Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, घरमै पसेर पुरुष प्रहरीले स्थानीय महिलाहरुलाई कुटे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २, २०८१
पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, घरमै पसेर पुरुष प्रहरीले स्थानीय महिलाहरुलाई कुटे

वीरगंज (पर्सा), २ असार । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी स्थित संचालनमा रहेको पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काएको छ । शनिबार एकाविहानै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको टोली भवन भत्काउने क्रममा स्थानीयले प्रतिकार गर्दा झडप भएको थियो । स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले त्यहाँ स्थित घरघरमा प्रवेश गरेर महिला, वृद्धवृद्धाहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेको स्थानीयहरुको आरोप छ । प्रहरीले डोजर लगाएर भवन भत्काउने क्रममा प्रतिकारमा उत्रिएका स्थानीयबासीहरुले रोक्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा प्रहरीले स्थानीयबासीमाथि लाठी चार्ज पनि गर्दा २ जना सामान्य घाइते भएका छन् ।

स्थानीय सरकारसँग पनि समन्वय नगरी शनिबार बिहान अचानक डोजर लिएर आएको प्रहरीले गुण्डागर्दी शैलीमा भवन भत्काइदिएको क्लबका सचिव उमाशंकर साहको आरोप छ । उनका अनुसार भवन भत्काउन डोजरसहित आएको प्रहरीलाई गाउँका स्थानीय महिला, पुरुष, बृद्धबृद्धाले प्रतिवाद गर्न खोज्दा प्रहरीले अन्धाधुन्द लाठी प्रहार गर्नुको साथै घरघरमै पसेर प्रहरीले महिलालाई कुटपिट गरेको थियो । पुरुष प्रहरीले घरघरमै पसेर महिलाहरुलाई कुटपिट गरेको जानकारी पाउनासाथ कालिका टाइम्स दैनिक पत्रिकाका प्रबन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष छठु साह घटनास्थल पुगेर भिडियो बनाउन खोज्दा प्रहरी उनीमाथि नै जाइलागेको थियो । प्रहरीले गुण्डागर्दी शैलीमा सञ्चारकर्मी साहको मोबाइल खोसेर फोडेका थिए । त्यतिमात्रै नभई इन्सपेक्टर ढकालको निर्देशनमा प्रहरीले सञ्चारकर्मी साहलाई अमानवीय तरिकाबाट कुटपिट गरि इलाका प्रहरी कार्यालय कालिकामाई लगेका थिए । प्रहरीले घर खाली गराउने क्रममा गरेको गुण्डागर्दीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्स्पेक्टर ढकालले वडाध्यक्ष एवं विपक्षी दलका नेताहरुको प्रभावमा परि साहमाथि निर्मम तरिकाले रिसिबी साधेको स्थानीयहरुको भनाई छ ।

गदीयानीस्थित सार्वजनिक पोखरीको १० धुर जग्गामा करिब डेढ दशक पहिले तत्कालीन सात दलको निणर्यमा ब्रिलिएन्ट युवा क्लबले कार्यालय संचालनका लागि एक तल्ले भवन बनाइएको थियो । भवन निर्माण भएलगत्तै स्थानीय राजुल सहनीले सार्वजनिक जग्गामा भवन निर्माण गर्ने ब्रिलिएन्ट युवा क्लबविरुद्ध पर्सा जिल्ल अदालतमा मुद्दा दिएका थिए । उक्त मुद्दामा जिल्ला अदालतले क्लबको पक्षमा फैसला गरेपछि फैसला विरुद्ध सहनीले तत्कालीन पुननरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेका थिए । पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्ट्याँउदै सहनीको पक्षमा फैसला गरेपछि क्लब सर्वोच्च अदालतमा पुगेको थियो । तर सर्वोच्च अदालतले भने पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै सार्वजनिक पोखरीको जग्गामा बनाइएको उक्त भवन भत्काएर सार्वजनिक कायम गर्न फैसला गरेको थियो ।

त्यसपछि क्लबले उक्त भवन गाउँपालिकालाई जिम्मा लगाएको थियो । क्लबले जिम्मा लगाएपछि गाउँपालिकाले पालिकास्तरीय निणर्य गरेर उक्त भवनमा करिब डेढ वर्षदेखि पशु तथा कृषि उपशाखा कार्यालय संचालन गर्दै आएको थियो । यसका साथै गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ताले भवन पालिकाको स्वामित्वमा आइसकेकाले पालिकाले आफ्नो संरक्षणमा राखेर पशु तथा कृषि उपशाखा कार्यालय संचालनमा ल्याएको जानकारी सहितको निवेदन पर्सा जिल्ला अदालतमा दिएका थिए । तर शनिबार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको टोलीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीसँग झडप भएको हो ।

गाउँपालिका अध्यक्ष बशिष्ठ गुप्ताले भने पालिकासँग कुनै समन्वय नै नगरी जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर जबरजस्ती भवन भत्काएको बताए । गाउँपालिकाको स्वामित्वमा रहेको भवन भत्काउनु पूर्व पालिकामा कुनै पनि निकायबाट पत्रसमेत नआएको र आधिकारीक रुपमा खबर पनि नगरिएको बताए । पशु कार्यालय संचालनमै रहेको अवस्थमा प्रहरीले डोजर लगाएर भवन भत्काउँदा भवनभित्र रहेका फर्निचर, उकरण, औषधी लगायतका गरि करिब १० लाख रुपैयाँको क्षति भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आफूलाई बोलाएर छलफल गर्ने क्रममा आफूले उक्त भवन नभत्काउन आग्रह पनि गरेको भन्दै गुप्ताले छलफलमा सिडिओ साबले अदालतको फैसला कार्यान्वयन गर्नैपर्छ भनेपछि पालिकासँग समन्वय गरेर मात्रै अगाडि बढ्न आग्रह गर्दा पनि शनिबार बिहान आफूलाई जानकारी नै नदिई अचानक प्रहरी र डोजर पठाएर भवन भत्काउन लगाएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी भुसालले भने आफूले अदालतको फैसला कार्यान्वयन गर्न मात्रै लगाएको बताए । सार्वजनिक पोखरीको जग्गा पूर्ववत् अवस्थामै कायम गराउनु भन्ने सर्वोच्च अदालतको फैसला आएको र सर्वोच्चको उक्त फैसला कार्यान्वयन गराउन शनिबार प्रहरी र डोजर पठाएर भवन भत्काइएको बताए । उनका अनुसार पालिका अध्यक्षलाई बोलाएर छलफल गरि सर्वोच्च अदालतको निणर्यमा बाधक नबन्नु भन्दा पुनरविचार गर्नुहोला भनेर गएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि