Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत खतिवडाको घुस आतँक, बिचौलिया मार्फत बार्गेनिङ्ग

नयाँ नागरिकता बनाउन घुस नदिएको फाइल अधिकृत खतिवडाले रोक्ने गरेको घटना बाहिरियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २१, २०८१
जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत खतिवडाको घुस आतँक, बिचौलिया मार्फत बार्गेनिङ्ग

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २१ असार । जिल्ला प्रशासन कार्यालय पर्साबाट बिना घुस कुनैपनि काम नहुने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् । सम्पूर्ण कागजात पुरा गरेर सेवा लिन पुग्दा पनि घुस नदिएकै कारण अनावश्यक सास्ती झेल्नुपरेको सेवाग्राहीहरुको आरोप छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा लिनुछ भने बिचौलिया मार्फत घुस दिए सहजै तरिकाले काम हुने र घुस नदिए सम्पूणर् कागजात भएपनि सहज सेवा पाउन नसकेको गुनासो गरेका हुन् ।

नागरिकता बनाउनका जिल्लाको ग्रामीण भेगबाट आउने सेवाग्राहीहरुलाई दुःख दिने मनसायले प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले फाइल नै रोक्ने गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको मात्रै नभई यहाँबाट अन्यत्र रहेका सेवाग्राहीहरु नगरिकता बनाउन आउँदा अधिकृत खतिवडाले बिचौलिया मार्फत नआएकै अथवा घुस नदिएकै निहुँमा अनावश्यक दुःख दिने गरेको पाइएको हो । सम्पूर्ण कागजात हुँदाहुँदै अधिकृत खतिवडाले एकजना सेवाग्राहीको दुई दिनदेखि नागरिकताको फाइल आफ्नो दाराजमा राखेर रोकेका थिए ।

वीरगंज महानरपालिका वडा नं. ८ को कार्यालयमा सिफारिस लिन जाँदा त्यहाँ रहेका दलालले सहज तरिकाले नागरिकता बनाईदिन १० हजार रुपैयाँ माग गरेका थिए । पैसा नदिएकै कारण सबै कागजातहरु पुर्‍याएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय आउँदा अधिकृत खतिवडाले उनको फाइललाई सहायक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रोकिएको भनेर दराजमा राखे । भोलिपल्ट बिहीबार सहायक प्रजिअसँग बुझ्दा आफूले कुनै फाइल नरोकेको जानकारी दिए । त्यस पश्चात पुनः खतिवडालाई भन्दा आफू व्यस्त रहेकोले फाइल रोकेको गैर जिम्मेवारपूर्ण जवाफ दिए ।

यो त उदाहारण मात्रै हो, अधिकृत खतिवडा जिल्ला प्रशासन कार्यालय पर्सामा आएदेखि कमाउ धन्दामा सक्रिय भए । कसरी अवैध रकम असुल्न सकिन्छ भन्ने मनसायले महानगरको वडा कार्यालयहरुमा केही कर्मचारीहरुलाई आफ्नो प्रलोभनमा पारे । त्यस पश्चात वडा कार्यालयमा सिफारिसका लागि आउने सेवाग्राहीहरु त्यही देखि नै अधिकृत खतिवडाको निशानामा पर्दै आएका छन् । वडा कार्यालयका दलाललाई घुस दिए सहजै काम हुने र नदिए विभिन्न बहानामा फाइल नै रोकिदिने गर्ने गरेको पाइएको हो ।

समयमा सेवा नपाएका सेवाग्राही जिल्ला प्रशासन कार्यालयको हाताभित्र बसेर, सुतेर समय विताउँदै ।

उनको कार्यशैलीबाट यहाँका नागरिकहरु अनावश्यक सास्ती खेप्न बाध्य छन् । गाउँ गाउँबाट आएका वृद्धवृद्धाहरु महिनौदेखि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाई रहेका छन् तर सेवा पाउन सकेका छैनन् । स्थलगत रिपोर्टिङ्गको क्रममा जिल्ला प्रशासन कार्यालय पर्सा पुग्दा ६ महिनादेखि नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा धाउने गरेको एकजना वृद्ध भेटिए । वीरगंज-१२ मुर्ली निवासी अन्दाजी ६५ वर्षीय एक वृद्ध सेवाग्राहीले ६ महिनादेखि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाई रहेको बताए । उनको फाइल को सँग छ ? कहाँ छ ? कुन कागजातमा कमि छ ? केही जानकारी छैन, न कुनै कर्मचारीले उनलाई जानकारी दिएको छ । दैनिक भोलि भोलि भनेर जिल्ला प्रशासन कार्यालयमा बोलाई रहेको उनको आरोप छ ।

वीरगंज महानगरपालिका-२९ बसडिलवा निवासी एक वृद्ध सेवाग्राहीले पनि पैसा नदिएकै कारण आफ्नो काम हुन नसकेको गुनासो गरे । चिनजानको मान्छेको मात्रै यहाँ काम हुने गरेको उनको भनाई छ । दैनिकी ज्यालादारीमा काम गर्ने कृषक, मजदुरहरु आफ्नो काम छोडी कार्यालयमा आउँदा समयमा काम नहुने गरेको कारण मर्कामा परेको उनको भनाई छ । यस्ता थुप्रै सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालयमा देख्न सकिन्छ, जसमा बढि वृद्धवृद्धाहरुले सास्ती खेप्नु परेको छ ।

अधिकृत कृष्ण प्रसाद खतिवडाको दादागिरी
जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ नागरिकता फाँटमा कार्यरत प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाको दादागिरी पनि बढ्दो छ । आफूले राखेको बिचौलिया मार्फत आउने फाइललाई चाँडै काम गरिदिने, नत्र अनावश्यक अल्झाउने गरेको गुनासो बढेपछि स्थलगत रिपोर्टिङ्गको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्दा उनको रवाफ कम थिएन् । तपाईको कारण सेवाग्राहीहरु सास्ती खेपिरहेको भनेर भन्दा सञ्चारकर्मीमाथि नै जाइलागे । घमण्डले मातेका अधिकृत खतिवडा गुनासो गर्ने सेवाग्राहीलाई झन दुःख दिने मनसायले हस्ताक्षर नगर्दा प्रिन्ट भइसकेको नागरिकता सेवाग्राहीले लिन सकेनन् ।

अधिकृत खतिवडाको कार्यकक्ष बाहिर सेवा लिन लागेको भीडलाई भिडियो खिच्दा अधिकृत खतिवडा दादागिरी शैलीमा सञ्चारकर्मीमाथि जाइलागे । किन भिडियो खिचेको भनेर मोबाइल दिनुस् भने, मोबाइल नदिदा सशस्त्र प्रहरीका सईलाई जिम्मा लगाए । त्यस पश्चात सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले बिवाद नगर्नु, मैले तोक लगाईदिन्छु भनेर पठाए । अहिले जिल्ला प्रशासन कार्यालय, पर्सामा नयाँ नागरिकता लिन दैनिक सयौँ युवाको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगारीमा जान वा विभिन्न प्रायोजनका लागि नागरिकता लिन पुगेका युवाहरु त्यहाँको भीड र ढिलासुस्ती देखेर ‘सरकारको काम अहिले जाला घाम’ भन्ने उखानको अर्थ बुझिरहेका छन् ।

नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले निर्देशन दिँदा पनि प्रशासकीय अधिकृत खतिवडा बिहीबार कार्यालय समय सकिनु अघि नै कार्यकक्ष छोडेर ‘टाप’ कसे । जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता बनाउन भइरहेका ढिलासुस्ती र सेवाग्राहीले पाइरहेका  दुःखबारे प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अधिकृत खतिवडाका बारेमा अरुपनि केही गुनासो आएको बताए । उनले भने, ‘यस्ता थप केही गुनासोहरु आएका छन्, यो समस्याबारे बुझ्ँदैछु । यदि त्यस्तो हो भने कारवाही गर्छु ।’

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरुको भीड ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि