Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया, समाजवादमा प्रेस स्वतन्त्रता झन बलियाे हुन्छ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ९, २०८१
समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया, समाजवादमा प्रेस स्वतन्त्रता झन बलियाे हुन्छ

वीरगंज (पर्सा), ९ असार । सामाजवादी प्रेस संगठन नेपाल, पर्साको आयोजनामा आईतवार वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा भएकाे कार्यक्रमका सहभागिहरुले पत्रकारिता पेसामाथि राजनैतिक दलहरुको हस्तक्षेप बढ्दै गएको र राज्यको तर्फबाट बिभिन्न बहानामा प्रेसमाथी अंकुश लगाउने काम हुँदै गएकाे भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बाेल्ने वक्ताहरु प्रेस स्वतन्त्रमाथि विभिन्न बहनामा भइरहेकाे हस्तक्षेपकाे चर्चा गर्दै सबै प्रेस जगत एकजुट भएर अगाडी बढनु पर्ने बिचार व्यक्त गरेका थिए । देश समाजवादी क्रान्तिको दिशामा अगाडी वढी रहेको अवस्थामा पत्रकारितालाई झनै स्वतन्त्र र जनतामाथी उतरदायी बनाउँनु पर्ने कुरामा वक्ताहरुकाे जोड थियाे ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकिकृत समाजवादीका प्रचार विभाग उप प्रमुख दामोदर अर्यालले प्रेस स्वतन्त्रतालाई राज्यले मात्र हाेइन संचारगृहले पनि हनन् गरिरहेकाे वताए । उनले संचारगृह र संचार गृहका मालिकहरुले आफ्नाे इच्छा र चाहना अनुसार समाचार सम्प्रेसण गर्दा पनि प्रेस स्वतन्त्रता हनन् हुने गरेकाे वताए ।

नेकपा एस कै स्कुल विभागका सचिव असेस घिमिरेले सुशासनकाे बारेमा पत्रकारहरुले कलम चलाईदिनु पर्ने वताए । पुंजिवादहरुकाे चेपुवामा सुशासन परेकाे वताउँदै उनले चारैतिर पुंजिपति बर्ग कै ब्रचश्व भएकाे वताए । पुंजिवादकाे अन्त्य नभए सम्म देशमा समृद्ध र सुशासन सम्भव नरहेकाे वताउँदै त्यसकाे अन्त्यकाे लागि समाजवाद जरुरी रहेकाे वताए ।

प्रचार प्रचार विभागका सचिव प्रकाश खतिवडाले नेपालकाे संविधानले हाम्राे मुलुकलाई समाजवाद उन्मुख व्यवस्था गरेपनि कुनै पनि दलले समाजवाद कार्यक्रम नल्याएकाे वताए । उनले नेपाली राजनीतिकाे इतिहासमा पहिलाे पटक नेकपा एसले नेपाली विशेषताकाे समाजवाद कार्यक्रम अघि सारेकाे वताए । उनले असार १६ देखि २० गते सम्म काठमाडाैंमा हुने पार्टीकाे महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहानले कुनै पनि समाचारलाई अहिले लुकाउन नसकिने वताए । अहिलेकाे जवानामा पुंजिपतिहरुले पइसाकाे बलमा समाचार लुकाउन नसक्ने उनकाे भनाई थियाे । मुलुकमा संघियता ल्याउनुमा पत्रकार अहम भुमिका भएकाे वताउँदै सचिव चाैहानले अहिले सत्ताकाे आडमा पत्रकार महासंघकाे गरिमा खसाउने काम भइरहेकाे भन्दै चिन्ता ब्यक्त गरे ।

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले एकता बान्धने सुत्र समाजवाद भएकाे वताए । उनले अहिले पनि एक पक्षाले अर्काे पक्षलाई स्विकार गर्न नसक्ने समाजिक बनावट र संरचना रहेकाे वताउँदै त्याे समाजिक बनावट र संरचनालाई एकता बान्धने भुमिकका प्रेसले खेल्नु पर्ने धारणा राखेका थिए ।

वीरगंज स्थित होटल बृदावनमा भएको कार्यक्रममा नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, बिशेष प्रदेश कमिटि सदस्य दिपक दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, केन्द्रीय सदस्य रेबिन्द्र कार्की, रेडियो वीरगंज, टिभि वीरगंज एवम् मधेशदृष्टिका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे, नेपाल प्रेस युनियन पर्सा अध्यक्ष बिजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भण्डारी, प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन नेपाल पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए भने स्वागत मन्तव्य समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेलले राखेका थिए । नेकपा एसले अगामी अधिबेशनको क्रममा नेपाली पत्रकारीताको वर्तमान अवस्था र अगाडीको कार्यदिशाको बिषयमा समेत वहस र छलफलको बिषय बनाउँने कार्यलाई कार्यक्रममा सहभागी पत्रकारका नेताहरुले प्रसंसा गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि