Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मानव अधिकार सम्बन्धि अर्धबार्षिक समीक्षा, मानव अधिकार उल्लंघनको घटनाप्रति प्रहरी गम्भिर भएन !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०८१
मानव अधिकार सम्बन्धि अर्धबार्षिक समीक्षा, मानव अधिकार उल्लंघनको घटनाप्रति प्रहरी गम्भिर भएन !

वीरगंज (पर्सा), १५ असार । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व शनिवार वीरगंजमा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले जिल्लामा मानव अधिकार उल्लंघनको घटना अभिलेखमा जिल्ला प्रहरी कार्यालय पर्साले बेवास्ता गरेको गुनासो गरेका हुन् ।

वीरगंजस्थित मधुशाला रेष्टुरेन्टमा भएकाे कार्यक्रममा इन्सेकको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक पर्साका जिल्ला प्रतिनिधि शम्भु कुमार सुमनले ६ महिनामा पर्सामा जम्मा १४ वटा मानवअधिकार उलंघनको घटना अभिलेख भएको जानकारी दिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यार्थीमाथि शिक्षकद्वारा कुटपिट, राजनीतिकर्मीमाथि भएको कुटपिटको घटना, छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा फरार, दाईजोको विषयमा विवाद हुँदा बेहुलासहित पाँच जना गिरफ्तारकाे घटना अभिलेख रहेको छ ।

त्यस्तै बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालयका सञ्चालिका विरुद्ध उजुरी, प्रमुख प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिद्वारा नै दुर्ब्यवहार, प्रहरीको कुटपिटबाट इ–रिक्सा चालक घाईते, म्याद गुज्रिएको केमिकल र औषधि प्रयोग गरेको आरोपमा अस्पतालका प्रबन्ध निर्देशक र डाक्टर गिरफ्तारको घटना पनि अभिलेख गरिएको इन्सेकका प्रतिनिधि सुमनले जानकारी दिए ।

त्यसैगरी, ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार, महिला हत्या घटनाका आरोपितहरु विरुद्ध उजुरी, यौन दुर्ब्यवहार, बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी, हत्या घटनाका आरोपित फरार पक्राउ र पत्रकारमाथि प्रहरीद्वारा भएको दुर्ब्यवहारकाे घटना पनि इन्सेकद्वारा प्रकाशित हुने मानव अधिकार बर्ष पुस्तकको लागि अभिलेख गरिएको सुमनले जानकारी दिए ।

यसबाहेक जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका मानव अधिकार उल्लंघनका घटनाहरुको विषयमा खासै अभिलेख उपलब्ध नभएको उनले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्साका जिम्मेवार व्यक्तिहरु पनि उपस्थित नभएपछि प्रहरी मानव अधिकारको विषयमा गम्भीर नदेखिएको सहभागीहरुले गुनासो गरेका थिए ।

पत्रकार एवम् दलित अधिकारकर्मी बृजलाल पासवानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, पूर्व उपाध्यक्ष एवम् रेडियाे वीरगंजका अध्यक्ष ध्रुव साह, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम, केन्द्रिय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल, स्वतन्त्र मानव अधिकार समाजका प्रतिनिधि राम हरि तिवारी, ब्रिलिएन्ट युवा क्लबका सचिव उमाशंकर साह, भाेलन्टियर समुहका संयाेजक राजन श्रीवास्तव लगायतका सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि