Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज भन्सार कार्यालयले दुई वर्षदेखि राजस्व संकलनको लक्ष्य भेटाउन सकेन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ४, २०८१
वीरगंज भन्सारको कारोबारमा कमी

वीरगंज (पर्सा), ४ असार । वीरगंज भन्सार कार्यालयले यस आर्थिक वर्षमा पनि राजस्व संकलनको लक्ष्य भेटाउन सकेको छैन । गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस चालू आर्थिक वर्ष २०८०/८१ मा पनि वीरगंज भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सकेको छैन । गत आ.व.मा कम्तिमा ५०.३० र बढिमा ८५.५० प्रतिशतसम्म राजस्व संकलन गरेको वीरगंज भन्सार कार्यालयले यस चालू आ.व.मा कम्तिमा ५०.५३ र बढिमा ७५.९६ प्रतिशत मात्र राजस्व संकलन गरेको सूचना अधिकारी राघवलाल कणर्ले जानकारी दिए ।

गत आ.व.को मंसिरमा २१ अर्ब ६९ करोड ४२ लाख ४५ हजारको मासिक लक्ष्य लिएको वीरगंज भन्सार कार्यालयले १० अर्ब ९० करोड ६० लाख ५६ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो । सोही आ.व.मा सबैभन्दा बढि साउनमा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ संकलन गरेको थियो । चालू आ.व.मा सबैभन्दा कम कात्तिकमा २० अर्ब ४३ करोड ८८ लाख ४३ हजारको लक्ष्य लिएकोमा १० अर्ब ३२ करोड ८१ लाख ५० हजार रुपैयाँ मात्रै संकलन भएको थियो । यस आ.व.मा सबैभन्दा बढि साउनमा ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

वीरगंज भन्सार कार्यालयले यस आ.व.को भदौमा १९ अर्ब ३८ करोड छ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ अर्ब ७१ करोड २२ लाख २५ हजार रुपैयाँ अर्थात ६५.५९% मात्रै संकलन गरेको छ भने असोजमा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपैयाँ लक्ष्य रहेकोमा १४ अर्ब २७ करोड ४४ लाख २१ हजार रुपैयाँ अर्थात ६५.३५% मात्रै संकलन भएको थियो । यसैगरि मंसिरमा २० अर्ब ४३ करोड ८८ लाख ४३ हजार रुपैयाँ लक्ष्य रहेकोमा १० अर्ब ३२ करोड ८१ लाख ५० हजार रुपैयाँ अर्थात ५०.५३% मात्रै संकलन गरेको छ भने पुसमा २१ अर्ब ५१ करोड ३९ लाख २६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १२ अर्ब ७४ करोड १२ लाख ८५ हजार रुपैयाँ अर्थात ५९.२२% मात्रै संकलन भएको थियो ।

यसरी नै माघमा १९ अर्ब ७४ करोड १३ लाख ९९ हजार रुपैयाँ लक्ष्य रहेकोमा ११ अर्ब ८३ करोड २७ लाख ५८ हजार रुपैयाँ अर्थात ५९.९४% संकलन भएको छ भने फागुनमा २१ अर्ब ३८ करोड ८१ लाख १९ हजार लक्ष्य रहेकोमा १३ अर्ब १३ करोड ४२ लाख आठ हजार रुपैयाँ अर्थात ६१.४१% संकलन भएको छ । चैतमा २० अर्ब ७९ करोड ९ लाख २३ हजार लक्ष्य रहेकोमा १४ अर्ब ४५ करोड ६६ लाख १२ हजार रुपैयाँ अर्थात ६९.५३% संकलन भएको छ भने वैशाखमा २० अर्ब ९० करोड ९८ लाख २३ हजार लक्ष्य रहेकोमा १३ अर्ब २९ करोड ४७ लाख ६४ हजार अर्थात ६३.५८% संकलन भएको सूचनअ अधिकारी कणर्ले बताए । उनका अनुसार वीरगंज भन्सार कार्यालयले कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि