Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३, २०८१
पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

वीरगंज (पर्सा), ३ असार । पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि पत्रकारका विभिन्न संगठनहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर कारवाहीकाे माग गरेका हुन् । दुबै संगठनले कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी स्थित कालिकामाई गाउँपालिकाको कृषि तथा पशु उपशाखा संचालनमा रहेको भवन भत्काउने क्रममा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पत्रकार साहमाथि भएकाे दुर्व्यवहारकाे घटनाकाे घोर भत्र्सना गरेका छन् ।

वीरगंजवाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रवन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष समेत रहेका पत्रकार साहमाथि प्रहरीले महिलामाथि गरेको ज्यादतीको भिडियो बनाउने क्रममा शनिवारका दिन उहाँको आफ्‌नै गाउँमा दुर्व्यवहार गर्नुको साथै अमानवीय तरिकाले लछारपछार गर्दै पक्राउ गरि दिन भरी नियन्त्रणमा लिएर छाड्नु घटना प्रति दुबै संगठनले आपत्ति समेत जनाएका छन् ।

समाचार प्रयोजनको लागि भिडियो खिच्ने सञ्चारकर्मीको अधिकार भएपनि प्रेस स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने मनोवृत्तिमा देखा परेको पर्साका सुरक्षाकर्मीले सञ्चारकर्मी साहमाथि आक्रमण गरि उनलाई अपमानित गरि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण गरेको हाम्रो दुबै संगठनकाे ठहर छ । प्रेस युनियन पर्साका अध्यक्ष विजय कुमार महताे (चाैहान) र समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनाेद पटेलद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत दुबै संगठनले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत क्षतिपूर्ति समेत दोषीवाट असुल उपर गराउन माग गरेका छन् । कारवाही नगरिए प्रहरीको ज्यादती विरुद्ध दुबै संगठन संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

प्रहरी ज्यादतीकाे क्रममा पत्रकार साहको मोवाइल फुटेको छ भने उहाँको हाथको घुँडामा चोट समेत लागि घाइते हुनु भएको छ । प्रहरीको ज्यादतीवाट सञ्चारकर्मी साहको हातमा चोट लागि घाइते भएपनि उपचार समेत नगराई दिनभरि प्रहरी हिरासतमा राख्नु मानव अधिकारको ठाडो उल्लंघन हुनु र कानुनी राज्यको धज्जी उडाउनु भएकाे समाजवादी प्रेस संगठन पर्साका सचिव पटेलले वताए ।

समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि विभिन्न निहुँमा आक्रमण गर्ने प्रवृत्तिले समग्र प्रहरी संगठनको गरिमालाई घटाउँदै लैजाने भएकाले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत क्षति दोषीवाट असुल उपर हुनु पर्ने प्रेस युनियन पर्साका अध्यक्ष चाैहानले वताए । इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकालकाे निर्देशनमा शनिबार गुण्डागर्दी शैलीमा पत्रकार साहमाथि दुर्ब्यवहार भएकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि