Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

काँग्रेस र एमालेबीच भएको सहमति पुरा भए मुलुकलाई गन्तव्यमा पुर्‍याउन सकिन्छ : कोइराला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०८१
काँग्रेस र एमालेबीच भएको सहमति पुरा भए मुलुकलाई गन्तव्यमा पुर्‍याउन सकिन्छ : कोइराला

वीरगंज (पर्सा), १८ असार । नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेस र एमालेबीच भएको सहमति पुरा गर्न सकिए मुलुक अगाडी बढन सक्ने वताएका छन् । वीरगंजमा आयोजित स्व. गिरजा प्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले सोमबार राति नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको समझदारी पुरा गर्न सकिए देशलाई गन्तव्यमा पुर्‍याउन सकिने वताएका हुन् ।

नेपाली काँग्रेस र एमाले एक ठाउँमा भयो भने मुलुकलाई सही गन्तव्यमा पुर्‍याउन सकिने आफूले विगत ७/८ महिनादेखि भन्दै आएको र वकालत पनि गर्दै आएकोमा हाल दुबै दललाई एकठाउँमा ल्याउने एजेण्डा सफल भएको उनको भनाई छ । पहिला नै हुनुपर्ने कुरा अहिले आएर भएको छ, जुन सहमति पुरा भयो भने मुलुक सही गन्तव्यमा अगाडि बढ्ने नेता कोइरालाको दाबी छ । नेता कोइरालाले मुलुकलाई अहिले चाहिएको आवश्यकता अनुसार नै कांग्रेस सभापति र एमाले अध्यक्षबीच संविधान संशोधन गर्ने, सरकारको नेतृत्व आलोपालो गर्ने लगायतका समझदारी पत्रमा हस्ताक्षर भएको बताए ।

उलने हालको निर्वाचन प्रणालीलाई हामीले नै खराब बनाइदिएको वताउँदै संसदीय व्यवस्था अनुसारको यो निर्वाचन प्रणाली नै परिवर्त गर्नुपर्ने उनको धारणा थियो । संघीय गणतान्त्रिक लोकतन्त्रतात्मक व्यवस्था ल्याउनमा स्व. गिरजा प्रसाद कोइरालाको अविष्मरणीय भूमिका रहेको स्मरण गराउँदै नेता कोइरालाले हाल स्व. गिरजाको बलिदानबाट प्राप्त गणतन्त्रात्मक लोकतन्त्र साना दलहरुको कारण खतरामा पर्न सक्ने उनको कथन थियो ।

कार्यक्रममा पार्टीको सन्दर्भमा बोल्दै नेता कोइरालाले सहमति, सहकार्य र एकताबाट अगाडी बढनु पर्ने वताए । उनले गठबन्धनबाट पार्टीको भलो कहिले नहुने वताउँदै लथालिङ अवस्थामा रहेको पार्टीलाई सुदृढ गर्दै पार्टीका सबै जिम्मेवार पदाधिकारीहरु सहमति, सहकार्य र एकताकासाथ अगाडी बढनु पर्नेबताए । अब बन्ने सरकारले सुशासन, भ्रष्टाचार एवं राहतका कुरा गम्भिरताका साथ लिने उनको भनाई छ ।

नेपाली काँग्रेस पार्टीमा धेरै लथालिङ्ग अवस्था रहेको गुनासो छ, त्यसलाई सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए । हामीले एकता गर्न सक्यौं भने कुनैपनि शक्तिले हराउन सक्दैन भन्दै नेता कोइरालाले नेपाली काँग्रेसका सबैजना एक ठाउँमा उभिन जरुरी रहेको बताए । महाधिवेशमा तित्यता हुन्छ, त्यो स्वभाविक हो, त्यसलाई अन्यथा भन्न मिल्दैन, तर निर्वाचनको बेला अन्य पार्टीलाई समर्थन गरेर निर्वाचन लड्नेलाई कदापी स्वीकार्य नगरिने उनको भनाई थियो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद साहबुद्दिनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे, केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजाल, अजय चौरसिया, नेता सुरेन्द्र चौधरी, पर्सा जिल्ला सभापति एंव प्रदेश सभा सदस्य जनाद्र्धन सिंह क्षेत्री, प्रदेश सभा सदस्य श्याम पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि