिन्छ । दिउसाे कै समय मै खुल्याम तस्करी भइरहेकाे भिडियाे समेत प्राप्त भएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि