Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पारिवारिक रिसिबी तथा जग्गा विवादले भतिज र ज्वाइँको योजनामा रामएकवाल एवं सुरेशको हत्या

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १९, २०८१
पारिवारिक रिसिबी तथा जग्गा विवादले भतिज र ज्वाइँको योजनामा रामएकवाल एवं सुरेशको हत्या

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १९ असार । आफ्नै काकाको हत्या आरोपमा पर्सा प्रहरीले भतिजो सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ५ निवासी ३३ बर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३२ बर्षीय सन्तोष प्रसाद कुम्हार र सोही ठाउँ बस्ने ४५ बर्षीय महादेव महतो नुनिया रहेका छन् ।

२३ दिन अघि पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपूर्वा टोलस्थित ओरिया खोलाको किनारमा मृत अवस्थामा दुईवटा शव फेला परेको थियो । बाराकै कलैया उप-महानगरपालिका वडा नं. ५ पर्सा टोल निवासी ५५ वर्षीय रामएकवाल पण्डित कुम्हाल र बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नं.५ निवासी ३४ बर्षिय सुरेश ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको थियो । बरामद भएको शवहरुको पोस्टमार्टम सोही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको थियो ।

नेपाल भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र (सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा गाडिएको अवस्थामा फेला परेको दुर्घन्धित दुई वटा शवको मृत्युको कारणबारे प्रहरी अनुसन्धान गर्दै जाँदा आफन्तबाटै हत्या भएको खुलेको हो । अनुसन्धानको क्रममा पक्राउ परेका लक्ष्मण कुमार प्रजापति मृतक रामएकवालका भतिज हुन् भने सन्तोष प्रसाद कुम्हार ज्वाई रहेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले जानकारी दिए । पक्राउ परेका तीन जनासहितको समुहले यही जेठ २९ गते दुबैजनाको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए । मृतकहरुको साथमा भएकै गाम्छाले घाँटी बाँधेर हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरिया खोला तटमा शव गाडेको प्रहरी उपरीक्षक ढुँगेलले बताए ।

अनुसन्धानको क्रममा प्राविधिक विश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारिक रिसिबी तथा जग्गाको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको उनको भनाई छ । मृतकहरुलाई झारफुक एवं धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा बोलाएर दुबै जनाको हत्या गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको हो । दुबै जनाले केही व्यक्तिलाई सुपाडी दिएर मार्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढुँगेलले बताए । उनका अनुसार ८ लाखको सुपाडीमा दुबै जनाको हत्या भएको हो, त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख सन्तोषले पैसा दिएको बताए ।

घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान भईसकेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि