Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आफ्ना बालबालिकाको पढाईबारे अभिभावकले पनि चासो राख्नुपर्छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २१, २०८१
आफ्ना बालबालिकाको पढाईबारे अभिभावकले पनि चासो राख्नुपर्छ : मेयर सिंह

वीरगंज (पर्सा), २१ असार । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

महानगर प्रमुख सिंहले आजबाट विद्यार्थीका अभिभावकसँग विद्यालयमै पुगेर भेट्ने अभियान नै सुरु गरेका छन् । शुक्रबार वीर्तामा रहेको श्री सुन्दरमल रामकुमार कन्या माद्यमिक विद्यालयमा आगामी वर्ष एसईई दिने कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर छलफल गर्दै विद्यालयमा मात्रै नभई अभिभावकले घरमा पनि आफ्ना सन्ततीको पढाइको बारेमा चासो लिनु पर्ने बताए । विद्यार्थीको शैक्षिक गुणस्तु वृद्धि गराउन विद्यालयको भौतिक संरचना, शिक्षक व्यवस्थापन तथा शैक्षिक सामग्री उपलब्ध गराउन महानगर तत्पर रहेको र शिक्षकले पनि तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउन आवश्यक रहेको बताए ।

उनले आफ्नो पठन पाठनका बारेमा विद्यार्थी आफै र उनका अभिभावक चनाखो भएर लागे गुणस्तर वृद्धि हुन समय नलाग्ने पनि बताए । प्रमुख सिंहले भने, ‘सामुदायिक विद्यालयहरूलाई आवश्यक सहयोग गर्न महानगर सँधै प्रयासरत रहे पनि एसइईको नतिजा सन्तोषजनक हुन सकेन, तर आगामी दिनमा पनि यस्तै नतिजा नदोहोरियोस भनेर अभिभावकलाई पनि जिम्मेवार बनाउन प्रयास गरेका हौँ ।’ मुदायिक विद्यालयमा अध्ययन गर्न पठाउने अभिभावकले आफ्ना सन्ततीका बारेमा चासो नराखेको र विद्यालयमा कसरी पढाइ हुँदै छ भन्ने बारेमा पनि कहिल्यै जानकारी लिने नगर्दा शैक्षिक स्थिति विग्रिएको आफूले पाएको उनले बताए ।

विद्यार्थीका बारेमा जानकारी दिन विद्यालयमा बोलाउँदा पनि उनीहरुका अभिभावक उपस्थित नहुने गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । आज पनि अधिकांस अभिभावकहरु अनुपस्थित रहेका थिए । अब हरेक विद्यालयमा पुगेर अभिभावकसँगै उनीहरुका सन्ततीको अध्ययनका बारेमा जानकारी लिने अभियान नै थालेको महानगर प्रमुख सिंहले बताए । महानगरको तर्फबाट कुनै कमी कमजोरी भए त्यसलाई सुधारेर अघि बढ्न आफू तयार रहेको भन्दै उनले त्यसका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले आ-आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताए । वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कणर्ले विद्यालयमा पठन पाठन सुधार गर्न सबैको चासो हुनु पर्नेमा जोड दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि