Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पटेर्वा सुगौलीमा कृषि ल्यााबसहितको अत्याधुनिक कृषि भवन बन्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०८१
पटेर्वा सुगौलीमा कृषि ल्यााबसहितको अत्याधुनिक कृषि भवन बन्दै

वीरगंज (पर्सा), १५ असार । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सुगौलीमा करिब साढे २ करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्यााबसहितको कृषि भवनको निर्माण थालिएको छ । विश्व बैंकको आर्थिक सहयोगमा पटेर्वा सुगौली गाँउपालिकाले २ करोड ४८ लााख रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्याब सञ्चालनका लागि कृषि भवन निर्माण गर्न थालेको हो ।

संघ सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास (रीड) आयोजना अन्तरर्गत नगरस्तरीय कृषि तथा पशु सेवा केन्द्र (कृषि ल्याबसहितको कृषि भवन) को शनिबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले कृषि भवन निर्माणको शिलान्यास गरेका छन् ।

सुगौलीमा निर्माणधिन गाँउपालिकाको प्रशासनीक भवन छेउमै निर्माण गर्न लागिएको कृषि भवनमा सञ्चालन गरिने कृषि ल्याबबाट कृषकको खेतको माटो परीक्षण, बालीामा लाग्ने रोग र किराको जाँच र पहिचान, पशुचौपायाको गोबर, पिसाब र रगतको परीक्षण, बालीमा लाग्ने रोग र किराको निदानका लागि विषादीको सिफारिस लगायतका सेवाहरु प्रवाह गरिने गाँउपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

पर्सामा रहेका १४ वटा पालिका मध्ये पटेर्वा सुगौली गाँउपालिकामा निर्माण गर्न लागिएको कृषि ल्याबसहितको कृषि भवन पहिलो रहेको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले बताइन् । कृषि ल्याबसहितको कृषि भवन निर्माण भई सञ्चालनमा आएपछि पटेर्वा सुगौली सहित पर्साका उत्तरी भेगका किसानहरुले बालीनाली र पशुचौपायामा लाग्ने रोग र किराको उपचारका लागि सदरमुकाम वीरगन्ज धाउनु नपर्ने उपाध्यक्ष चौधरीले बताइन् ।

अढााई तल्ले उक्त कृषि भवन निर्माणको ठेक्का काठमाडौं जोरपाटटीको सिए.एम. कन्ट्रक्सनल प्रालिले सकारेको छ । सम्झौता अनुसाार कृषि भवन निर्माणको काम २०८२ जेष्ठ ३ गतेभित्रमा सम्पन्न गर्नुपर्नेछ । गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष थारु, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, कृषि शाखाकी प्रमुख सीमा चौधरी लगायतकोपनि उपस्थिती रहेको थियोे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि