Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्राफिक प्रहरी ड्युटी भन्दा पनि असुली धन्दामा सक्रिय भएपछि वीरगंज महानगर अस्तव्यस्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २०, २०८१
ट्राफिक प्रहरी ड्युटी भन्दा पनि असुली धन्दामा सक्रिय भएपछि वीरगंज महानगर अस्तव्यस्त

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २० असार । मधेश प्रदेशको एकमात्र महानगर ‘वीरगंज महानरपालिका’ ! जिल्ला प्रहरी, जिल्ला प्रशासनदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय यही तर वीरगंज बजारमा ट्राफिक प्रहरीलाई दियो बालेर खोज्नुपर्छ । बजारमा छिटफुट रुपमा एक दुई स्थानमा ट्राफिक प्रहरी खटेतापनि इमान्दारितापूर्वक ड्युटी नगरेको कारण वीरगंज बजारको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बन्दै गएको छ ।

वीरगंज महानगरपालिकाको घण्टाघर चोक, माइस्थान चोक, आदर्शनगर चोक, अलखियामठ चोक लगायत अति व्यवस्थत स्थानहरुमा ट्राफिक प्रहरीहरु खटाइएको छ तर त्यहाँ रहेको विटमा कुनैपनि बेला ट्राफिक प्रहरी देखिदैन । तिनीहरु ड्युटी भन्दा पनि कसरी समय विताउन सकिन्छ, भन्ने मनसायका साथ ट्राफिक जाम हुने स्थानलाई छाडी त्यस छेउछाउका पसलहरुमा बसेर गफ गर्ने गरेको कारण दिनुहँ स्थानीयहरु ट्राफिक जामको समस्या खेप्न बाध्य छन् ।

ट्राफिक प्रहरी कहिलेपनि इमान्दारिताका साथ ड्युटी गरेको पाइँदैन । जहिले पनि ट्राफिक प्रहरी बिट खाली नै हुन्छ । त्यस छेउछाउको पसल लगायतका ठाउँमा खडा भइ गफ गरेर समय मात्रै विताउने गरेको उनीहरुको भनाई छ । सडक दिनभरि अस्त व्यस्त हुन्छ, जथाभावी पार्किङ्ग गरिएको हुन्छ, जथाभावी सडक काट्ने, बीच सडकमै ठुला सवारीसाधन पार्किङ्ग गरेर पसलमा सामान किन्न जाने कार्य हुन्छ तर ट्राफिक प्रहरी त्यहाँ हुँदैन, अन्यत्र छेउछाउमा बसेर गफ गरि रहेका हुन्छन्, जसले गर्दा ट्राफिक जाम भएपछि सर्वसाधारणलाई आवत जावतमा सास्ती खेप्नुपरेको उनीहरुको गुनासो छ ।

तराईमा चर्को गर्मीले ड्युटी गर्न समस्या हुने बताउने ट्राफिक प्रहरीको सक्रियता रकम असुली हुने ठाउँमा बढि देखिन्छ । ट्राफिक प्रहरीले महानगरको ट्राफिक व्यवस्थापन गर्नुभन्दा पनि छड्के चेकजाँच एवं यातायात कार्यालयको ट्रायल सेन्टरमा बढि सक्रियता रहेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार त्यती मात्रै नभई नेपाल भारत सीमा क्षेत्र वीरगंज भन्सार, ड्राइपोर्ट क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढि देखिने गरेको छ । त्यस क्षेत्रमा अवैध असुली बढि हुने गरेको कारण ट्राफिक प्रहरीको ध्यान त्यही क्षेत्रहरुमा केन्द्रित हने गरेको उनीहरुको भनाई छ ।

त्यती मात्रै हाइन, महानगरमा असुली गर्नको लागि छड्के चेकजाँच पनि व्यापक हुन्छ । त्यो नामको लागि मात्रै चेकजाँच हो, त्यो असुली गर्ने काम मात्रै रहेको स्थानीयहरुको भनाई छ । छड्के चेकजाँचको नाममा जहाँ मन लाग्यो त्यहाँ चेकजाँच शुरु गरिदिन्छ, केही असुली हुन्छ अनि जान्छ । त्यस्तै वीरगंजको पावरहाउस चोक, सिर्सिया ड्राइपोर्टदेखि परवानीपुरसम्म खटेका ट्राफिक प्रहरी असुली मात्रै गर्छन् । केही वर्षदेखि ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी भन्दा पनि राजस्व असुलीलाई बढाउने मनसायले पनि छडके चेकजाँचलाई तिब्रता दिएको पाइन्छ ।

भारतबाट एकिकृत जाँच चौकी हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा नेपाली मालबाहक ट्रकहरुसँग ड्राइपोर्ट चोकदेखि पावरहाउस चोक, गण्डक चोक हुँदै परवानीपुर चोकम्म खटेका ट्राफिक प्रहरी वैद्य तथा अवैद्य दुबै तरिकाले असुली गर्ने गरेको छ । नेपाल मालबाहक ट्रक तथा कन्टेनरबाट ओभरलोड गरेवापत न्यून्तम रकमको रसिद काटेर देखाउने तर अवैध रुपमा भित्रिन दिनका लाग साँठगाँठ गरि मासिक रुपमा ट्राफिक प्रहरीले रकम बुझ्ने गरेको बताइएको छ ।

भारतबाट आईसिपि हुँदै नेपाल प्रवेश गर्ने ओभरलोड ट्रक, कन्टेनर, जीप, ट्याक्टर लगायतका मालबाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले १ देखि २ सय रुपैया तथा ओभरलोड भनेर ५ सय रुपैया अवैध रुपमा असुल्ने गरेका छन् । यहाँ मात्रै होइन, जिल्लाको ग्रामीण क्षेत्रमा खटेका ट्राफिक प्रहरीहरु पनि अवैध रकम असुली गर्ने गरेका छन् ।

यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले यहाँको नागरिक सचेत नभएसम्म ट्राफिक जामको समस्या समाधान नहुने बताए । ट्राफिक प्रहरीले वीरगंज बजारमा इमान्दारितापुर्वक ड्युटी गर्ने गरेको दाबी गर्दै ट्राफिक प्रहरीले एक्लै गरेर यो समस्याको समाधान सम्भव नरहेको उनको भनाई छ । जथाभावी पार्किङ्ग गर्नेलाई स्थानीयहरुले पनि विरोध गर्नुपर्ने उनको भनाई छ ।

सधैं सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति नहुन पनि सक्छ, आफ्नो व्यापारिक प्रतिष्ठान अगाडि जथाभावी पार्किङ्ग गर्नेलाई व्यापारीहरुले पनि विरोध गर्नुपर्ने बताए । अर्कोतर्फ कुनै पनि स्थानमा अव्यवस्थित तरिकाले कसैले पार्किङ्ग गर्छ भने जोसुकै सर्वसाधारणले विरोध गर्नुपर्ने उनको भनाई छ । आफ्नो कारण अन्यलाई समस्या हुनु हुँदैन भन्ने सोच यहाँका नागरिकमा विकास हुनुपर्ने बताए । ४० लाखको गाडी चढ्ने प्रतिष्ठित व्यक्तिहरुलाई गाडी कहाँ पार्किङ्ग गर्ने भन्ने सोच नै छैन, कसैले जानी जानी सडकमै पार्किङ्ग गर्ने गरेका छन्, त्यस्तालाई ठीक पार्न स्थानीय जागरुक हुनुपर्ने उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि